Comments Add Comment

कोभिड १९

List Grid
कोरोनाले थलिएको नेपाली खेलकुद चलायमान बन्दै

१ माघ, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ठप्प बनेको नेपाली खेलकुद क्षेत्र विस्तारै चल्मलाउन थालेको छ । फुटबलदेखि क्रिकेट प्रतियोगिता र अन्य खेलकुद गतिविधिहरू सुचारु हुन थालेका छन् । अहिले राष्ट्रिय फुटबल टिमले एन्फा कम्प्लेक्समा विश्वकप छनोटका लागि प्रशिक्षण गरिरहेको छ । यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडी फिटनेसमा काम गरिरहेका छन् […]

चीनद्वारा नेपालसहितका देशसँग कोरोनालगायत विषयमा संयुक्त छलफल

२५ पुस, काठमाडौं । चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ । यसबाहेक कोरोना महामारीका कारण अवरुद्ध भएको व्यापार र आर्थिक सम्बन्धको बारेमा पनि छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होउ थुनयिङले जनवरी ६ मा […]

‘कोभिड १९ विशिष्ट सम्मान’का लागि आवेदन माग

१७ पुस, काठमाडौं । बारबरा फाउन्डेसन काठमाडौंले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । कोरोना महामारीको समयमा नेपालभित्र जनस्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्तिहरुलाई फाउन्डेसनले ‘कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गर्ने भएको हो । फाउन्डेसनले सम्मान योग्य नेपाली नागरिकलाई मनोनयन दर्ताका लागि आवेदन दिन आह्वान समेत […]

‘विद्यालय क्षेत्रमा कोभिड–१९ सम्बन्धी कार्य नगर्नु’

१ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालनको अनुमती दिएको मन्त्रालयले विद्यार्थी आवतजावतमा बाधा पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो । ‘विद्यालय र विद्यालय परिसर भित्र […]

कोभिडको असर : बैंकहरुको ५ खर्ब लगानी जोखिममा !

२८ कात्तिक, काठमाडौं । तेस्रो त्रैमासदेखि नै लकडाउन शुरु भएकाले राम्ररी कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको गत वर्षको वित्तीय विवरणले भने कोरोनाले ठूलो असर नपरे जस्तो देखिएको थियो । वित्तीय विवरणमा केही बैंकको नाफामा सामान्य गिरावट आएको र केहीको नाफा बढेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक […]

कोभिड–१९ संक्रमणको मनोसामाजिक समस्या

रातको करिब १ः३५ बजेको थियो । कोभिड प्रयोगशालाबाट रिपोर्ट आयो एक वृद्ध दम्पतीलाई कोभिड–१९ पोजिटिभ । हस्याङ्गफस्याङ्ग गर्दै ओछ्यानबाट उठेँ ।  सम्भव भएसम्मको कोभिडका विभिन्न जिम्मेवारीमा रहेर व्यवस्थापन गरिरहनु भएका व्यक्तिहरुलाई फोन गरेर जानकारी गराएँ । तत्कालै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी म र जिल्ला प्रहरी कार्यालयको इन्सपेक्टरको कमाण्डमा केही सुरक्षाकर्मीसहित राति नै उहाँलाई […]

पूर्वमा कोरोना संक्रमितले आईसीयू बेड पाएनन्

२६ असोज, विराटनगर । आइतबार विराटनगर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो । बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला कारागार, मोरङका बन्दी २० वर्षीय युवकलाई कोशी अस्पताल ल्याइयो । […]

भारतमा एकैदिन कोरोनाबाट १२ सयभन्दा बढीको मृत्यु

२६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन एक हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका […]

निक्षेपलाई प्रोत्साहन नगरिए पुँजी बाहिरिने जोखिम हुन्छ

पछिल्लो समय बैंकहरुमा २ खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता देखिएको छ । कोभिड-१९ का कारण कर्जाको माग हुन सकेको छैन । बैंकमा लगानीयोग्य रकम धेरै हुँदा यसको असर निक्षेपको ब्याजदरमा देखिएको छ । पछिल्लो समय बैंकहरुले कर्जाको ब्याजदरसँगै निक्षेपको ब्याजदर पनि घटाएका छन् । पुस मसान्तमा ६.८ प्रतिशत रहेको निक्षेपको ब्याजदर बैशाख मसान्तमा आइपुग्दा ६.४ […]

काठमाडौंले वीरगञ्जबाट के सिक्नुपर्छ ?

१८ साउन, काठमाडौं  । गएका ११ दिनयता कोभिड-१९ को संक्रमणका कारण नेपालमा १२  जनाको मृत्यु भयो,  जसमध्ये ११ जना पर्साका हुन् । साउन १६ गते ललितपुरको पाटन अस्पतालमा मृत्यवरण गरेकी एक संक्रमित महिलाको ट्राभल हिस्ट्री पनि वीरगञ्जसँगै जोडिएको छ । एक समय आइसोलेसन वार्ड भरिएर संक्रमित राख्ने ठाउँ नभएको  नारायणी अस्पताल असारको अन्तिम साता एकाएक […]

कोरोना पुष्टि भए लगतै दुई जना सम्पर्कविहीन

१७ साउन, बुटवल । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका दुई जना सम्पर्कविहीन बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्कविहीन भएका हुन् । शुल्क तिरेर गरिने परीक्षणका लागि उनीहरुले शुक्रबार स्वाब दिएका थिए । पोजेटिभ रिपोर्ट आएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्क बाहिर गएको प्रदेश जनस्वास्थ्य […]

‘सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोभिड–१९ को जोखिम दोब्बर’

१० साउन, काठमाडौं । गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गर्दै सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि कोरोनाको जोखिम समूहमा थिए । सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै डब्ल्यूएचओले भनेको थियो, ‘दीर्घरोगी र  ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य […]

एकैदिन १४५० नेपाली स्वदेश फर्किए

७ असार, काठमाडौं । कारोना भाइरस (कोभिड-१९) संक्रमणको कारण उत्पन्न असहज परिस्थितिका कारण अप्ठ्यारोमा परेका एक शिशुसहित ११५० जना आइतबार नेपाल फर्किएका छन् । कोभिड-१९ संकट व्यवस्थापन सेन्टरका अनुसार यूएईबाट ३३८ जना आएका छन् । उनीहरु दुई वटा फ्लाइटमा आएका हुन् । एउटा फ्लाइटमा १५३ जना र अर्को फ्लाइटमा १८५ जना आएका थिए । यस्तै […]

सरसफाइप्रति अलफ्ट काठमाडौंको प्रतिबद्धता

२६ जेठ, काठमाडौं। अलफ्ट काठमाडौं ठमेलले कोभिड-१९ संक्रमणले बनाएको विषम परिस्थितिमा होटलले पाहुना र सदस्यलाई मध्यनजर गदै अतिरिक्त स्वास्थ्य सुरक्षा र हाइजीन सुरक्षाको नयाँ निर्देशिका अवलम्बन गरेको छ । पाहुना, ग्राहक, सदस्यलगायललाई स्वास्थ्य तथा वातावरण कायम गर्नका लागि होटलले हस्पिटलस्तरको डिसइन्फेक्सन र सरसफाइ निर्देशिका अवलम्बन गरेको हो। मेररयोट इन्टरनेसनलअन्तर्गत वि केयर प्रोग्राम अन्तर्गत विश्व स्वास्थ्य […]

कोरोनाबाट ज्यान गुमाएकी महिला : टोखामा बस्थिन्, डेलिभरी भएपछि मात्र गाउँ लगिएको थियो

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका-९ मा बस्दै आएको पाइएको छ । तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाशप्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् । मृतकका एक जना आफन्तले अनलाइनखबरलाई बताएअनुसार त्यसयता टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर बस्दै […]

पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

२ जेठ, काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने […]

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । १५ लाख […]

काठमाडौं प्रवेश गर्न भनसुन ! पास भिरेर आएकामा भेटियो संक्रमण

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएकी मच्छेगाउँ, काठमाडौंकी महिला सोमबार मात्र निजी सवारीसाधनमार्फत काठमाडौं प्रवेश गरिन् । कञ्चनपुरको वेदकोटकी अवकाश प्राप्त सशस्त्र प्रहरी जवान उनी देवरको व्रतबन्धका लागि घर गएकी थिइन् । फर्किएपछि सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर […]

सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम कति ?

१७ वैशाख, कैलाली । १४ चैतमा दुबईबाट आएका युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धेरैको ध्यान सुदूरपश्चिमतिर तानियो । किनकी काठमाडौं उपत्यकाबाहिर पहिलो पटक कोभिड–१९ को संक्रमण देखिएको थियो । २२ चैतमा दुबईबाट आएका युवकको परिवारको सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यसै दिन सुदूरपश्चिमका […]

वीरगञ्जमा थपिएको भनिएको कोरोना संक्रमित पुरानै

१७ वैशाख, काठमाडौं । वीरगञ्जमा थपिएका भनिएका कोरोना संक्रमित नयाँ नभएको पाइएको छ । आइतबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमित पुष्टि भएर नारायणी अस्पतालमा  उपचाररत ५० वर्षीय पुरुषको पुन: परीक्षणको रिपोर्ट बुधबार पनि पोजेटिभ आएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले त्यसलाई नयाँ केसको रुपमा गणना गरेका थिए । ‌ त्यसै सूचनाका […]

‘घरबेटी पैसा मागेको माग्यै गर्छन्, हामीमा कसैको नजर परेन’

५ वैशाख, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेयता मजदुर सबैभन्दा बढी चर्चाको केन्द्रमा छन् । रोजगारी खोज्दै शहर पसेका उनीहरुले दैनिक मजदुरी गर्न त पाएनन् नै, ठेकदारले पनि बेवारिसे छाडिदिँदा विकल्प खोज्न बाध्य भएका छन् । सरकारले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ, प्रहरीले पनि लकडाउन उल्लंघन […]