Comments Add Comment

अनलाइन कक्षा

List Grid
विद्यार्थीको अनलाइन कक्षा : ल्यापटप र ट्याबलेटमा कुन उपयुक्त ?

महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन नसक्दा लामो समयदेखि विद्यार्थीहरुले भर्चुअल माध्यमबाट मार्फत् पढ्न बाध्य भैरहेका छन् । त्यसैले आजकल ल्यापटप तथा ट्याबलेटहरु विद्यार्थीका लागि अनिवार्य साधन बनिसकेका छन् । अनलाइनको पढाइका लागि मात्र नभई कक्षाकोठामै गएर पढ्ने अलिक ठूलो कक्षाका विद्यार्थीहरुका लागि समेत यी ग्याजेटहरु निकै आवश्यक भैसकेका छन् । विद्यालय प्रयोजनमै […]

अनलाइन कक्षा सञ्चालनमा सहयोग गर्दै प्युठानको माण्डवी गाउँपालिका

१५ भदौ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयका शिक्षकहरुले धेरैवटा मोबाइल राखेर विद्यार्थी पढाएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ । गत वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि मोबाइलबाट पढाउन शुरु गरेको विद्यालयले यो वर्ष पनि मोबाइल मार्फत पढाउन थालेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए । ‘हामीले गत साल १५ वटा […]

एकोहोरो अनलाइन कक्षाले बालबालिकामा नकारात्मक प्रभाव

९ भदौ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण यो वर्ष विद्यालय खुल्नै पाएका छैनन् । स्थानीयले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्यांकनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोडिरहेका छन् । महामारीको अप्ठ्यारो अवस्थामा सरकारले ल्याएको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यालयहरुले बालबालिकाहरुलाई सिकाइसँग जोडेका छन् । विद्यार्थीलाई सिकाइबाट बञ्चित […]

जूममा आयो गज्जबको फिचर, अब अनलाइन क्लासका बेला विद्यार्थीलाई डिस्टर्ब नहुने

भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम पछिल्लो समयमा कामकाजी मानिसहरुका लागि दैनिकी जस्तै बनिरहेको छ । महामारीका कारण घरबाटै काम गर्न बाध्य धेरै मानिसहरुका लागि कार्यालयको कामको सन्दर्भमा हुने बैठक तथा अन्तरक्रिया आदिका लागि जूमको प्रयोग अनिवार्य जस्तै बनिरहेको छ । अझ विद्यालयमा जान नपाएर घरबाटै भर्चुअल माध्यमबाट पठनपाठन गरिरहेका विद्यार्थीहरुको माझमा जूम सर्वाधिक प्रयोग हुने प्लाटर्फमको […]

अनलाइन कक्षा : चुनौती र वैकल्पिक उपाय

महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्व समुदाय नै प्रभावित भएको छ। विश्वका कुनै पनि मुलुक यसबाट अछुतो रहनसकेका छैनन्। अझ भन्नुपर्दा यसले मानव जीवनमा प्रतिकूल अवस्थाको सिर्जना गरिरहेको छ। यसले विश्वको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक पक्षलाई थिलथिलो पारेको हामी सजिलै अनुमान गर्न सक्दछौं। यसको प्रभाव कहिलेसम्म रहने केही यकिन पनि छैन। नेपालको सन्दर्भमा […]

उपत्यकाका सामुदायिक विद्यालयको दुर्दशा : सम्पर्कमै छैनन् विद्यार्थी

३१ असार, काठमाडौं । तिलगंगा देवपतनस्थित शारदा आधारभूत विद्यालय कोरोना महामारीको दोस्रो लहरका कारण बन्द हुनुअघि ७८ जना विद्यार्थी अध्ययनरत थिए । तर तीमध्ये अहिलेसम्म एक जना पनि विद्यालयको सम्पर्कमा छैनन् । प्रधानाध्यापक महेन्द्रप्रसाद रिजालका अनुसार विद्यालयमा अध्ययनरत ८० प्रतिशत बालबालिका भारतीय मूलका छन् भने बाँकी तराईका दलित परिवारका छन्, जो काठमाडौंमा कवाडी संकलन तथा […]

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

११ असार, काठमाडौं । यो वर्ष पनि कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालय बन्द छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्याङ्कनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेका छन् । महामारीको विषम परिस्थितिमा विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिन भन्दै सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन गराउन निर्देशन […]

अनलाइन कक्षाको काम छैन

अहिले नेपालसहित विश्वका अधिकांश देश कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो चरणको चपेटामा परेर आक्रान्त छन् । संक्रमणबाट बच्न प्रायः लकडाउन अवलम्बन गरिएको छ । कोरोना संक्रमण नफैलियोस् भनेर नेपालका विभिन्न ठाउँ लकडाउन गरिँदा देशभरका विद्यालयदेखि विश्वविद्यालयसम्मका पठनपाठन ठप्प छ । विद्यार्थी एकातिर कोरोना संक्रमणको त्रासमा छन् भने अर्कोतिर आफ्नो पढाइ छुटेको तनावमा । परीक्षा पनि बीचैमा […]

‘अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखियो’

११ वैशाख, काठमाडौं । अनलाइन कक्षामा इन्टेरनेटको क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण नेपालका धेरै विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन हुँदै आएका छन् । वैकल्पिक सिकाइ अन्तगर्गतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको सो अध्ययनले देखाएको छ । युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर ‘नेपालको विद्यालय […]

अनलाइन कक्षाले आँखामा पार्न सक्ने प्रभाव

कोभिड महामारीका कारण उत्पन्न विषय परिस्थितिमा शिक्षा मन्त्रालयले समेत अनलाइन कक्षालाई वैधानिकता प्रदान गरिसकेको छ । विद्यार्थीको लागि अनलाइन कक्षा र अन्य पेसामा संलग्न व्यक्ति समेत घरबाटै काम गर्ने नाममा डिजिटल उपकरणसँग प्रत्यक्ष जोडिने गरेका छन् । विशेषगरी विद्यार्थीको विषयमा कुराकानी गर्दा हरेक दिन ६ घण्टाको अनलाइन कक्षा, ३ घण्टाको गृहकार्य र बाँकी समयमा टेलिभिजन […]

अनलाइन कक्षाको नाममा शूल्क नउठाउन नेविसंघको माग

१४ असोज, बुटवल । अनलाइन कक्षाका नाममा शूल्क नउठाउन नेपाल विद्यार्थी संघले माग गरेको छ । कोरोना महामारीका कारण ६ महिनासम्म शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द रहेपनि निजी विद्यालयहरुले अनलाइन कक्षाका नाममा रकम असुली गरेको भन्दै शूल्क नउठाउन माग गरेको हो । संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिमा उठाइएको शूल्क […]

अनलाइन कक्षा शुल्क स्थानीय तहपिच्छे फरक–फरक

३१ भदौ, बुटवल । कोरोना संक्रमण रोकथामका लागि भन्दै ११ चैतदेखि सुरु भएको लकडाउनका कारण सबै शिक्षण संस्थाहरु बन्द भए । कोरोना संक्रमण नरोकिने देखेर कतिपयले अनलाइन कक्षा सुरु गरे । शुरुमा सरकारले अनलाइन कक्षाका नाममा कुनै शुल्क लिन नपाइने निर्णय गयो । पछि स्थानीय तहलाई अधिकार दिँदै लिन पाउने भन्यो । संघीय सरकारको पछिल्लो […]

अनलाइन कक्षा : विद्यार्थीलाई इन्टरनेटकै पीडा

२७ भदौ, नवलपुर । ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ । जिल्लाको मध्यविन्दु–३, ब्रह्मस्थान घर भएर चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अजिता […]

अनलाइन कक्षाको शुल्क लिन बोर्डिङ स्कुललाई सरकारको अनुमति

२५ भदौ, काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क […]

अनलाइन कक्षामा आँखाको ख्याल

कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको अवस्थामा नेपाल पनि यसबाट अछुत छैन। कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले चालेको बन्दाबन्दीको कदम यसको निम्ति उचित नै ठहरिए पनि यसले अन्य क्षेत्रमा पारेको प्रभाव भने विकराल छ। बन्दाबन्दी सुरुवातसँगै शैक्षिक सत्रलाई निरन्तरता दिन प्रायजसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन्। इन्टरनेट तथा स्मार्ट विद्युतीय […]

सामुदायिक विद्यालय : अनलाइन कक्षा छ, पढाइ छैन

१७ भदौ, काठमाडौं । उपत्यकामा सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले लकडाउन सुरु भएको १० दिनपछि कक्षा ११ र १२ का विद्यार्थीका लागि अनलाइन पढाइ सुरु गर्‍यो । ७ असारबाट १ कक्षाभन्दा माथि सबैका लागि अनलाइन पढाइ सुरु गरेको विश्व निकेतनमा साना कक्षाहरूमा विद्यार्थी सहभागिता न्यून छ । कक्षा १ देखि […]

रुपन्देहीमा शुल्क बुझाउन निजी विद्यालयको ताकेता

१७ भदौ, बुटवल । कोरोना महामारीका कारण बन्द रहेका निजी विद्यालयले शुल्क बुझाउन अभिभावहरुलाई ताकेता गर्न थालेका छन् । जिल्लाका ठूला निजी विद्यालय र सामुदायिक विद्यालयले सूचना जारी गरी विद्यालयमा प्रत्यक्ष आएर, बैंकमा जम्मा गरर वा अनलाइन माध्यममार्फत भुक्तानी गर्न अभिभावकहरुलाई पत्र लेखेका छन् । शिक्षक/कर्मचारीलाई तलब भत्ता दिन समस्या भएको भन्दै उनीहरुले विद्यार्थी भर्ना […]

अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न मिल्ने नयाँ सफ्टवेयर

१४ साउन, काठमाडौं । काठमाडौंमा रहेको स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न सकिने सफ्टवेयर विकास गरेको छ । लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सहयोगी माध्यम बनोस भनी सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याइएको उक्त टेक्नोलोजीले जनाएको छ । विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो […]

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

४ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आइतबार जारी विज्ञप्ति जारी गरी निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरेका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनले आफ्नो माग पूरा नभएको भन्दै १ […]

निजी विद्यालयमाथि प्रश्न : नखाएको भातको पैसा लिन मिल्छ ?

निजी लगानीमा संचालित विद्यालयहरुले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन केही दिन अगाडि निर्देशन दिएको थियो। निजी विद्यालयहरुका सञ्चालकहरुले अभिभावकलाई सामाजिक दूरी कायम गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन केही दिन अगाडि सार्वजनिक आग्रह गरेका थिए। शिक्षा मन्त्रालयले कोरोना […]

अनलाइन कक्षा : देखावटी लहडको एक नमूना

विज्ञान र प्रविधिको विकास सँगसँगै उपलब्ध स्रोतसाधनको प्रयोग गर्नु राम्रो हो। विशेषगरी विज्ञान र प्रविधिमैत्री स्रोतसाधनहरु शिक्षा क्षेत्रसँग बढी जोडिएको पाइन्छ । कोविड-१९ को प्रभावले गरिएको लकडाउन झन्डै ३ महिना पुग्न लागिसकेको छ। सरकारले लकडाउनअघि नै सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। लकडाउन अवधिभर सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय गरेतापनी कतिपय […]