Comments Add Comment

कुलेखानी

List Grid
कुलेखानीले ‘बोनस’ दिँदा दैनिक ४० मेगावाट विजुली भारत निर्यात

१ असोज, काठमाडौं । नेपाल र भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक रुपमा समहत भए पनि कार्यान्वयनमा गइसकेको छैन । तर नेपाल विद्युत प्राधिकरणले केही समयदेखि निरन्तर ४० मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । असार अन्तिम साता अविरल वर्षाका कारण देशभरको विजुलीको माग आधा कटौती भएपछि प्राधिकरणले एकै दिनमा २ सय मेगावाटसम्म विजुली भारत पठाएको थियो […]

कुलेखानीले ‘बोनस’ दिँदा निरन्तर ४० मेगावाट विजुली भारत निर्यात

१ असोज, काठमाडौं । नेपाल र भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक रुपमा समहत भए पनि कार्यान्वयनमा गइसकेको छैन । तर नेपाल विद्युत प्राधिकरणले केही समयदेखि निरन्तर ४० मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । असार अन्तिम साता अविरल वर्षाका कारण देशभरको विजुलीको माग आधा कटौती भएपछि प्राधिकरणले एकै दिनमा २ सय मेगावाटसम्म विजुली भारत पठाएको थियो […]

पानी घटाउन कुलेखानी पूर्ण क्षमतामा चलाइयो, भारतबाट विद्युत आयात घट्यो

३० असार, काठमाडौं । इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ । कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कुलेखानीको जलाशय अघिल्ला वर्षहरुमा असोजमा मात्र भरिने गरेको थियो । यस वर्ष असारमै भरिएपछि बाँध खोल्नु नपरोस् […]

कुलेखानीमा छैन चिन्ता, गत वर्षभन्दा बढी पानी सञ्चित

७ पुस, काठमाडौं । गत साउनमा कुलेखानी जलाशय आसपासमा पानी नपर्दा विद्युत प्राधिकरणका पदाधिकारीको तनावको पारो ह्वात्तै चढेको थियो । त्यतिबेला जलाशयको सतह गत वर्षको तुलनामा कम थियो । अहिले भने प्राधिकरणका अधिकारीहरु निश्चिन्त देखिएका छन् । कारण, पानीको सतह अहिले १५ सय २४ मिटरमा छ । गत वर्ष एक मिटर तलै थियो । पानीको […]

कुलेखानीको ड्याममा ६ मिटर पानी कम

२३ साउन, हेटौंडा । मकवानपुरको कुलेखानी वरपर वर्षा कम पर्दा कुलेखानीको ड्याममा पानी कम भएको छ । त्यसमाथि यो वर्ष आयोजना बढी चलाइएको छ, जसका कारण गत वर्षको भन्दा ६ मिटर पानी कम भएको छ । गत वर्ष यो समयमा कुलेखानी आयोजनामा १ हजार ५१४ मिटर पानी थियो । तर, अहिले १ हजार ५०८ मिटर […]

कुलेखानीमा अझै ३१ मिटर पानी बाँकी, गत वर्षभन्दा बढी जलसञ्चय

२५ फागुन, काठमाडौं । गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लाग्यो । तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको पाइएको छ । अहिले कुलेखानीको इन्द्रसरोबर जलाशयमा पानीको सञ्चय गतवर्षको यस्तै समयको भन्दा बढी सञ्चय […]

कुलेखानी तेस्रोका ‘हेपाहा’ चिनियाँ ठेकेदार खोज्दै कुलमान

२० मंसिर, काठमाडौं । ठूला आयोजना विदेशी ठेकेदार दिने तर, तिनलाई काम गर्न दबाव नै नदिने गर्दा कस्तो समस्या आउँछ भन्ने गतिलो उदाहरण बनेको छ, कुलेखानी तेस्रो जलविद्युत आयोजना । निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीको लापरबाही र नेपाल विद्युत प्राधिकरणको बेवास्ताले खर्च मात्रै बढाउने माध्यम बनेको छ । मकवानपुरको भैंसेमा १४ मेगावाट क्षमताको निर्माणाधीन कुलेखानी-तेस्रोबाट […]

कुलेखानीमा टाटा सुमो दुर्घटना, एकको मृत्यु, ९ घाइते

१४ मंसिर, मकवानपुर । मकवानपुरको कुलेखानी-६ हेभी भन्ने स्थानमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित नौ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २९५८ नम्बरको टाटा सुमो मंगलबार अपरान्ह मदन भण्डारी मार्गबाट करिब ५० मिटर तल खसेको थियो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ […]

कुलेखानी चलाएको छैन, उपत्यका बाहिर पनि लोडसेडिङ बढ्दैनः कुलमान

२९ कात्तिक, काठमाडौं । काठमाडौंमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले उपत्यका बाहिर पनि लोडसेडिङ नबढाउने बताएका छन् । काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको उनले बताए । उपत्यका बाहिर देशैभरी बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको बताउँदै भने, ‘लोडसेडिङ […]

म्याद थप्दाथप्दै कुलेखानी तेस्रोमा २ अर्ब बढी खर्च

२२ जेठ, काठमाडौं । मकवानपुरको भैंसेमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण ठेक्काको अवधि फेरि थपिएको छ । चौथोपटक म्याद थप्दासम्म आयोजनाको निर्माण नसकिएपछि आयोजनाको लागत दोब्बर हुने पक्का भएको भएको छ । आयोजना सन् २०११ डिसेम्बरसम्म सकिनेगरी सन् २००८ अपि्रलमा सुरु भएको थियो ।  ठेक्काको तोकिएको समय गुज्रेको पाँच वर्ष बितिसक्दा पनि […]