+
+
Shares

कुलेखानीको जलसतह बढेपछि उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १७:०३

१४ कात्तिक, सर्लाही । कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिबार दिउसो जारी सूचनामा जलाशयको जलसतह बढेर बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार दिउँसो १२ बजे जलाशयको सतह १ हजार ५२८.१५ मिटर पुगेको थियो । जलसतह १ हजार ५२८.५० मिटर पुगेपछि पूर्वसतर्कताका लागि साइरन बजाउने र एसएमएसमार्फत सूचना प्रवाह गर्ने व्यवस्था छ ।

बाँधका ढोका खोल्नुपरे सिस्नेरी खोला र बागमती नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा आवतजावत, माछा मार्ने, दाउरा संकलन गर्ने तथा चौपाया चराउने काम नगर्न प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?