Comments Add Comment

अदिती वुढाथोकी

List Grid
माल्दिभ्समा अदिती

माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् । करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो । यसैविच, चलचित्र ‘बाबरी’को छायांकन सुरु हुन करिब […]

१६ लाख फलोअर्स कमाएकी अदितीको इन्स्टाग्राममा बोल्ड अवतार

नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् । उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि […]

म नकारात्मक कुरालाई वास्ता गर्दिनँः अदिती वुढाथोकी

चलचित्र क्षेत्रमा लागेपछि सकारात्मक र नकारात्मक कुरा दुबै आइरहन्छ । कतिपय कलाकारहरु सकारात्मक खबरमा खुशी हुने र नकारात्मक कुरामा आक्रोशित हुने गर्छन् । धेरै कलाकारलाई नेगेटिभ कुराले बढी प्रभाव पारेको देखिन्छ । यसैले, सेलिब्रिटी भैसकेपछि चर्चाका दुबै पाटोलाई एकसाथ अगाडि बढाउन आवश्यक छ भनिन्छ । नायिका अदिती वुढाथोकीले भने आफूले नेगेटिभ कुरालाई खासै वास्ता नगर्ने […]

छायांकन सुरु नभएपछि मुम्बई पुगिन् अदिती

यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम रोक्नुपर्यो । नायिका अदिती वुढाथोकी निषेधाज्ञाको […]

जन्मदिनमा अदितीः मुम्बइमा जम्दै गरेकी एक कलाकार

नायिका अदिती वुढाथोकी मुम्बइलाई सपना बुनेर अगाडि बढ्दै गरेकी एक कलाकार हुन् । नेपालको पूर्वी जिल्लामा जन्मिएर काठमाडौंमा नै हुर्किएकी अदिती नेपाली चलचित्र क्षेत्रमा भन्दा अगाडि नै मुम्बइको रंगिन दुनियाँमा सपना देखेर अगाडि बढिसकेकी थिइन् । सामाजिक संजाल इन्स्टाग्राममा १४ लाख फ्यान कमाएकी यी सुन्दरीले भारतमा रहेर मोडलिङ र भिडियोमा अभिनय गरिरहेकी छिन् । हिन्दी, […]

अदितीको नजरमा बिहेका लागि यूवकमा हुनुपर्छ यी ३ गुण

नायिका अदिती वुढाथोकी चलचित्रका कारण भन्दा पनि सामाजिक संजाल इन्स्टाग्रामका कारण बढी चर्चामा रहन्छिन् । दैनिकजसो, सामाजिक संजालमा आफ्नो बोल्ड फोटो पोष्ट गर्दै आएकी अदितीलाई मन पराउनेहरुको संख्या ११ लाख भन्दा धेरै छ । यसैले, पनि अदिती आफ्ना फ्यानहरुसँग इन्स्टामा कुराकानी गर्न मन पराउँछिन् । नेपालमा चलचित्र र भारतमा मोडलिङ गर्दै आएकी अदितीलाई उनका फ्यानले […]

अदितीको नजरमा धिरज कस्ता नायक ?

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरले पहिलो पटक चलचित्र ‘बाबरी’मा एकसाथ पर्दा शेयर गरे । यो चलचित्रको छायांकन २ साता मात्र भएको छ । चलचित्रको छायांकन भैरहेको समयमा निषेधाज्ञा भएपछि यसको काम रोकियो । २ साता नायक धिरज मगरसँग काम गरेकी अदितीलाई धिरज कस्तो लाग्यो होला त ? सामाजिक संजाल इन्स्टाग्राममा फ्यानले धिरजको बारेमा […]

३ वर्षपछि फिल्मको छायांकन सेटमा फर्किइन् अदिती

नायिका अदिती वुढाथोकीले चलचित्र ‘कृ’को छायांकन सकेको ३ बर्ष बढी भयो । ३ बर्ष अगाडि यो चलचित्रमा काम गरेपछि अदितीले नयाँ चलचित्रमा काम गर्न समय लगाइन् । अदिती आफूलाई चलचित्रमा काम गर्न टिमसँग सहजता महशुश हुनुपर्ने बताउँछिन् । यसका लागि समय लागेको उनको कथन । उनै, अदिती आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’को छायांकनमा सोमबारदेखि जोडिएकी […]

‘बाबरी क्याफे’का लागि नेपाल आइन् अदिती, के फेरि कोरोना वाधक बन्ला ?

गतबर्ष लकडाउन हुनु भन्दा अगाडि नायिका अदिती वुढाथोकी आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु गर्ने तयारीमा थिइन् । तर, कोरोनाका कारण सरकारले लामो समय लकडाउन गरेपछि चलचित्रको काम सुरु हुन पाएन । करिब ८ महिना नेपाल बसेपछि अदिती मुम्बई फर्किइन् । पहिलो चलचित्र ‘कृ’पछि दर्शकमाझ आउनका लागि आतुर देखिएकी सुन्दरीले काम सुरु गर्न […]

‘बाबरी’मा अदितीसँग धिरजको जोडी, बाहिरिए नितेश

बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बाबरी’को छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ । यो चलचित्रको छायांकन सुरु हुन केही समय बाँकी रहेको अवस्थामा यसका मुख्य नायक भने परिवर्तन गरिएको छ । यसअघि यो चलचित्रमा गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, नितेशले पारिवारिक कारणले गर्दा यो चलचित्रमा काम गर्न […]

‘बाबरी’मा तृप्तीका छोरासँग अदितीको रोमान्स

नेपाली चलचित्र क्षेत्रमा कुनै समय नायिका तृप्ती नाडकरको क्रेज गज्जब थियो । उनले अभिनय गरेका केही चलचित्रले ५१ र १०० दिन मनाएका छन् । उनै, तृत्ती लामो समयदेखि अभिनयमा सक्रिय छैनन् । दोश्रो बिहे गरेर भारतमा बस्दै आएकी तृप्तीले अब भने आफ्ना छोरा धिरज टोटलानीलाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेकी छिन् । सुरेन्द्र पौडेलको निर्देशनमा […]

कोरोनाले फिल्म छायांकन नभएपछि ‘दोश्रो घर’ फर्किइन् अदिती

कोरोनाका कारण धेरै कलाकारको करिअर चौपट भएको छ । चलचित्रको छायांकन कहिलेबाट सहज तरिकाले सुचारु हुन्छ भन्ने कुनै टुंगो छैन । कोरोना महामारी अगाडि छायांकन सुरु भएर रोकिएका चलचित्रहरुको मात्र यतिबेला छायांकन गरिएको छ । बाँकी चलचित्रको छायांकन सुरु गर्न निर्माताहरु डराइरहेका छन् । यसैले पनि नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहने चलचित्र ‘बाबरी क्याफे’को […]

अमालसँगको केमेष्ट्री अदितीलाई कती फाप्यो ?

नेपाली चलचित्रका दर्शकले नायिका अदिती वुढाथोकीलाई चलचित्र ‘कृ’मा काम गरेपछि चिनेका हुन् । नायक अनमोल केसीसँग यो चलचित्रमा काम गरेपछि चर्चामा रहेकी अदिती यसपछि हराइन् । नयाँ चलचित्रमा काम नगरेका कारण अदितीलाई दर्शकले हेर्ने मौका पाएनन् । अदिती नेपाली चलचित्रसँगै मुम्बइमा पनि मोडलिङ गरिरहेकी छिन् । अदितीले केही बर्षको अन्तरालपछि सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको […]

अमाल मलिकसँग म्यूजिक भिडियोमा अदिती

नेपाली चलचित्र ‘कृ’की नायिका अदिती वुढाथोकी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । अदितीले केही म्यूजिक भिडियोमा काम गरेपनि उनले आशातित सफलता भने पाएकी छैनन् । उनै, अदिती अब भने गायक तथा संगीतकार अमाल मलिकसँग एक गीतको भिडियोमा देखिएकी छिन् । ‘तु मेरा नही’ बोलको म्यूजिक भिडियोको टिजर सार्वजनिक गरिएको छ । सोनी म्यूजिकबाट सार्वजनिक हुने […]

आफूलाई फुलसँग तुलना गर्दै अदिती

नायिका अदिती वुढाथोकी दुबई पुगेकी छिन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता […]

अदितीको फेसन

लामो समयदेखि कामविहिन बन्नुको पीडा त कलाकारलाई छदै छ अर्कोतिर, घरमै बसिरहँदा उनीहरुलाई सकस पनि हुने गर्दछ । दैनिक क्यामेराको अगाडि एक्सन र कटमा रमाएका कलाकार घरमा रहँदा चिन्ता, डर र एक्लोपनाले सताउन सक्छ । मुम्बइमा रहेर मोडलिङ गरिरहेकी नायिका अदिती वुढाथोकी एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि […]

पञ्जाबी गीतमा अदितीको मोडलिङ

चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी दोश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । कोभिडको संक्रमण बढेसँगै चलचित्र नगरी नै ठप्प भएपछि अदितीले काम गर्न लागेको दोश्रो नेपाली चलचित्रको छायांकन सुरु हुन नसकेको हो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । अदिती भने यो चलचित्रको छायांकनको प्रतिक्षामा नेपालमै छिन् । मुम्बइमा रहेर मोडलिङमा व्यस्त अदितीले अभिनय […]

प्रियंकापछि इन्स्टाग्राममा अदितीको १० लाख फलोअर्स

सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली चलचित्र क्षेत्रकी नायिका को होलिन् ? यसको सहजै उत्तर दिन सकिन्छ, प्रियंका कार्की । तर अब प्रियंका कार्कीकैजस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ । चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका अदिती बुढाथोकीलाई इन्स्टामा पछ्याउनेको संख्या १० लाख पुगेको छ । सामाजिक सञ्जालमा १० लाख […]

ह्याप्पी बर्थ डे अदिती बुढाथोकी

नायिका अदिती बुढाथोकी आज आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । आफ्नै घरमा जन्मदिन मनाइरहेकी यी सुन्दरीलाई सबैभन्दा पहिला उनको परिवारले जन्मदिनको शुभेच्छा प्रकट गरेका थिए । उनलाई सामाजिक सञ्जालमा उनका फ्यान र आफन्तले शुभकामना दिइरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ नामक चलचित्रबाट प्रवेश गरेकी नायिका दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा छिन् । यी दुवै चलचित्रका निर्देशक […]

पर्दा शेयर गर्दै अदिती र नितेश ?

चलचित्र ‘कृ’मा काम गरेपछि नायिक अदिती वुढाथोकीले नयाँ चलचित्र साइन गरेकी छैनन् । बरु, अदिती इन्स्टाग्राममा आफ्ना हट तस्वीर राखेर चर्चामा छिन् । भारतका केही प्रान्तका म्यूजिक भिडियोमा भने उनले काम गरिरहेकी छिन् । उनै, अदिती अब एक नयाँ चलचित्रमा देखिने तयारीमा छिन् । चलचित्र ‘कृ’का निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको अनटाइटल प्रोजेक्टमा अदितीले […]

विकिनी गर्ल अदिती

अदिती वुढाथोकीलाई अब चलचित्र ‘कृ’की नायिका भनेर परिचय दिइराख्नु पर्दैन । किनकी, एउटा मात्र नेपाली चलचित्रमा काम गरेपछि उनले आफूलाई बलियो रुपमा स्थापित गर्न सकिनन् । उनी, अहिले मुम्बइमा नै छिन् । तर, अदिती विभिन्न ब्राण्डको प्रमोशन र फोटोसुटमा भने बढी व्यस्त छिन् । यतिमात्र होइन, उनको विदेश यात्रा सामाजिक संजालमा चर्चामा रहन्छ । अदिती […]