Comments Add Comment

कोभिड-१९ योद्धा

List Grid
कोभिड व्यवस्थापनमा अब्बल गंगालाल अस्पताल

१७ पुस, काठमाडौं । कोभिड महामारीमा मुटुरोगीको ज्यान बचाउने अग्रपंक्तिका अस्पतालमध्ये पहिलो नम्बरमा आउँछ– शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । महामारीकालमा यो अस्पतालले अति नाजुक अवस्थाका थुप्रै मुटुरोगीलाई आकस्मिक शल्यक्रिया गरेर असामयिक मृत्युबाट जोगायो । गंगालाल अस्पतालले कोभिड महामारीबीच २८४ जनाको साँघुरिएको मुटुको नशा खोल्यो (प्राइमरी एञ्जिओप्लास्टी) भने ८६३ जनाको एञ्जियोग्राम गर्यो । त्यसैगरी […]

अझ भयावह अवस्था धान्न तयार पार्ने भोगाइ

१७ कात्तिक, काठमाडौं । कोरोना महामारीमा खट्दाको सबभन्दा अप्ठ्यारो क्षण कुन हो ? ‘आफ्नै हजुरबालाई आफैंले आईसीयूमा राखेर उपचार गर्नु पर्दाको अवस्था ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. कृजन महर्जनले अन्य संक्रमितसँगै आफ्ना हजुरबालाई पनि आईसीयूमा उपचार गर्नुप¥यो । घरपरिवारमा संक्रमण नसरोस् भनेर होटल क्वारेन्टिनबाट अस्पताल धाइरहेका अन्य स्वास्थकर्मीहरुको भन्दा फरक रह्यो […]

एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा

१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले भर्ना नलिएर छटपटाइरहेकी छन् । कतै कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या परेको छ । यस्ता अप्ठ्यारा आइपरेका ठाउँमा भेटिन्छन्, नरेश श्रेष्ठ । जनस्वास्थ अधिकृत श्रेष्ठ कर्मचारी समायोजन हुँदा जिल्ला स्वास्थ्य कार्यालय […]

कोरोना संकटमा राष्ट्रिय आविष्कार केन्द्रको भरथेग

१५ कात्तिक, काठमाडौं । नेपालमा गत चैत १० गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै देशव्यापी बन्दाबन्दीको घोषणा भयो । तर, सरकारको पूर्वतयारी निकै कमजोर थियो । यो अवस्थाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई चैनसँग बस्न दिएन । पुनको नेतृत्वमा रहेको केन्द्रले देशमा कोरोना संक्रमितहरुको उपचारमा अत्यावश्यक मेडिकल सामग्रीको अभाव सिर्जना हुने सम्भावना ठम्याएर […]

‘कोरोनाले मलाई जितिसकेको थियो…’

७ कात्तिक, काठमाडौं । होसमा आउँदा उनका वरिपरि डाक्टर र नर्सहरु थिए । उनले आफूलाई वीर अस्पतालकै बेडमा पाए । बेस्सरी टाउको दुखिरहेको थियो । के भइरहेको हो, खुट्याउन सकिरहेका थिएनन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसिएट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरे कोरोना संक्रमित हुनु अगाडिको अवस्था हो । […]

बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

६ कात्तिक, काठमाडौं । साँझ ६ बजेको समय । ह्याम्स अस्पताल, कोठा नम्बर- १४ । डा. रक्षा पाण्डे हस्याङफस्याङ गर्दै आफ्नो कार्यकक्षमा आइपुगिन् । नाक-मुख ‘पी-१००’ मास्कले छोपेको छ । हामी सर्जिकल मास्कमा थियौं । उनले आफ्नो मास्क हटाएर नाकमा बसेको दाग देखाउँदै भनिन्, ‘कतिको त घाउ नै भएको छ, तर रातदिन मास्क नलगाई हुँदैन […]

एम्बुलेन्स चालक समसुल मियाँ, जसले सिंगो पर्सा थामेका छन्

५ कात्तिक, वीरगञ्ज । जगरनाथपुर गाउँपलिकाका समसुल होदा मियाँ (४७) ले एम्बुलेन्स चलाएर दुई श्रीमतीसहित १० जनाको परिवार पालेका थिए । भारतीय ज्वाइँको नाममा निकालेको एम्बुलेन्स उनका निम्ति जिउने सहारा बनेको थियो । मियाँले एम्बुलेन्समै शव पनि बोकिदिएर आपत परेकाहरुलाई सजिलो बनाइदिन्थे । तर, कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि १० चैतमा लकडाउन सुरु भएपछि […]