
१ वैशाख, लहान । सिरहाको लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
लहान–ठाडी सडकखण्डमा उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ का अजय यादवका अढाइ वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो ।
आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4