Comments Add Comment

डा. खिमलाल देवकोटा

List Grid
दुर्भाग्य ! संविधान पुस्तिकामा चुच्चे नक्सा छैन : डा. देवकोटा

२१ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारले पुरानै नक्सा प्रचलनमा कायमै राखेको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकमा पहिलो पटक बोलेका देवकोटाले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा, जुन चुच्चे नक्साका रुपले पनि चर्चित छ, त्यसको प्रयोगमा जोड दिएका हुन् । राष्ट्रियसभा अध्यक्षले आफूलाई सपथ […]

चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा

९ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताएका छन् । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उनले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा देवकोटाले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक […]

जितपछि खिमलालले भने : इतिहास रचें, प्रदेश र स्थानीय तहको आवाज उठाउँछु

६ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताएका छन् । विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले भने ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, संसारमा पनि शयद पाइँदैन ।’ उनले […]

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, बादल र देवकोटा हेटौंडामा

५ जेठ, हेटौंडा । बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि […]

मेरो उम्मेदवारीमा पुनर्विचार हुँदैन : खिमलाल देवकोटा

३१ वैशाख, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीमा पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय भएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा उम्मेदवारी दिएका उनले बिहीबार एमाले अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच सकारात्मक छलफल भए पनि आफ्नो उम्मेदवारी […]

राष्ट्रियसभाको उपनिर्वाचनमा डा. देवकोटाले मागे कलम चुनाव चिह्न

२४ वैशाख, हेटौंडा । माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्‍मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्‍मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरकेा हुन् । उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र […]

‘अब कानूनमै स्थानीय तहले चन्दा दिन नपाउने व्यवस्था गर्नुपर्छ’

धेरै स्थानीय तहमा वित्तीय अनुशासन र सुशासनको पक्ष कमजोर छ । यसबारे विवेचना गर्नुअघि कानूनीपक्ष हेर्नुपर्छ । हाम्रो संविधानले स्थानीय तहलाई राज्यशक्तिको अधिकार दिएको छ । राज्यशक्ति भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितको अधिकार हो । त्यसकै आधारमा हामीले गाउँ–गाउँमा सिंहदरबार पुगेको भनेका हौं । संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहअस्तित्व, सहकार्य र समन्वयका […]

फुटाउने भए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फुटाऔं

अहिले मन्त्रालयको संख्या बढाउने चर्चा सुुरु भएको छ । यो चर्चासँगै केही मन्त्रालय थप्ने गृहकार्य पनि सुरु भएको समाचार आएको छ । विगतमा ५० जनाभन्दा पनि बढी मन्त्री बनाइएको तीतो यथार्थ हामीसँग छ । लहडका आधारमा मन्त्रालयको संख्या फोर्ने, मन्त्रीहरू थप्ने, मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा सही गर्ने जस्ता असंसदीय र विकृत रूप हिजोको […]

‘प्रदेश सरकारसँग खाली कागज छ, जे लेखे पनि हुन्छ’

संघीयता कार्यान्वयनमा आइसकेको छ, तर प्रदेश सरकारहरु रणभुल्लमा छन् । ऐन-कानुन, बजेटदेखि भौतिक पूर्वाधार समेत नभएको गुनासो मुख्यमन्त्रीहरुले गरिरहेका छन् । केन्द्रबाट पर्याप्त र दक्ष कर्मचारीहरु प्रदेशमा उपलब्ध नभएको पनि उनीहरुको गुनासो छ । यस्तो अवस्थामा प्रदेश सरकारले कसरी काम गर्न सक्छन् ? केन्द्र सरकारले असहयोग गरे के गर्ने ? स्थानीय शासनका विज्ञ खिमलाल देवकोटासँग […]