Comments Add Comment

करिना कपुर

List Grid
बलिउडमा २१ बर्षको यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएनः करिना

बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ । बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए संभव थिएन । २१ बर्षको […]

आमिरले ‘लाल सिंह चड्ढा’को सुटिङ लद्दाखमा नगर्ने

नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्ढा’को छायाङ्कन लकडाउनका कारण रोकिएको छ । यो चलचित्रको छायाङ्कन भारतका विभिन्न स्थानमा भइरहेको छ । चलचित्रको छायाङ्कन दिल्ली, राजस्थान, चण्डीगढ, अमृतसर, कोलकत्तामा भइसकेको छ । यो चलचित्रको छायांकन भारत र चीनको सीमा क्षेत्र लद्दाखमा पनि गर्ने तयारीमा आमिर र उनको टिम […]

करिनाले पापाराजीलाई भनिन्–‘किन कराएको ?’

नायिका करिना कपुर खान बिहिबार बेलुकी आफ्ना श्रीमान् सैफअली खान अभिनित चलचित्र ‘जवानी जानेमन’ हेर्न पुगिन् । चलचित्रको विशेष शोमा पुगेकी करिनालाई देखेपछि पापाराजीहरु कराउन थाले । पापाराजीहरु कराउन थालेपछि करिना बाहिर निस्किइन् र भनिन्–‘तिमीहरु किन कराइरहेका छौ ?’ करिनाको राम्रो तस्वीर लिन नपाएपछि पापाराजीहरु कराएका थिए । जब, करिनाले सबैको अगाडि धैर्य गरेर पोज […]

अक्षय र करिनाको ‘गुड न्यूज’को सुखद कमाई

शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । चलचित्रको वर्ड अफ माउथ सुखद छ । साथमा, समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन् । यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ । यो चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो । शनिबार भने चलचित्रको व्यापार २१.७८ […]

दोश्रो सन्तानको बिषयमा यसो भन्छिन् करिना

नायिका करिना कपुर चलचित्र ‘गुड न्यूज’को प्रमोशनमा व्यस्त छिन् । डिसेम्बर २८ तारिखमा यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको प्रमोशनको क्रममा उनलाई दोश्रो सन्तानको बिषयमा पनि प्रश्न सोधिएको छ । करिनाका छोरा तैमुर मिडिया लाइमलाइटमा छन् । उनलाई पापाराजीहरुले खुबै पछ्याउँछन् । यसैले पनि सानो उमेरमै तैमुर सेलिब्रिटी भैसकेका छन् । करिनाले दोश्रो सन्तानको बिषयमा […]

करिअरमै पहिलो पटक आमिरको फिल्मका लागि करिनाले दिइन् अडिसन

नायिका करिना कपुर बलिउडमा केही बर्ष अघिसम्म नम्बर १ नायिकाको रुपमा चिनिन्थिन् । उनको यूगमा उनले बलिउडमा राज गरेकी थिइन् । आज, उनको क्रेज पहिलेको जस्तो त छैन तर गुमेको पनि छैन । उनै, नायिकाले आफ्नो १९ बर्ष लामो बलिउड करिअरमा अडिसन दिएर चलचित्रमा काम गरेकी थिइनन् । तर, पहिलो पटक उनले चलचित्र ‘लाल सिंह […]

आलियालाई करिनाको सुझाव–‘मुसा दौडामा नलाग्दा राम्रो’

नायिका करिना कपुरको ठूलो फ्यान हुन् आलिया भट्ट । आलिया र करिनाले एकाध चलचित्रमा एकसाथ काम पनि गरेका छन् । कुनै समय करिना बलिउडकी नम्बर १ नायिका थिइन् । अहिले आलियाले त्यो पोजिशन हासिल गरिरहेकी छिन् । ‘मामी मुभी मेला’मा एकसाथ पुगेका आलिया र करिनाले एक अर्काको प्रशंसा गरेर थाकेनन् । छलफलका क्रममा करिनाले आलियालाई […]

किन निस्कियो करिनाले राहुलसँग डेट गर्न चाहेको प्रसंग ?

आज भन्दा १७ बर्ष अगाडि नायिका करिना कपुरले भारतका चर्चित नेता राहुल गान्धीसँग डेट गर्न मन लागेको बताएकी थिइन् । एक अन्तरवार्तामा कोसँग डेट जान मन छ भनेर सोधिएको प्रश्नमा उनले राहुल गान्धीको नाम लिएकी थिइन् । उनले भनेकी थिइन्–‘के म राजनीतिज्ञको नाम लिन सक्छु । मलाई थाहा छैन यो भन्न हुन्छ कि हुँदैन । […]

आमिरको चलचित्रमा करिना हिरोइन

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै छन् । चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले मन पराउँछन् । उनै आमिरको प्रतिक्षित चलचित्र हो, ‘लाल सिंह चद्दा’ । […]

करिनाको टेलिभिजनमा डेब्यू, तर यस्तो डिमाण्ड

बलिउड नायिका करिना कपुर तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा छिन् । बलिउडमा उनको डिमाण्ड घटेको छैन । उनको हातमा चलचित्रको अभाव पनि छैन । उनै, करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी छिन् । तर, यो शोका लागि करिनाको डिमाण्ड […]

‘रणवीर भन्दा तैमुर स्टाइलिसः करिना

बलिउडमा अहिले यदि कुनै स्टारकिडको चर्चा सबैभन्दा बढी हुन्छ भने ती हुन् नायिका करिना कपुरका छोरा तैमुरअली खान । तैमुर हरेक दिन मिडियामा छाइरहेका हुन्छन् । उनको हरेक गतिविधी मिडियाका लागि मसला बनिरहेको छ । हालैमात्र, ‘एचटी स्टाइलिस अवार्ड’मा नायिका करिना कपुरलाई ‘स्टाइलिस अवार्ड जुरी च्वाइल फिमेल’ प्राप्त भयो । उनले अवार्ड पाएपछि भनिन्–‘म यो […]

करणको ‘तख्त’मा करिना जोडिइन्

बलिउड नायिका करिना कपुर अहिले चलचित्र ‘गुड न्यूज’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा उनले अक्षय कुमारको जोडी भएर काम गरिरहेकी छिन् । करिनाले यो चलचित्रको छायांकन सकिए लगत्तै करण जोहरको चलचित्र ‘तख्त’मा काम गर्ने पक्का भएको छ । ‘तख्त’को लागि रणवीर सिंह, आलिया भट्ट, जान्वी कपुर लगायतका कलाकार पक्का भइसकेका छन् । यस्तैमा चलचित्रमा […]

‘दबंग ३’मा करिनाको आइटम

बलिउड नायक सलमान खान र नायिका सोनाक्षी सिंहको मुख्य भूमिका रहने चलचित्र ‘दंबग ३’ अहिले चर्चामा छ । छायांकनमा जानु पूर्व नै यस चलचित्रको विभिन्न तवरबाट चर्चा चलिरहेको छ । त्यस्तैमा, नायिका करिना कपुरले यस चलचित्रमा आइटम नृत्य गर्ने कुराले पुनः मिडियामा स्थान पाएको छ । निर्माता अरबाज खानका अनुसार चलचित्रको स्पेशल नम्बरका लागि करिनालाई […]

अक्षय र करिनाको ‘गुड न्यूज’

नायक अक्षय कुमार र नायिका करिना कपुरको जोडी एकसाथ पर्दामा फेरि देखिने भएको छ । यो चलचित्रको छायांकन बुधबारबाट सुरु भएको हो । अक्षयले सामाजिक संजालमा १० बर्षको च्यालेञ्ज भन्दै सुटिङ छायांकन सुरु भएको उल्लेख गरेका छन् । अक्षय र करिनाले ४ वर्ष पछि पुन पर्दामा काम गर्न लागेका हुन् । उनीहरुले यस अघि चलचित्र […]

करिना भन्छिन्–‘म साराको आमा हुन सक्दिनँ’

नायिका करिना कपुर सैफ अली खानको जीवनमा भित्रिएपछि धेरैले उनको आलोचना पनि गरे । कलाकार अमृता सिंहसँग डिभोर्स गरेपछि सैफले करिनासँग बिहे गरेका थिए । अमृतासँग करिनाको सम्बन्ध कस्तो होला भन्ने चर्चा चलिरहेको समयमा करिनाले यस बिषयमा मुख खोलेकी छिन् । उनले अमृतासँग आफ्नो नराम्रो सम्बन्ध नरहेको खुलाइन् । करिनाले अगाडि भनिन्–‘मैले सधै नै सैफलाई […]

राजस्थानकी राजकुमारी बन्ने भइन् करिना कपुर

बलिउड अभिनेत्री करिना कपुर छोराकी आमा भएपछि पनि करिअरमा उत्तिकै समर्पित छिन् । उनको पछिल्लो फिल्म ‘वीरे दि वेडिङ’ बक्स अफिसमा हिट भएको थियो । करिना अब फरक खालको भूमिका ट्राइ गर्ने सोचमा छिन् । यदि सबै कुरा योजनाअनुसार भयो भने उनलाई एउटा ऐतिहासिक फिल्ममा देख्न सकिनेछ । करिनाले ‘अशोका’ पछि कुनै ऐतिहासिक फिल्ममा काम […]

छोराको अगाडि विकिनी लगाएको भन्दै करिनाको आलोचना

सामाजिक सञ्जालले सेलिब्रिटीहरुलाई चैन नदिने भयो । उनीहरुका सानो–सानो कुराहरुलाई लिएर ट्रोलरहरुले सामाजिक सञ्जालमा आगो बाल्छन् । बलिउड अभिनेत्री करिना कपुरको अहिले त्यही हालत भएको छ । उनी हाल माल्दिभ्समा छुट्टि मनाइरहेकी छन् । त्यहाँ उनीसँग पति सैफ अली खान, छोरा तैपुर र नन्द सोहा अली खानसमेत छन् । सोहाले हालै इन्स्टाग्राममा एउटा तस्वीर राखिन् […]

करिना कपुर एक वर्ष छोरा खेलाएर बस्ने

‘वीरे दि वेडिङ’ को सफलतापछि बलिउड अभिनेत्री करिना कपुरको डिमान्ड फेरि बढेको छ । तर तत्काल उनले अर्को फिल्म साइन गर्ने छैनन् । एक अन्तरवार्तामा करिनाले अब अर्को साल मात्रै नयाँ फिल्म साइन गर्ने बताइन् । छोरा तैमुर सानै भएकाले लगातार फिल्म खेल्न नसक्ने उनको भनाई छ । ‘मेरो श्रीमान कुनै विजनेसम्यान वा जागिरे होइनन् […]

साहरुखको ‘स्यालुट’मा करिना फाइनल, दीपिका बाहिरिइन्

बलिउडका सुपरस्टार नायक साहरुख खान अहिले चलचित्र ‘जीरो’को छायांकनमा व्यस्त छ । यो चलचित्रको छायांकन अहिले अमेरिकामा भैरहेको छ । २५ करोडको भव्य सेटमा यो चलचित्रको छायांकन भैरहेको छ । साहरुखले यो चलचित्रको छायांकन नसकी अर्को चलचित्रको बारेमा केही पनि नबोल्ने बताएका छन् । तर, उनले नयाँ चलचित्र ‘स्यालुट’मा काम गर्न लागेको खबर भारतीय मिडियामा […]

१५ महिनाको छोरालाई जबरजस्ति स्कुल पठाउँदै करिना

अचेलका बाबुआमालाई छोराछोरी दुई खुट्टा टेकेर हिँड्ने मात्र के भएका हुन्छन्, स्कुल भर्ना गर्न हतार हुन्छन् । बलिउड अभिनेत्री करिना कपुरले पनि यही शैली पछ्याएकी छन् । उनले १५ महिना मात्र पुगेको आफ्नो छोरा तैमुरलाई विद्यालय भर्ना गरिदिइन् । विचरा तैमुर अहिले बाबुआमाको काख छोड्न चाँहदैनन् । हालै एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा […]

करिनाको प्रश्नः आमा बनेपछि छोटा लुगा लगाउन किन नहुने ?

केही दिनअगाडि बलिउड अभिनेत्री करिना कपुरको छोटो पहिरनमाथि उनकै श्रीमान सैफ अली खानले आपत्ति जनाएको खबर आएको थियो । उनले सार्वजनिक स्थानमै करिनालाई कपडा चेन्ज गरेर आउन आदेश दिएका थिए । तर, करिनाले उनको आदेश मानिनन् । करिनाको पहिरन उनकै श्रीमानलाई चित्त नबुझिरहेको अवस्थामा अरुले त झन् प्रश्न उठाउने नै भए । हुन पनि सार्वजनिक […]