Comments Add Comment

कोरोना खाोप

List Grid
खोप अभावमा काठमाडौंमा रोकियो खोप कार्यक्रम

२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान दुई दिन अगाडि नै रोकिएको छ । सरकारले खोप उपलब्ध गराउन नसकिने जानकारी गराएका कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले अनलाइनखबरलाई जानकारी दिए । काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान […]

खेल क्षेत्रलाई पनि कोरोना खोपको प्राथमिकतामा राखेका छौं : स्वास्थ्यमन्त्री तामाङ

२६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताएका छन् । बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने भन्दै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताए । […]

थोरै भएको भन्दै गोरखाका स्थानीय तहले लैजान मानेनन् कोरोना खोप

२५ जेठ, गोरखा । ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभर मंगलबारदेखि कोरोना भाइरसको खोप अभियान सुरु भए पनि गोरखाको एउटा स्थानीय तहमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मागको आधारमा ज्यादै कम मात्र खोप दिइएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयबाट खोप बुझ्नै अस्वीकार गरेका छन् । संकलित तथ्यांकको ५० […]

कहाँ गयो कोरोना खोपको दुई अर्ब डोज ?

२३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध विश्वभर दुई अर्ब डोजभन्दा धेरै खोप बनिसकेको छ । महामारी नियन्त्रणका लागि कोसेढुंगा मानिएको खोपको वितरण विश्वमा कसरी भइरहेको छ भन्ने अहिले मुख्य चासोको विषय बनेको छ । महामारी नियन्त्रणमा अर्को खुशीको समाचार के छ भने यस वर्षको अन्तिमसम्ममा विश्वभरका पाँच अर्ब ८० करोड जनसंख्यालाई पूरा डोज […]

सरकारसँग वीरगञ्जले माग्यो एक लाख डोज खोप

१९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरकारसँग १ लाख डोज खोप उपलब्ध गराउन माग गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्राचार गर्दै १ लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् । ‘वीरगञ्ज र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षाको लागि वीरगञ्ज क्षेत्रलाई लक्षित गरी तत्काल एक […]