Comments Add Comment

निर्वाचन 2074

List Grid
दलहरुले नटेरेपछि चुनाव प्रचार सामग्री हटाउँदै प्रहरी

२ पुस, गोरखा । निर्वाचनको समयमा गोरखाको बिभिन्न ठाउँमा टाँगिएका चुनावी प्रचार सामग्री हटाउन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्वमा सामग्री हटाउन सुरु गरिएको हो । निर्वाचन सम्पन्न भइसकेपनि दलहरुले टाँगेका चुनावी प्रचार सामग्री नहटाएपछि प्रहरीले अभियान संचालन गरेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । ‘चुनाव सकियो तर पनि पर्चा […]

प्रदेश ४ को समानुपातिक सिटः एमालेलाई १०, नयाँ शक्ति र जनमोर्चालाई एकएक

२९ मंसिर, काठमाडौं । प्रदेश ४ को समानुपातिकमा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले एकएक सिट पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश चारका सबै जिल्लाको समानुपातिक तर्फको मतगणना सकिएको छ । एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ भने कांग्रेसले ३ लाख ६४हजार ७९७ र माओवादीले १ लाख १९ हजार ५२८ मत […]

लमजुङमा छ राजनीतिक दललाई शून्य मत

२९ मंसिर, लमजुङ । लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् । मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न सिपाही लिएका पार्टीले शून्य मत प्राप्त गरेका हुन् । यसैगरी, […]

समानुपातिक परिणामः पर्सामा फोरमको बर्चश्व, बारामा कांग्रेस फर्स्ट

२९ मंसिर, वीरगञ्ज । पर्सामा प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि फोरम नेपालले बाजी मारेको छ । बारामा भने कांग्रेसले सबैभन्दा धेरै मत हासिल गरेको छ । कुल २ लाख ८९ हजार ५५ मतदाताले मतदान गरेको पर्सा जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवैमा संघीय समाजबादी फोरम नेपाल पहिलो भएको हो । दोस्रो स्थानमा नेपाली कांग्रेस छ भने देशमै […]

धनकुटाका १३ उम्मेदवारको जमानत जफत

२९ मंसिर, धनकुटा । गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ । एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन् । निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर […]

प्रतिनिधिसभामा विवेकशील साझाकाे प्रतिनिधित्व नहुने

२८ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ । एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ । यो समाचार तयार पर्दासम्म समानुपातिकतर्फ ८० […]

प्रदेश ७ का मन्त्री र पूर्वमन्त्री जो चुनावमा असफल भए

२८ मंसिर, कैलाली । प्रदेश नम्बर ७ बाट तीन बहालवाला र चार जना पूर्वमन्त्री गरी सात जना प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन् । बहालवाला भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी चुनावमा असफल भए । यसैगरी, पूर्वमन्त्रीहरु रामजनम […]

प्रदेश ४ः प्रतिनिधिसभामा एमालेका कसैले पनि हार्नु परेन

२८ मंसिर, पोखरा । प्रदेश ४ मा नेकपा एमाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका सबै क्षेत्रमा विजयी भएको छ । प्रदेशसभामा पनि एउटा बाहेक सबै क्षेत्रमा जीत हासिल गरेर पहिलो पार्टी बनेको हो । प्रतिनिधि सभामा १८ क्षेत्र रहेको यो प्रदेशमा गठबन्धन बनाउँदा एमालेको भागमा १३ र माओवादी केन्द्रको भागमा ५ क्षेत्र परेको थियो । […]

भावी मुख्यमन्त्रीसहित १७ महिला प्रदेशसभामा निर्वाचित

२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि निकै कम महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसको क्षतिपूर्ति अब प्रदेशसभामा पनि दलहरुले समानुपातिकबाट गर्नुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल र पद्माकुमारी अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् […]

सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा

२५ मंसिर, सप्तरी । स्थानीय चुनावमा पनि सप्तरीको कुनै तहमा जित्न नसकेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि जित निकाल्न सकेन । स्थानीय चुनावमा एक्लै लडेको माओवादीले यो चुनावमा नेकपा एमालेको पनि साथ पाएको थियो । वाम गठबन्धनबाट माओवादीले प्रतिनिधिसभाको दुई सिट र चार सिट प्रदेशसभामा उम्मेदवारी दिएको थियो । गठबन्धनबाट जिल्लामा एमालेले […]

प्रदेश ७ को राजधानी अत्तरिया, मुख्यमन्त्री सहमतिमाः लेखराज भट्ट

२७ मंसिर, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका माओवादी केन्द्रका सांसद लेखराज भट्टले प्रदेश नम्बर ७ को राजधानी कैलालीको अत्तरिया उपयुक्त हुने धारणा राखेका छन् । मतदातालाई धन्यवाद दिन आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै भट्टले भौगोलिक र पूर्वाधारको हिसावमा अत्तरिया नै प्रदेशको राजधानी उपयुक्त हुने बताए । यसका लागि आफूले पार्टीमा […]

स्याङ्जाको संयोगः सांसद, जिल्ला प्रमुख र मेयर तीनै पदमा महिला

२७ मंसिर, स्याङ्जा । नेपाली कांग्रेसभित्र शीर्ष बरियताका नेता एवं उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि एमालेकी युवा नेतृ पद्माकुमारी अर्याल चर्चामा छिन् । एमाले केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज अर्यालले गोपालमानबिरुद्ध चुनाव लड्न आँट गरेर खतरा मोलेकी थिइन् । गोपालमानले कांग्रेसका गढ रोजेर यसपटक सो क्षेत्रबाट चुनाव लडेका थिए । चापाकोट नगरपालिकाका […]

बर्दियामा समानुपातिकतर्फ कांग्रेस पहिलो, प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर

२७ मंसिर, बर्दिया । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा कांग्रेसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर कांग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार […]

प्रत्यक्षतर्फको मतगणना मैझाराे, बिजय गच्छदार बने अन्तिम सांसद

२७ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी […]

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल

२७ मंसिर, काठमाडौं ।  देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा […]

प्रदेश ५ को मुख्यमन्त्रीमा माओवादीको पनि दावी

२७ मंसिर, काठमाडौं । निर्वाचन परिणाम आइसकेपछि प्रदेशको मुख्यमन्त्रीको दौड सुरु भएको छ । यौ दौडमा वाम गठबन्धनका एमाले र माओवादीबीच नै प्रतिस्पर्धा सुरु भएको छ । यो प्रतिस्पर्धा प्रदेश नम्बर ५ मा बढी छ । प्रदेश नम्बर ५ मा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति वाम गठबन्धनबीच भएको थियो । तर अहिले माओवादीका […]

बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद्

२७ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् । कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट […]

स्याङ्जा-१ बाट एमालेका नारायण मरासिनी निर्वाचित

२५ मंसिर,स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका राजु थापाले २८ हजार ७३१ मत पाएका छन् । राजु थापा २०७० मा सोही क्षेत्रबाट निर्वाचित हुँदा मरासिनी निकटतम प्रतिस्पर्धी थिए । यसपटक चार वर्षअघिको बदला लिँदै […]

मोरङको प्रदेशसभामा कसले कति सिट जिते ?

२४ मंसिर, बिराटनगर । मोरङमा प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा बाम गठबन्धनले कम स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभामा उत्साहजनक नतिजा ल्याएको बाम गठबन्धनले प्रदेशसभामा अपेक्षित रुपमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको हो । प्रदेशसभातर्फ १२ सिट रहेको मोरङमा बाम गठबन्धनले ७ सिट जितेको छ भने कांग्रेसले ४ र संघीय समाजवादी फोरमले १ सिट जितेको छ […]

गोकर्ण बिष्टले गाउँ पुगेर भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ

२६ मंसिर, गुल्मी । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले अबको पाँच वर्षमा क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता कहाँ खुसी साट्न गाउँगाउँमा भएको कार्यक्रम अन्र्तगत उनले मंगलबार मदाने गाउँपालिकाको पुर्कोट दहमा मतदातालाई धन्यवाद दिँदै भने, ‘अब पनि हाम्ले […]

जितको खुसी साट्न मतदाताको घर-घरमा पुगे गिरिराजमणि

२६ मंसिर, महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नम्बर-१ बाट विजयी विना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले आज पनि घरदैलो अभियानलाई निरन्तरता दिए । जित्ने बित्तिकै हिजोदेखि नै मतदाताको घर-घरमा पुगेर मन्त्री पोखरेलले मतदातालाई आभार व्यक्त गरे । महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले विजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरे । मतदाता […]