Comments Add Comment

बैतडीको पाटनमा ५० भैंसी ४३ लाखमा किनियो, किसानले गरे विरोध

२ साउन, धनगढी । बैतडीको पाटन नगरपालिकामा मध्यपहाडी लोकमार्ग दुुग्ध विकास कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातका भैंसी वितरण गर्ने कार्यक्रम विवादित बनेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्र र पाटन नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रममा प्रचलित मूूल्य भन्दा धेरै बढीमा भैंसी खरिद गर्न लागिएपछि विवाद भएको हो ।

नगरपालिका र भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्रले आत्म विकास सहकारी संस्थासँग ४३ लाखमा दुुईवटा राँगासहित ५० भैंसी खरिद गर्ने सम्झौता गरेको थियो । सहकारीले भारतबाट खरिद गरेर ल्याएका २३ भैंसी र एउटा राँगो नगरपालिकाले शुुक्रबार वडा नम्बर २ र ९ का किसानलाई वितरण गरेपछि सरकारी बजेटको दुुरुपयोग गर्न चर्को मूूल्य तिरेको देखाएर भैँसीका पाडापाडी वितरण गरेको भन्दै विरोध भएको छ ।

नगर प्रमुख केशबबहादुर चन्दले किसानलाई वितरण गर्दै गरेका भैंसीको फोटो सामाजिक सञ्जाल फेसबुुकमा शेयर गरेर ‘७० हजारमा खरिद गरिएको भैंसी’ लेख्दै आलोचना भइरहेको छ । शत प्रतिशत अनुदानमा मुर्रा जातको भैंसी पाएका किसानहरुले समेत चर्को मूूल्य हालेर उन्नत जातको भन्दै भर्खरका पाडापाडी वितरण गरेको भन्दै असन्तुुष्टि प्रकट गरेका छन् ।

अनुदानमा भैंसी पाएका पाटन नगरपालिका–२ का किसान सिद्धराज पाण्डेले नगरपालिकाले करिब ७० हजार रुपैयाँ खर्चेर वितरण गरेको भैंसी चित्तबुझ्दो नभएको बताए । ‘यति ठूलो रकम खर्चेर भारतबाट भैंसी ल्याएर बाँड्नुभन्दा हामीलाई त्यही रकम नगद दिएको भए हुन्थ्यो,’ पाण्डेले भने, ‘त्यो रेटमा स्थानीय जातकै राम्रो भैंसी बैतडीमै पाइन्छन् ।’

तर पाटन नगरपालिकाले भने आत्म विकास सहकारी संस्थासँग भैंसी खरिदको ठेक्का भएपनि बजेट भुक्तानी नदिएको जनाएको छ । नगर प्रमुख केशबबहादुर चन्दले आफूहरुको उद्देश्य गलत नरहेको बताए ।

‘हाम्रो यहाँ स्थानीय स्तरमै एक गाउँबाट अर्को गाउँका मानिसले भैंसी खरिद गरेर ल्याउने, लैजाने चलन भएकाले केही महंगो हुुन जाँदा आशंका गर्नु स्वाभाविकै हो,’ नगर प्रमुख चन्दले अनलाइनखबरसँग भने, ‘तर हामीले उन्नत जातको भैंसी बाहिरबाट ल्याउने भनेर निर्णय गरेको अवस्था थियो । सोही अनुसार सहकारीसँग सम्झौता गरिएको हो । सहकारीले भैंसी ल्याएर वितरण गरिरहेको छ ।’

भैंसीको मूल्यका विषयमा भएको आलोचनाबारे जानकारी भएको भन्दै उनले छलफलको माध्यमबाट निकास निकालिने जनाए । भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुनामीदत्त पन्तले नगरपालिकाका वडा नम्बर २, ८, ९ र १० का ५० किसानलाई वितरण गर्ने योजनाअनुसार सहकारीसँग सम्झौता गरेर भैंसी वितरणको काम भइरहेको बताए ।

उनले अहिले वितरण गरिरहेको भैंसी शारीरिक वनावटका आधारमा स्थानीय जातको भन्दा सानो भएपनि नश्ल सुधार गरिएको भएकाले दैनिक कम्तीमा १० लिटरसम्म दुुध दिने बताए ।

शारीरिक बनावट हेरेर भैंसी वितरणको विषयलाई विवादित बनाइएपनि दीर्घकालीन रुपमा दुुध उत्पादनमा महत्वपूर्ण भएकाले शंका नगर्न उनको आग्रह छ । पन्तले अहिले नै सहकारी संस्थालाई भुुक्तानी दिइनसके पनि भारतबाट आयात गरिएका कारण ढुवानी लगायतको खर्च समेत जोड्दा प्रति भैंसीको मूूल्य औसतमा ६५ देखि ७० हजारसम्म पर्न जाने देखिएको जनाएका छन् ।

मध्यपहाडी लोकमार्ग दुुग्ध विकास कार्यक्रम नाम दिइएको उक्त कार्यक्रमका लागि पाटन नगरपालिकाले २१ लाख ८० हजार र पशुु सेवा विज्ञ केन्द्रले २२ लाख बजेट विनियोजन गरेका छन् ।

दुुवै निकायले सहकारीसँग संयुुक्त रुपमा दुुईवटा राँगासहित ५० भैंसी खरिद गरेर किसानलाई वितरण गर्न ४३ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको जनाएका छन् । कार्यक्रम विवादित बनेपछि पाटन नगरपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

नगर प्रवक्ता लोकेन्द्र भण्डारीले जारी गरेको विज्ञप्तिमा सहकारीलाई बजेट भुक्तानी नदिएको स्पष्ट पार्दै सम्झौता बमोजिम नै खरिद भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment