Comments Add Comment

टोकियो ओलम्पिक

List Grid
ओलम्पिकमा स्वर्ण पदक जित्न भारतले खेलाडीमाथि गर्‍यो ७ करोड खर्च

२८ साउन, काठमाडौं । भारतले ओलम्पिकमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जितेको छ । केही दिनअघि जापानमा सम्पन्न टोकियो ओलम्पिक २०२० मा भारतीय खेलाडी निरज चोपडाले ज्याभलिन थ्रोमा स्वर्ण जित्दै १३ वर्षपछि भारतलाई व्यक्तिगततर्फ स्वर्ण पदक दिलाए । यस पटक भारतले ऐतिहासिक स्वर्णसहित कुल ७ पदक जित्यो । जुन एकै ओलम्पिकमा भारतले जितेको यो सर्वाधिक […]

पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, अमेरिका शीर्ष स्थानमा

२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]

टोकियो ओलम्पिक : केन्याका किपचोगेले जिते म्याराथनमा स्वर्ण

२४ साउन, काठमाडौं । केन्याली धावक एलिउड किपचोगेले जापानमा भइरहेको टोकियो म्याराथनमा स्वर्ण जितेका छन् । ३२औं गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनमा किपचोगेले स्वर्ण जित्दै ओलम्पिक स्वर्ण रक्षा गरेका हुन् । उनले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए । विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ […]

टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबलमा लगातार दोस्रो स्वर्ण

२४ साउन, काठमाडौं । माल्कोमको निर्णायक गोलमा स्पेनलाई पराजित गर्दै ब्राजिलले जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको हो । ब्राजिललाई जित दिलाउन म्याथुएस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल […]

क्यानडाले जित्यो महिला फुटबलमा स्वर्ण

२३ साउन, काठमाडौं । क्यानडाले जापानमा भइरहेको टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ । शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्यानडाले पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० किनेटको अतिरिक्त समयमा पनि १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो […]

टोकियो ओलम्पिक : मेक्सिकोले जित्यो पुरुष फुटबलमा कास्य

२२ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलतर्फको कास्य पदक मेक्सिकोले जितेको छ । तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा मेक्सिकोको ओलम्पिक टिमले जापानको ओलम्पिक टिमलाई ३-१ गोलले पराजित गरेको हो । सन् २०१२ मा लण्डन ओलम्पिकमा स्वर्ण जितेको मेक्सिको यस पटक सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । घरेलु टोली जापान भने स्पेनसँग […]

टोकियो ओलम्पिक : पुरुष हकीमा भारतले जित्यो ऐतिहासिक पदक

२१ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कांस्य पदक जितेको छ । जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो । ४१ वर्षपछि पदक जित्नु ऐतिहासिक भन्दै भारतीयहरुले […]

टोकियो ओलम्पिक : हाइजम्पमा दुई जनालाई स्वर्ण

१८ साउन, काठमाडौं । खेलमा जित हार मात्र होइन भावना पनि उत्तिकै जोडिएको हुन्छ । जापानमा भइरहेको टोकियो ओलम्पिमा पुरुष हाई जम्पतर्फ एक खेलाडीले मात्र नभई दुइ खेलाडीले स्वर्ण जिते । खासमा उनीहरुले स्वर्ण बाँडेका थिए । कतारका मुताज एसा बार्शिम र इटालीका जियानमार्को ताम्बेरीले स्वर्ण पदक जितेका हुन् । बेलारुसमा माक्सिक नेदासेकाउले कांस्य जिते […]

अमेरिकन पौडीबाज ड्रेसलले जिते टोकियो ओलम्पिकमा पाँचौ स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका छन् । उनले आइतबार बिहान भएको चार गुणा १०० मिटर मिडले रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले पनि स्वर्ण संख्या थपे । ड्रेसले बटरफ्लाई लेग स्विम गरेका थिए । ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट […]

टोकियो ओलम्पिकमा ७ पदक जित्दै अष्ट्रेलियन एम्मा म्याककेओनले बराबरी गरिन् कीर्तिमान

१७ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अष्ट्रेलियन स्वीमर एम्मा म्याकेओनले चार स्वर्णसहित सात पदक जितेर सन् १९५२ को हेलसिन्की ओलम्पिकमा सोभियन युनियनकी जिम्न्यास्ट मारिया गोरोखोभ्स्काले बनाएको कीर्तिमान बराबरी गरेकी छन् । एम्माले एकै ओलम्पिकमा सर्वाधिक पदक जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गरेकी हुन् । एम्माले टोकियोमा सातौं पटक आइतबार चार गुणा १०० मिटर […]

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज ड्रेसलले जिते चौथो स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान सहित स्वर्ण जितेका छन् । टोकियोमा उनको स्वर्ण संख्या चार पुगेको छ । आइतबार बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । उनले ब्राजिलका सेलार सेइलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडे । […]

थोम्पसन हेराले तोडिन् १०० मिटर दौडमा ३३ वर्ष पुरानो कीर्तिमान

१६ साउन, काठमाडौं । जमैकाकी एलाइन थोम्पसन हेराले ३३ वर्ष पुरानो कीर्तिमान तोड्दै टोकियो ओलम्पिक २०२० मा महिला १०० मिटर दौडमा स्वर्ण जितेकी छिन् । यस इभेन्टमा जमैकाकी खेलाडीले पदकमा क्लिन स्वीप गर्दा सेली अन फ्रेसर प्रायसले रजत र सेरिका ज्याक्सनले कास्य जितिन् । २०१६ मा रियोमा समेत १०० मिटरमा स्वर्ण जितेकी थोम्पसनले लगातार दोस्रो […]

ओलम्पिक फुटबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा

१५ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा महिला फुटबलतर्फ सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलपछि स्वीडेन, क्यानडा, अष्ट्रेलिया र अमेरिका सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा स्वीडेनले अष्ट्रेलियासँग तथा क्यानडाले अमेरिकासँग खेल्नेछन् । समूह चरणमा स्वीडेन र अष्ट्रेलिया भिड्दा स्वीडेन ४–२ गोलले विजयी भएको थियो । शुक्रबार भएको […]

जोकोभिच सेमिफाइनलमा पराजित, गोल्डेन स्लाम जित्ने सपना सकियो

१५ साउन, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना सकिएको छ । जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत पुरुष सिंगल्स सेमिफाइनलमा सर्वियाका जोकोभिच जर्मनीका अलेक्जान्डर जेभरेभसँग पराजित हुँदै बाहिरिएका छन् । यस वर्षको तीनवटै ग्राण्डस्लाम जितेका जोकोभिचले अन्तिम वर्षको सबै चार ग्राण्डस्लाम जितेका जोकोभिच र ओलम्पिक जित्दै गोल्डेन स्लाम बनाउने […]

ओलम्पिक फुटबल : ब्राजिल समूह विजेता, जर्मनी बाहिरियो

१३ साउन, काठमाडौं । साविक विजेता ब्राजिल जापानमा भइरहेको टोकियो ओलम्पिकको पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जितेको थियो । त्यतिबेला रजत जितेको जर्मनी भने यस पटक समूह चरणबाटै बाहिरिएको छ । समूह डी अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल […]

ओलम्पिकमा चारपटक स्वर्ण जितिसकेकी सिमोन बाइल्सले अल अराउण्ड फाइनल नखेल्ने

१३ साउन, काठमाडौं । ओलम्पिकमा चारपटक स्वर्ण पदक जितिसकेकी अमेरिकी जिमन्यास्ट सिमोन बाइल्सले आगामी बिहीबारको अल अराउण्ड फाइनल नखेल्ने भएकी छिन् । उनले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान केन्द्रित गर्नका लागि फाइनल नखेल्ने निर्णय गरेको उनले बताएकी छन् । अमेरिकाको ओलम्पिक टोलीका प्रमुख र उनका साथीहरुले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने उनको निर्णयको प्रशंसा गरेका छन् । […]

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

१३ साउन, काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

टोकियो ओलम्पिक : मोरक्कोका खेलाडीले गरे प्रतिस्पर्धीको कान टोक्ने प्रयास

१२ साउन, काठमाडौं । जापानमा जारी ओलम्पिकमा मंगलबारको खेलमा एक फरक दृश्य देखियो । बक्सिङतर्फको खेलमा मोरक्को र न्युजिल्याण्डका खेलाडीबीच प्रतिस्पर्धा चलिरहेको थियो । स्पर्धाको दुई राउण्डमा दुई पटकको कमनवेल्थ गेम्समा स्वर्णपदक जितिसकेका न्युजिल्याण्डका बक्सर डेभिड न्यिका अगाडि देखिएका थिए । साथै उनले प्रतिस्पर्धी मोरक्कोका युनिस बालामाथि निरन्तर दबाब बनाइरहेका थिए । यद्यपि तेस्रो राउण्डमा […]

कुवेतका ५७ वर्षीय अब्दुल्लाह अल रसिदीले जिते ओलम्पिक पदक

१२ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा कुवेतका ५७ वर्षीय अब्दुल्लाह अल रसिदीले कास्यपदक हात पारेका छन् । उनले पुरुषतर्फको सुटिङमा पदक जितेका हुन् । सोमबारको फाइनल खेलमा उनले ४६ अंक हात पारेका थिए । उक्त स्पर्धामा अमेरिकी खेलाडी भिन्सेन्ट हान्ककले ५९ अंक हात पार्दै स्वर्णपदक जिते भने डेनमार्कका जेसपर हान्सेनले ५५ अंक हात पार्दै रजत […]

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो […]

टोकियो ओलम्पिक : जापानी टेनिस खेलाडी ओसाका तेस्रो चरणबाटै बाहिरिइन्

१२ साउन, काठमाडौ । जापानी टेनिस खेलाडी नाओसी ओसाका टोकियो ओलम्पिक २०२० मा तेस्रो चरणबाटै बाहिरिएकी छिन् । टोकियोस्थित एरिउके टेनिस पार्कमा भएको महिला एकलतर्फको खेलमा चेक रिपब्लिककी मार्केटा भोन्ड्रोउसोभासँग सोझो सेटमा स्तब्ध हुँदै ओसाका बाहिरिइन् । मार्केटाले टोकियो ओलम्पिकमा दोस्रो वरीयता प्राप्त ओसाकालाई ६-१, ६-४ ले सहजै पराजित गरिन् । ओलम्पिक उद्घाटनमा ओलम्पिक फ्लेम […]