Comments Add Comment

कालीकोट

List Grid
विद्युत सर्ट हुँदा कालीकोटको रास्कोटमा घर जलेर नष्ट

२० साउन, मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युतको तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार अपरान्ह ४ बजेतिर विद्युत सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खडाले जानकारी दिए […]

कालीकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

१३ साउन, काठमाडौं । कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक बैतडीका दीपक साउँद र सहचालक बाजुराका रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिए । नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना७ख ९५१६ नम्बरको ट्रक कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट सोमबार अपराह्न […]

कालीकोटमा पाठ्यपुस्तक पाइए पनि पढाइ भएन

५ साउन, कालिकोट। कालीकोटका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाइ हुन सकेको छैन । जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि बैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करीब ७० हजार विद्यार्थीको पढाइ हुन नसकेको हो। वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल […]

कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

२२ असार, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए । एसएसपी चन्दका अनुसार दुर्घटनामा परी रास्कोट […]

कालीकोटको गाउँगाउँमा भेटिए कोरोना संक्रमित

५ जेठ, कालीकोट । जिल्लाको गाउँगाउँमा कोरोना संक्रमणका बिरामी भेटिन थालेको छ । ज्वरो तथा खोकी लक्षण देखिएका बिरामी बढेको खबर आएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका- २ बन्जडामा कोरोना संक्रमित भेटिएका हुन् । गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँमा बिरामी बढेको जानकारीपछि गाउँपालिका अध्यक्ष […]

कालीकोटका ६० वटा वनमा आगलागी

३० चैत, कालीकोट ।कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ । जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, […]

कालीकोटमा गृहमन्त्रीविरुद्ध प्रदर्शन

१२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेकपा ओली समूहले आयोजा गरेको आमसभालाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला समेत रहेको कालिकोटमा गृहमन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन समेत […]

कालीकोटमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

१४ भदौ, सुर्खेत । कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका-१, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो । आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । डीएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ […]

बलात्कारपछि गर्भपतन गराएको आरोपमा २ जना पक्राउ

१० भदौ, सर्खेत । किशोरीलाई बलात्कारपछि असुरक्षित गर्भपतना गराएको आरोपमा प्रहरीले कालीकोटमा २ जनालाई पक्राउ गरेको छ । रास्कोट नगरपालिका–४, वसन्तपुरका ५१ वर्षीय नमराज शाही र उनका ज्वाइँ नाता पर्ने २४ वर्षीय खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालक नमराजले रास्कोट–४, सुनारबाढाकी १८ वर्षीया किशोरीलाई २०७६ चैत १५ गते जबर्जस्ती करणी गरेको खुलेको […]

कालीकोटमा उपचार नपाएर सुत्केरी र शिशुको मृत्यु

१० भदौ, सुर्खेत । बाढीले बाटो अवरुद्घ भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो । घरमै सुत्केरी भएकी शीराको रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु हरिसिंह सार्कीले बताए । […]

कालीकोटमा शुक्रबार रातिदेखि निषेधाज्ञा

५ भदौ, सुर्खेत । कालीकोटमा पनि आजै (शुक्रबार) रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रबार बसेको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई […]

कालीकोटमा पहिरोमा परी ४ जना बेपत्ता

३ भदौ, सुर्खेत । कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन । तुले सहकारी र धने सहकारीको रुप्सा लेकमा रहेको गोठ मंगलबार राति पहिरोले बताउँदा चारजना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका  प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । पहिरोमा परी […]

कालीकोटको पहिरोमा मृत्यु हुने ६ जनाकै सनाखत

३० साउन, सुर्खेत । कालीकोटमा पहिरोले पुरेर मृत्यु भएका एकै परिवारका सबै ६ जनाकै सनाखत भएको छ । महावै गाउँपालिका-३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली […]

कालीकोटको पलातामा पहिरोमा परी एकजनाको मृत्यु

१६ साउन, सुर्खेत । कालीकोटको पलाता गाउँपालिकामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । गाउँपालिकाको वडानम्बर-८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजे कुलो मर्मत गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर रोकायको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) […]

कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु

१५ साउन, सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक […]

अपडेट : कालीकोटको पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो

१४ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत सबै ९ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकोमा बुधबार दिउँसो सबैको शव फेला परेको हो । वडानम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित […]

कालीकोटको महावैमा पहिरो जाँदा बालिकाको मृत्यु, एक बेपत्ता

१४ साउन, सुर्खेत । कालीकोटको महावै गाउँपालिकामा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । वडा नम्बर ७ मा बुधबार दिउँसो आएको पहिरोले तुलबहादुर महतराको घर पुरिँदा सात वर्षकी संगीता भण्डारीको मृत्यु भएको हो । त्यस्तै १२ वर्षका गणेश महतरा घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी […]

कालीकोटमा पहिरोमा परी एकै घरका ७ जनासहित ८ जनाको मृत्यु

१३ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति […]

कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता

१३ साउन, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१, मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र […]

कालीकोट दुर्घटना : दुई जनाको मृत्यु, ६ जना बेपत्ता

२८ जेठ, सुर्खेत । कालीकोटमा बुधबार बिहान भएको टिपर दुर्घटनाका घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी गरिएको छ । दुर्घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए । कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार […]

कालीकोटमा टिपर दुर्घटना, कम्तीमा दुई जनाको मृत्यु

२८ जेठ, काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरूलाई क्वारेन्टिनस्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर  बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो । हालसम्म दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए । भारत […]