Comments Add Comment

कृषिमा विदेशी लगानी

List Grid
सांसदको प्रश्न-कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय कानुनसम्मत छ ?

२६ माघ, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले कृषिमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयको कानुनी परीक्षण गर्नु पाने धारणा राखेका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सोमबार भएको छलफलमा बोल्दै सांसदहरुले सरकारले हतासमा कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरेको बताए । छलफलमा बोल्दै समितिका सभापति रामनारायण बिडारीले कानुनी रुपमा सरकारको निर्णय ठीक […]

‘माफियाले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरे’

१४ माघ, काठमाडौं । कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयविरुद्ध कृषिसँग सम्बन्धित झण्डै तीन दर्जन संघ संस्थाहरुले बानेश्वर चोकमा प्रर्दशन गरेका छन् । सरकारी निर्णय लगत्तै संगठित संयुक्त संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनमा सहभागीले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । बिरोध सभामा बोल्दै संघर्ष समितका संयोजक शिवराम केसीले कमिसनको खेलमा […]

कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध संयुक्त संघर्ष समिति घोषणा

११ माघ, काठमाडौं । कृषिकाे प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलित स्वदेशी उद्योगी व्यवसायीले संघर्ष समिति घाेषणा गरेका छन् । चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा कृषि उत्पादनसँग सम्बन्धित १५ वटा सरोकारवाला संघसंस्थाहरुले किसान तथा उमीहरुलाई समेटेर संघर्ष समिति घोषणा गरेका हुन् । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको संयोजकत्वमा बनेको समितिमा […]

कृषिमा विदेशी लगानी नल्याउन किसानसम्बद्ध १८ संघ संगठनको अपील

९ माघ, काठमाडौं । कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय तत्काल फिर्ता लिन किसानसम्बद्ध १८ वटा संघ संस्थाले सरकारलाई आग्रह गरेको छ ।  सरकारी निर्णय नसच्चिए सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने नीति संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्य सम्प्रभुताको व्यवस्था प्रतिकूल भएको समेत उनीहरुको […]

वैदेशिक लगानीले कृषिमा घात गर्छ

कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने सरकारको निर्णयलाई म खेतीपाति माथिको प्रतिगमन मान्छु । नेपालमा यस्तो प्रतिगमन ५० वर्षमा धेरै पटक भएको छ । नेपालको कृषि आधुनिक, व्यवसायिक र विकसित हुनु पर्नेमा यतिका समय यस्तै प्रतिगमनका रोकिएको छ । ५० लाखभन्दा बढी युवा किसान विदेश पलायन हुने कृषि यसैगरी भएको हो । जसका कारण […]

कृषिमा विदेशी लगानी : २६ वर्ष स्वीकार्य, अहिले किन बिरोध ?

मुलुकको अर्थ व्यवस्थालाई सबल, गतिशील एवं प्रतिस्पर्धात्मक बनाउन विदेशी लगानी भित्र्याउन जरुरी भएको भन्दै २०४९ सालमा पहलो पटक विदेशी लगानी एवं प्रविधि हस्तान्तरण ऐन आएको थियो । २०४९ कात्तिक २७ गते लालमोहर लागेको उक्त ऐनको अनुसूची खण्डको दफा ३ को उपदफा ४ मा विदेशी लगानी गर्न स्वीकृति नहुने उद्योगहरुबारे उल्लेख थियो । विदेशी लगानी रोकिएको […]

विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी नभित्र्याउन निजी क्षेत्रको माग

२७ पुस, काठमाडौं । कृषिमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णय निजी क्षेत्रसँगको पारमर्शबिनै आएको भन्दै निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ । निजी क्षेत्रका प्रमुख तीन वटा संस्था नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी भित्र्याउने नीति कार्यन्वयन […]

कृषिमा विदेशी लगानी : साना किसान र उद्यमीलाई पासो

२१ पुस, काठमाडौं । सरकारले ठूला विदेशी लगानी ल्याउन रोक्न नहुने तर्क गर्दै पुस २० गते राजपत्रमा सूचना निकालेर कृषि क्षेत्रमा विदेशी लगानी खुला गरको छ । कस्ता उद्योग भित्रिने अपेक्षामा सरकारले यस्तो कदम चालेको हो भन्ने खुल्न बाँकी छ । तर केही उद्योगीको भनाइ मान्ने हो भने अबको केही समयभित्रै भारतबाट अमूलले दुग्धजन्य र […]