Comments Add Comment

गोंगबु हत्या प्रकरण

List Grid
प्रहरीको प्रिय कुकुर जोजो : जसले गोंगबु हत्या प्रकरण सुल्झाउन सघायो

२९ कात्तिक, काठमाडौं । कोरोना महामारीको प्रतिकार्यमा देश होमिइरहेका बेला २५ साउनमा राजधानीमा एउटा घटना भयो, जसले अधिकांशको मथिंगल हल्लाइदियो । गोंगबुको गणेशस्थान नजिक सुटकेशमा टाउको नभएको शव भेटिएपछि प्रहरीसमेत झस्किएको थियो । शवको सनाखत नभई अनुसन्धान अघि बढाउन असम्भव जस्तै थियो । त्यसका लागि कुनै सुराक नभेटिइरहेका बेला प्रहरीले केन्द्रीय कुकुर विद्यालयबाट जोजो नामक […]

कल्पनाको साबिती वयान : फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरें

२७ साउन, काठमाडौं । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी […]

गोंगबु प्रकरण : स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि घाँटी थिचेर हत्या

२७ साउन, काठमाडौं । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल)लाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । ज्ञवालीले पत्रकार सम्मेलनमा […]

गोंगबु प्रकरण : महिला भेट्न निस्किएकै दिन हत्या !

२६ साउन, काठमाडौं । गोंगबुमा सुटकेशमा भेटिएको शवको अनुसन्धानमा प्रहरीले छोटो समयमै सफलता हात पारेको छ । प्रहरीले मृतकको पहिचान गर्नुका साथै हत्यामा संलग्न भएको आशंकामा एक महिलालाई चितवनबाट पक्राउ गरेको छ । आइतबार सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भएको झोला […]

गोंगबु हत्या प्रकरणमा एकजना पक्राउ

२६ साउन, काठमाडौं । गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी […]

सुटकेश भेटिएको स्थान नजिकैको घरबाट ल्याइएको थियो शव

२६ साउन, काठमाडौं । आइतबार गोंगबुमा सुटकेश र झोलामा फेला पारिएको शव ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ । शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार टाउको र खुट्टाविनाको शव रहेको सुटकेश भेटिएको स्थानबाट ५० मिटरको दुरीमा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको खुलेको […]