Comments Add Comment

कोरोनाविरुद्धको खोप

List Grid
दोलखामा ४० वर्षमाथिका सबैलाई आजदेखि खोप

६ असोज, दोलखा। दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षामाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई खोप उपलब्ध […]

विर्तामोड खोप प्रकरण : निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

१६ साउन, विर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य शाखा प्रमुख ओम खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र) विर्तामोड नगर समितिले माग गरेको छ । नेकपा (माओवादी केन्द्र) का विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, […]

कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै, तीन खेपमा खोप ल्याइने

२४ असार, काठमाडौं । कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ साँझ […]

कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका व्यवसायी आन्दोलित

१५ असार,काठमाडौं । कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित भएका छन् । खोप नलगाई व्यापार गर्नसक्ने अवस्था आएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउने तथा आन्दोलनका कार्यक्रमअघि बढाउने निर्णय गरेको संघका […]

नेपालले भारतबाट तत्काल खोप पाउन असम्भव

५ जेठ, काठमाडौं । नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ । भारतले यो वर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर आइरहेका बेला त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले एक विज्ञप्ति जारी गरी अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको […]

चीनमा दैनिक करिब एक करोड ४० लाखले लगाउँछन् कोरोना खोप

४ जेठ, काठमाडौं । चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइरहेको छ । अहिले कोरोना विरुद्ध आफ्ना नागरिकहरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र सबैभन्दा पहिला खोल्ने दाउमा विश्वभर खोप अभियान चलिरहेको छ । यस्तोमा दैनिक खोप लगाउनेको संख्याको आधारमा चीन सबैभन्दा अगाडि देखिएको हो । पछिल्लो […]

सांसदहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

३१ वैशाख, काठमाडौं । संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो । सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरे । सांसद […]

चिनियाँ कम्पनी सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध […]

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि […]

निषेधाज्ञासँगै चिनियाँ खोप लगाउने काम पनि रोकियो

१६ वैशाख, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो । वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय […]

कोरोनाविरुद्धको खोपमा सबैको पहुँच हुनुपर्छ :प्रा. डा. कँडेल

१५ वैशाख, काठमाडौं । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिएको छ । ‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा जारी एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को ७७औँ बैठकमा […]

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

७ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई […]

कोरोनाविरुद्धको दोस्रो डोज भोलिदेखि (खोप लगाउने स्थान र तालिकासहित)

६ वैशाख, काठमाडौं । सरकारले मंगलबारबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार  कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार […]

चीनबाट आइपुग्यो कोरोनाविरुद्धको खोप

१६ चैत, काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् । नेपाल एयरलाइन्सको […]

पत्रकारलाई आजबाट कोरोनाविरुद्धको खोप

२६ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोरोना भाइरस (कोभिड–१९ विरुद्ध)को खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो । आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको […]

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन सुरु

१४ माघ, बुटवल । लुम्बिनी प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले खोप लगाएर अभियान सुरु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीलाई खोपको भाइल दिएर अभियान सुरु गरेका हुन् । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार […]

कोरोनाविरुद्धको खोप लगाउँदै प्रदेश २ का कानुनमन्त्रीले भने– नडराइ खोप लगाऔं

१४ माघ, जनकपुरधाम । कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश २ मा पनि शुरु भएको छ । प्रदेशका ८ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो । अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका छन् । खोप लगाएका मन्त्री यादव कोरोना पोजेटिभसमेत […]

बागमती प्रदेशका १३ वटै जिल्लामा कोरोना खोप अभियान सुरु

१४ माघ, हेटौंडा । बागमती प्रदेशका १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री पौडेलको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले पहिलो […]

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री ओली

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना […]

कोरोना खोप लगाएकाले भने– खोप सुरक्षित छ, सबैले निश्चिन्त भएर लगाउनुस्

१४ माघ, काठमाडौं । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाए । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताए […]

टेकुमा ८० वर्षीय व्यक्तिले लगाए कोरोना खोप

१४ माघ, काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् । सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइएको छ । भारत […]