Comments Add Comment

अक्सिजन अभाव

List Grid
अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु

१४ जेठ, पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो । बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका […]

एक संक्रमितको साक्षी : घर, अस्पताल हुँदै घाटसम्म

भनिन्छ, जीवन यात्रा हो । मानिसको जीवनलाई त्यही यात्रा मानेर हेर्ने हो भने घरदेखि घाटसम्मको दूरीको यात्रा हो । यसरी हेर्दा जीवन कति छोटो जस्तो, आजै हिंडेर अर्थात् एकै दिन, एकैछिनमा पनि पुगिने जस्तो । जीवनको सरलरेखा छ । हामी पो कसरी हिंड्छौं ? सफलता–असफलता, जस–अपजस, सुख–दुःख, आँशु–हाँसो शायद यसैमा निर्भर होला । तर, के […]

नोबेल अस्पतालमा अक्सिजन अभाव, कोरोनाका नयाँ बिरामी भर्ना नलिने

१२ जेठ, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको नोबेल अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलमा १७५ जना संक्रमित उपचाररत छन् । ती संक्रमितको लागि एक रातमा १८० सिलिण्डर चाहिन्छ । अक्सिजन अभाव […]

प्रदेश २ मा अक्सिजन उत्पादन र वितरणको अनुगमन गर्न समिति गठन

४ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले उद्योगले उत्पादन गर्ने अक्सिजन र वितरण प्रणालीबारे अनुगमन गर्ने भएको छ । यसका लागि समिति नै गठन गरिएको छ । प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार जनकपुरधाममा बसेको बैठकले अक्सिजनको अनुगमनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा समिति बनाएको छ । समितिमा सुरक्षा निकायका प्रमुखहरु सदस्य […]

नेपाललाई छिट्टै लिक्‍विड अक्सिजन दिन्छौं : राजदूत क्‍वात्रा

३ जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले ८–१० दिनभित्र नेपाललाई लिक्विड अक्सिजन दिने बताएका छन् । कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो । सोमबार एक भर्चुअल कार्यक्रममा बोल्दै राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई निरन्तर सहयोग गर्ने बताए । ‘आगामी ८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ,’ […]

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको चरम अभाव

३ जेठ, सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अक्सिजनको हाहाकार भएको छ । यसअघि सुनसरीको दुहबीबाट ल्याइरहेको अक्सिजन त्यहाँको डिपोले दिन नमानेपछि समस्या भएको अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए । ‘गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनका ११० वटा सिलिण्डर छन् । तीमध्ये खाली भएका २४ वटा सिलिण्डर आज बिहानै दुहबीस्थित डिपोमा पठाएका छौं,’ […]

‘चरम स्वास्थ्य संकटको बेला मानवता विरोधी अपराध भयो’

२ जेठ, काठमाडौं । कोरोना संक्रमित बिरामीहरुले अक्सिजन अभावमा ज्यान गुमाइरहेको र स्वास्थ्य सामग्री आयातमा कमिसनको खेल भइरहेको समाचार आइरहेको बेला नेपाली नागरिकहरुको तर्फबाट १२२ जनाले संयुक्त अपील जारी गर्दै सरकार र संवैधानिक निकायहरूको ध्यानाकर्षण गराएका छन् । चरम स्वास्थ्य संकट र महामारीको समयमा भइरहेका यस्ता गतिविधि गम्भीर प्रकृतिको मानवता विरोधी अपराध भएको उनीहरुको ठहर […]

विराटनगरका चिकित्सकको चिन्ता : दिल्लीको दृश्य दोहोरिन सक्छ

१ जेठ, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा पनि दिल्लीको घटना दोहोरिन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । ‘सरकारले बढी बेड थप भन्छ, पब्लिकको पनि प्रेसर छ, हिजो […]

उत्पादन हुने जिल्लामै रोकिन थाल्यो अक्सिजन, अस्पतालले विरामी घर पठायो

३१ वैशाख, काठमाडौं । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाले शुक्रबार १० बिरामीलाई डिस्चार्ज गर्‍यो । अस्पतालमा उपचाररत ६२ जनामध्ये ९ जनालाई घर पठाइएको छ भने एकलाई काठमाडौंको अस्पतालमा। केहीलाई छिमेकी सिन्धुलीलागतका जिल्लाका अस्पतालमा पठाउने तयारी छ भने थोरै मात्रै गम्भीर अवस्थाका बिरामी राख्ने योजना बनेको छ । अस्पतालका अध्यक्ष राजेश प्रसाइँका अनुसार चितवन, नवलापरासी, बारा, […]

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

२९ वैशाख, बुटवल । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का […]

अक्सिजन खोज्दै मध्यरातमा सिडिओ कार्यालयमा हारगुहार

२९ वैशाख, बुटवल । दुई सय बिरामी उपचाररत रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अक्सिजन अभाव भएको भन्दै अस्पताल सञ्चालकहरु राति १२ बजे गुहार माग्दै प्रमुख जिल्ला अधिकारीको निवास अगाडि पुगे । तर सिडिओबाट रेस्पोन्स नआएको भन्दै अस्पतालको अर्को टोली अक्सिजन खोज्दै छिपागढस्थित शंकर ग्यास उद्योगतर्फ दौडियो । गएराति सवा १२ बजेसम्म सिडिओ कार्यालयको मुख्य गेट […]

प्रदेश २ सरकारले संघीय सरकारसँग माग्यो ४ हजार थान अक्सिजन सिलिण्डर

२८ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिण्डर माग गरेको छ । मंगलबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै संघीय सरकारसँग तत्काल चार हजार अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमबार प्रदेशस्थित सबै अस्पतालका […]

परासीको कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

२८ वैशाख, बुटवल । कोभिड अस्पताल परासीलाई नवलपरासी पश्चिमका संघीय सांसद देवेन्द्रराज कँडेलले व्यवस्था गरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन सांसद कँडेलले व्यक्तिगत पहलमा खरिद गरेको ६० वटा अक्सिजन सिलिण्डर मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । सांसद कँडेलको पहलमा दुई […]

विना जानकारी विद्युत कटौतीले अक्सिजन उत्पादनमा असर

२८ वैशाख, विराटनगर । सुनसरी–मोरङमा केही दिनयता अनियमित रुपमा विद्युत कटौती भइरहेको छ । तालिकाविना विद्युत कटौती हुँदा अक्सिजन उद्योग प्रभावित भएका छन् । विना जानकारी विद्युत कटौती हुँदा कोरोना महामारीमा अस्पतालहरुमा अक्सिजन आपूर्ति गरिरहेका उद्योगहरु प्रभावित भएका हुन् । ‘झयाप्प झयाप्प बिजुली जाँदा उत्पादनलाई असर गर्छ,’ हिमाल अक्सिजनका प्लान्टका म्यानेजर महम्मद नबिल भन्छन्, ‘एक […]

धनगढीमा ग्यास उद्योगको मेसिन बिग्रिएपछि अक्सिजनको थप हाहाकार

२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । […]

भैरहवाको युनिभर्सल अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने

२६ वैशाख, बुटवल । आवश्यकता अनुसार अक्सिजन सिलिण्डर आपूर्ति नभएको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले नयाँ कोभिडका बिरामी भर्ना नलिने भएको छ । अस्पतालले कोरोना संक्रमितसहित दैनिक रुपमा दुई सय जना गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह्र्रो भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न सकिने जनाएको हो । मेडिकल कलेजका […]

स्वास्थ्यबाहेक अन्य काममा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर नियन्त्रणमा

२६ वैशाख, जनकपुरधाम । स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको सात सय थान अक्सिजनका सिलिण्डर प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरी कार्यालय जनपुरधामले जनाएको छ । प्रदेशमा रहेका विभिन्न उद्योग, कलकारखाना, […]

मेयरको दुःखेसो- ‘रातभर एकपछि अर्को अस्पतालमा फोन गरें, आईसीयूमा बेड पाइनँ’

२५ वैशाख, काठमाडौं । आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयरले बताएका छन् । मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ४३ वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए । तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका अनुसार कोरोना […]

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित […]

बल्लतल्ल आधा सिलिन्डरको जोहो, अक्सिजन पाउनै मुस्किल

२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित […]

नेपालगञ्‍ज मेडिकल कलेजमा जे देखियो

१४ वैशाख, नेपालगञ्ज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षका बेड कोरोना संक्रमितले भरिभराउ छन् । अक्सिजनको सपोर्टमा छटपटाइरहेका शरीरहरुले असह्य पीडा व्यक्त गरिरहेका छन् । ‘यहाँ यसरी भर्ना भएकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ’ बिरामीको चापका बीच आकस्मिक विभागमा खटिएका डा. देवेन्द्र आचार्यले भने, ‘सबैलाई कोरोना संक्रमण भएको चाहिं निश्चित हो ।’ डा. आचार्यको […]