Comments Add Comment

छाङरु

List Grid
दार्चुलाको छाङरुमा टेलिकमको टावर निर्माण शुरु   

२५ कात्तिक, दार्चुला । दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्रुमा टेलिकमले नमस्ते मोवाइल सेवाको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ र हेलिकप्टरमार्फत टावरका समान ढुवानी गर्न थालिएको छ । छाङरु गाउँको […]

घाँटीबगरमा सेनाले बनायो गोरेटो, छाङरुवासीलाई सदरमुकाम आउन सहज

१९ असोज, काठमाडौं । नेपाली सेनाले दार्चुलाको ब्यास गाउँपालिका-२, घाँटीबगर क्षेत्रमा गोरेटो बाटोको निर्माण कार्य सकेको छ । योसँगै जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने समस्या टरेको छ । यसअघि सदरमुकाम जान छाङरुवासीले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । नेपाल-भारत सीमा विवाद भएपछि भारतीय पक्षले त्यसमा पनि अवरोध गर्दै आएको थियो […]

सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

१० असोज, दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या […]

सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए […]

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

९ साउन, काठमाडौं । भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए । नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले अनलाइनखबरलाई टेलिफोनमा जानकारी दिए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन […]

छाङरुका नागरिकका लागि सेनाले घाँटीबगरमा २५० मिटर ट्याक खोल्यो

६ साउन, काठमाडौं । दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण नेपाली सेनाले सर्वसाधारणका लागि ट्याक खोल्ने कार्य गरिरहेको छ । भौगोलिक रुपमा विकट घाँटीबगर–तिंकर सडकखण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो । छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा […]

छाङरु पुगेर फर्किए प्रधानसेनापति र सशस्त्रका आईजीपी

३ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल कालापानी नजिकै रहेको छाङरुमा पुगेर फर्किएका छन् । छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गरेर थापा र खनाल धनगढी फर्किएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार त्यहाँ गएका थिए । छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा […]

खुशी व्यक्त गर्न सक्दैनन् छाङरु र तिङ्करका वासिन्दा

१० जेठ, डोटी । ‘हाम्रो उठबस सबै उतैतिर हुन्छ । अहिले नै केही भन्यो भने भोलि गाह्रो हुन्छ, नुन खान पनि पाइदैन । त्यसैले यस बारेमा मलाई नसोध्नुहोस् ।’ नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्साको बिषयमा जिज्ञासा राख्दा दार्चुला जिल्ला ब्यास गाउँपालिका-१ का एक स्थानीयले दिएको प्रतिक्रिया हो यो । सरकारले यसअघिको नक्सामा छुटेका लिम्पियाधुरा, […]

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु

९ जेठ, काठमाडौं । दार्चुलाको छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) निर्माणका लागि सशस्त्र प्रहरी बलले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो । यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको […]

प्रहरीचौकी भएकै गाउँमा बीओपी ! स्थानीय भन्छन्– छाङरुमा हाेइन, कौवामा राखौं

८ जेठ, काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक बनाएको विषयमा विरोध भइरहँदा नेपालले व्याँस–१, छाङरुमा राखेको बोर्डर आउट पोस्ट (बीओपी) को व्यापक चर्चा भयो । जब कि, त्यहाँ पहिल्यैदेखि नेपाल प्रहरीको चौकी छ । पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल त्यस क्षेत्रमा २०३० को दशकदेखि नै नेपालको उपस्थिति रहेको बताउँछन् । सीतापुल र […]

छाङरु पुग्यो सेनाको फौज पनि

२ जेठ, काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आलोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो । यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको […]