Comments Add Comment

त्रिकोणात्मक सिरिज

List Grid
करणको आक्रामक ब्याटिङमा नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

९ वैशाख, काठमाडौं । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो । करणले […]

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज मलेसियासँग खेल्दै

९ वैशाख, काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् । त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर […]

कुशलको लगातार तेस्रो अर्धशतकको कीर्तिमान

७ वैशाख काठमाडौं । नेपाली क्रिकेटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतकको कीर्तिमान बनाएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका हुन् । यद्यपि नेपाल ३ विकेटले पराजित भयो । उनले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ […]

जितपछि नेदरल्याण्डसका कप्तानले भने : शतक हेर्न मज्जा आयो

५ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमै घरेलु टोली नेपालसंग ९ विकेटले पराजित भएपछि नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले नेपालले डच टोलीलाई क्रिकेटको पाठ पढाएको प्रतिक्रिया दिएका थिए । पहिलो पटक नेपालमा खेलेको डच टोलीले घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली टोलीसँग खेल्दा सोचेअनुरुप प्रदर्शन गर्न सकेन । पहिलो पटक सिरिज खेलेका दुई खेलाडी […]

कुशल र आसिफको कीर्तिमानी ब्याटिङमा नेपालको शानदार जित

४ वैशाख, काठमाडौं । ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा सुखद सुरुवात गरेको छ । टी-२० अन्तराष्ट्रियमको डेब्यूमै कुशल र आसिफले अर्धशतकका साथै पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाउँदा नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १३७ रनको लक्ष्य […]