Comments Add Comment

इक्वेडर

List Grid
इक्वेडरको जेलमा दुई समूहबीच झडप, ११६ को मृत्यु

१४ असोज, काठमाडौं । इक्वेडरको एक जेलमा दुई आपराधिक समूहबीच झडप हुँदा कम्तीमा ११६ जनाको मृत्यु भएको छ । इक्वेडरको गुआयाकिल सहरमा रहेको जेलमा भएको यो झडप इक्वेडरको इतिहासकै सबैभन्दा ठूलो हिंसात्मक घटना हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार भएको यो हिंसात्मक घटनामा पाँच कैदीको घाँटी रेटी हत्या गरिएको छ भने अन्य कैदीको मृत्यु गोली […]

ब्राजिलसँग बराबरी खेल्दै इक्वेडर क्वाटरफाइनलमा प्रवेश

१४ असार, काठमाडौं । आयोजक ब्राजिलसँग बराबरी खेल्दै इक्वेडर कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि नै लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको घरेलु टोली ब्राजिलले नेमारसहित मुख्य खेलाडीलाई आराम दिँदा इक्वेडरसँग बराबरीमा रोकिएको हो । पेड्रो लुडोभिको ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेलेको हो […]

कोपा अमेरिका : भेनेजुएला र इक्वेडरले खेले बराबरी

७ असार, काठमाडौं । कोपा अन्तर्गत समूह बी को खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेलेका छन् । सोमबार बिहान सम्पन्न खेलमा यी दुई टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । इस्टाडिओ ओलम्पिको निल्टन सान्तोसमा भएको खेलमा इक्वेडरले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन । भेनेजुएलाले पुनरागमन गर्दै अंक खोस्यो । ३९औँ मिनेटमा […]

इक्वेडरको जेलमा भड्किएको हिंसामा ६२ जनाको मृत्यु

१२ फागुन, काठमाडौं । इक्वेडरका विभिन्न तीन जेलमा भड्किएको हिंसामा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । इक्वेडरको सरकारी निकायले मंगलबार दिएको जानकारीअनुसार मुलुकका विभिन्न तीन  सहरमा रहेको जेलमा फरक फरक समूहको बीचमा झडप भएको हो । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कैदीहरुको मृत्यु गोली र चक्कु आक्रमणबाट भएको हो । अहिलेसम्म ६२ जनाको मृत्यु भएको अधिकारीहरुले […]

कोपा अमेरिकामा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

२३ जेठ, काठमाडौं । ८ पटकको उपाधि बिजेता ब्राजिलले अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेको छ । क्यालिफोर्नियाको रोज बल रंगशालामा आज बिहान भएको समूह ‘बी’ अन्तर्गतको खेलमा उपाधिको दावेदार टोली ब्राजिलले इक्वेडरसँग अप्रत्यासित बराबरी खेलेको हो । इक्वेडरको पोष्टमा ब्राजिलियन फर्वार्डले गोलका लागि थुप्रै मुभहरु बनाएपनि बलले पोष्टको […]

भूकम्पमा पुरिएको १३ दिनपछि ७२ वर्षीय वृद्धको जिउँदै उद्धार

१९ वैशाख, काठमाडौं । जमिन मुनि पुरिएको कति दिनसम्म मानिस बाँच्ला ? कल्पना गर्न सक्नुहुन्छ ? खाना, पानी केहि पनि नखाइ जमिन मुनिबाट जिउँदै कुनै व्यक्ति निस्कियो भने चमत्कारै मान्नुपर्छ । यस्तै चमत्कार भएको छ दक्षिण अमेरिकी देश इक्वेडरमा । इक्वेडरमा भूकम्पको भग्नावशेषमा पुरिएको एक वृद्धलाई १३ दिनपछि जिउँदै बाहिर निकालिएको छ । उद्धारकर्ताहरुले ७२ […]

इक्वेडरमा शक्तिशाली भूकम्प, २८ जनाको मृत्यु

५ वैशाख, काठमाडौं । ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको  शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले जनाएका छन् । राजधानी क्योटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का […]