Comments Add Comment

चिकित्सा शिक्षा विधेयक

List Grid
कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोध गर्नु औचित्यहीन : महरा

२० माघ, दाङ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसलगायत पार्टीले गरिरहेको विरोध औचित्यहीन भएको बताएका छन् । सभामुखले संसदमा तटस्थ भूमिका खेल्न नसकेको आरोप प्रतिपक्ष दल कांग्रेसबाट लागिरहेका बेला महराले संसद्ले प्रक्रिया पुर्याएर विधेयक पारित गरेकाले यसलाई आन्दोलनको विषय नबनाउन आग्रह गरे । ‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको […]

चिकित्सा शिक्षा विधेयकमा कांग्रेसद्वारा संशोधन दर्ता

१७ माघ, काठमाडौं । राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसले दुईवटा संशोधन दर्ता गरेको छ । कांग्रेस सांसद राधेश्याम अधिकारीले बिहीबार संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ । यस्तै कांग्रेसकै सरिता प्रसाईं, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले विधेयकमा संयुक्त रुपमा छुट्टै संशोधन दर्ता गरेका हुन । सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी […]

चिकित्सा विधेयकमा संशोधनबारे कांग्रेसमा अन्योल

१७ माघ, काठमाडौं । राष्ट्रियसभामा पुगेको चिकित्सा शिक्षा विधेयकमा छुट्टै संशोधन हाल्ने की राष्ट्रिय जनता पार्टी (राजपा) कै संशोधन प्रस्तावलाई समर्थन गर्ने भन्नेमा कांग्रेसभित्र छलफल चलिरहेको छ । सरकारलाई समर्थन गरेको राजपाका राष्ट्रियसभाका सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् । कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे लालकै संशोधनलाई समर्थन गर्ने की छुट्टै संशोधन […]

डा. केसीको अनसनको मध्यमार्गी समाधान के हो ?

म वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा सहप्राध्यापक पदमा कार्यरत छु । डा. केसीको सत्याग्रहको अभियानमा सक्रिय समर्थन गर्दै आएको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी, धरानको संस्थापक अध्यक्ष हुनुका साथै म हालै डा. केसीसँगको सम्झौताअनुरुप नेपाल सरकारद्वारा गठित ‘विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस गर्न गठित समिति’ को सदस्यका रूपमा कार्यरत छु । तथापि, यस […]

डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

११ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो विश्लेषण हो’ उनका सहयोगी […]

डा. केसीलाई संसदको तागतको इतिहास पढ्न भट्टराईको आग्रह

१० माघ, काठमाडौं। नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसीले संसदको तागत र गरिमा बुझ्न नसकेको भट्टराईले आरोप लगाए। बिहीबार महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ‘चिकित्सा शिक्षा विधेयक’ विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले केसीलाई विश्वभरका संसदको इतिहास […]

‘चिकित्सा शिक्षा विधेयक जनपक्षीय, संसदले स्टेप लिन्छ’

९ माघ, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय भएको बताएकी छन् । उनले यसबारे केही भ्रम पैदा गरिएको बताइन् । निजी प्राविधिक शिक्षालय, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र सीटीईभीर्ट कर्मचारी संगठनको ज्ञापनपत्र बुधबार बुझ्दै घर्तीले सातवटै प्रदेशका विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनेर चिकित्सा […]

शिक्षा आयोगको सिफारिसविपरीत चिकित्सा शिक्षा विधेयक !

८ पुस, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक तयार पारेको भन्दै डा. गोविन्द केसी १२ दिनदेखि अनसनरत छन् । समितिको प्रतिवेदन डा. केसीसँग भएको सहमति मात्र होइन, उच्चस्तरीय शिक्षा आयोगले सिफारिसविपरीत भएको पाइएको छ । शिक्षामन्त्रीकै नेतृत्वमा रहेको आयोगले हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएको […]

सरकारले विश्वास गुमायो, अब मुलुक चलाउन सक्दैनः बालकृष्ण खाँण

७ माघ, काठमाडौं । आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सरकारको दाबी छ कि डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन । तर, केसीले भने विगतमा सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित विधेयक ल्याइएको बताउँदै आएका […]

सरकारले विश्वास गुमायो, अब मुलुक चलाउन सक्दैन

७ माघ, काठमाडौं । आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सरकारको दाबी छ कि डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन । तर, केसीले भने विगतमा सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित विधेयक ल्याइएको बताउँदै आएका […]

डा. केसी समर्थकको प्रश्नः सरकार जनताको कि माफियाको ?

५ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीहरुले ‘सरकार जनताको हो कि माफियाको ?’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायव भयो ?’ ‘माफिया मुखी ऐन चाहिँदैन’ जस्तो नारा लेखिएको प्ले कार्ड […]

चिकित्सा शिक्षा विधेयकमा योगेश भर्सेस गगन

२५ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । नेकपा सांसदहरुले बहुमतका आधारमा पास गरेको प्रतिवेदनमा कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । त्यसअघि डा. गोविन्द केसीसँग छलफल गरेर सहमति जुटाउने जिम्मा पाएका दुई नेता नै दुई किनारामा उभिए । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापा र […]

तयार भएन चिकित्सा शिक्षा विधेयक : नेकपा र कांग्रेसको मत बाझियो

१७ पुस, काठमाडौं । सरकार र प्रमुख विपक्षी दलबीच सहमति जुट्न नसकेपछि शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार पनि चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन सकेन । विधेयकलाई तत्काल अन्तिम रुप नदिए कुनै पनि बेला अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी छ । तर, उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने र सीटीईभीटीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र […]

नेकपा र कांग्रेसको मत बाझियो, चिकित्सा शिक्षा विधेयक अझै तयार भएन

१७ पुस, काठमाडौं । सरकार र प्रमुख विपक्षी दलबीच सहमति जुट्न नसकेपछि शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार पनि चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन सकेन । विधेयकलाई तत्काल अन्तिम रुप नदिए कुनै पनि बेला अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी छ । तर, उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने र सीटीईभीटीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र […]

योगेशलाई डा. केसीको जवाफः मेरो सहमतिले रातारात सम्बन्धन फुत्काउन खोज्नेलाई मात्र छेक्छ

१६ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकार र आफूबीच भएको सहमतिले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नसक्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य एवं नेकपाका सांसद योगेश भट्टराईले सार्वजनिक सम्वादमार्फत उठाएका प्रश्नको केसीले विज्ञप्तिमार्फत जवाफ दिएका हुन् । शिक्षा समितिले थप छलफल गर्न चाहेपछि डा. केसीले आवश्यक नभएको जवाफ […]

विधेयकमा चलखेल गरे अनसन बस्ने डा. केसीको चेतावनी

११ पुस, काठमाडौ । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति विपरित संसदीय समितिमा चलखेल भएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन् । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन अघि डा. केसीसँग छलफल गर्न चाहेको थियो । तर, उनले थप छलफल आवश्यक नभएको जवाफ दिएका छन् । साथै […]

एउटा विश्वविद्यालयबाटै पाँच बढी मेडिकल कलेजलाई सम्बन्धन !

९ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले डा. गोविन्द केसीसँग भएको सहमति विपरित एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने व्यवस्थासहित प्रतिवेदन तयार पारेको छ । तर, विपक्षी कांग्रेसले डा. केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने अडान राखेपछि समितिले सोमबार प्रतिवेदनलाई अन्तिम रुप दिन सकेन । सरकारले डा. […]

चिकित्सा विधेयकमा सहमति जुटेन, उपसमितिको प्रतिवेदनै गुपचुप

९ पुस, काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अडानका कारण राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा हुनै लागेको सहमति रोकिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका कार्यक्रमलाई आगामी ५ वर्षभित्र फेजआउट गर्ने र एउटा विश्वविद्यालयले ५ भन्दा बढी शिक्षणसंस्थालाई सम्बन्धन दिन नसक्ने प्रावधानमा पुनर्विचार गर्नुपर्ने मन्त्री पोखरेलको अडानका कारण सोमबार शिक्षा स्वास्थ्य […]

चिकित्सा शिक्षा विधेयकमा छलफल हुन सकेन, उपसमितिको बैठक कोरम नपुगेर स्थगित

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न भनेर बोलाइएको शिक्षा स्वास्थ्य उपसमितिको बैठक गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । बैठक आगामी मंसिर २ गतेसम्म स्थगित भएको हो । बिहीबार बिहान १०:२० बजे उपसमितिको बैठक बोलाइएको थियो । ११ बजेसम्म पर्याप्त सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ । […]