Comments Add Comment

दिपकराज गिरी

List Grid
दिपकराजको गुनासो–‘झुर फिल्म’ भन्दा चित्त दुख्छ’

सामाजिक संजालमा सर्वाधिक धेरै गाली खाने कलाकारमा पर्छन्, दिपकराज गिरी । दिपकराज गिरीले ‘गुड मर्निङ’ भनेर मात्र लेखे भनेपनि उनको स्टाटसमा गालीको बर्षात हुन्छ । दिपकराजले सामाजिक संजालमा यसरी धेरै खाली खान थालेको ‘छक्का पन्जा २’ युटुबमा रिलिज नगरेपछि हो । उनले जे लेखेपनि कमेन्टमा ‘छक्का पन्जा २’ कहिले रिलिज हुन्छ भनेर प्रश्न सोध्ने र […]

‘छ माया छपक्कै’मा भित्रिइन् सुपुष्पा

यतिबेला सिन्धुलीमा चलचित्र ‘छ माया छपक्कै’को छायांकन धमाधम भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका केकी अधिकारीलाई मात्र यसको निर्माणपक्षले मुख्य नायिकाको रुपमा सार्वजनिक गरेको थियो । तर, चलचित्रको छायांकन चलिरहँदा अर्की एक नायिकाको पनि चलचित्रमा इन्ट्री भएको छ । चलचित्र ‘रणवीर’मा काम गरेर चर्चा पाएकी नायिका सुपुष्पा भट्ट अब यो चलचित्रमा भित्रिएकी छिन् । […]

दीपक भन्छन्–‘रेटिङ होइन, फिल्मले २०–२५ करोड कमाउनुपर्यो’

निर्माता तथा कलाकार दिपकराज गिरीले कमेडी चलचित्रलाई दोश्रो दर्जाको मानिने गरिएको भन्दै समिक्षकसँग असन्तुष्टी पोखेका छन् । चलचित्र ‘छ माया छपक्कै’को कार्यक्रममा बोल्दै दिपकले भने–‘विदेशमा कमेडी चलचित्रले पनि ४ रेटिङ पाउँछन् । तर, नेपालमा २ भन्दा माथि कहिले उकालो लाग्दैन ।’ दिपकका अनुसार, कमेडी चलचित्रले समाजको गम्भिर कथालाई हाँस्यरसको माध्यमबाट भन्न सक्ने बताए । अरु, […]

दिपक–दीपाको टिमलाई ६० प्रतिशत दिन किन तयार छन् निर्माता ?

लगातार ५ वटा चलचित्र सुपरहिट दिएपछि आमा सरस्वती मुभिजको टिमलाई निर्माता र दर्शकले विश्वास गर्न थालेका छन् । ‘छक्का पन्जा’ सिरिजको ब्ल्कबस्टर व्यापारपछि अहिले कलाकार दिपकराज गिरी र उनको टिमलाई आफैले लगानी नै गर्नुनपर्ने अवस्था सिर्जना हुन थालेको छ । यसको सुरुवात निर्माता रोहित अधिकारीले गरिसकेका छन् । रोहितको एकल लगानीमा बन्न लागेको नयाँ चलचित्र […]

दिपकराज र रोहितको फिल्मको नाम ‘छ माया छपक्कै’

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम तय गरिएको छ । वैशाखबाट छायांकनमा जान लागेको यो चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ । चलचित्र विकास बोर्डमा नाम दर्ता भएसँगै नाम सार्वजनिक गरिएको हो । अन्य केही टाइटलमा समेत काम गरिताएपनि यो नाम नै राम्रो लागेकाले फाइनल गरिएकोे […]

यी हुन् बर्षका ‘उत्कृष्ट ५ नायक’

यो बर्ष ९६ वटा चलचित्र रिलिज भएका छन् । जसमा केही कलाकारका आधा दर्जन चलचित्र रिलिज भए भने केही कलाकारको एउटा मात्र चलचित्र रिलिज भए । अनलाइनखबरले विगत केही बर्षदेखि नेपाली चलचित्रको बर्ष समिक्षामा ‘उत्कृष्ट नायक’ छनोट गर्दै आएको छ । यो बर्ष पनि ‘अनलाइनखबर उत्कृष्ट नायक’ अन्र्तगत रहेर उत्कृष्ट ५ को छनोट गरिएको छ […]

देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छः दिपकराज गिरी

समसामयिक विषयहरुमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने कलाकार हुन् दिपकराज गिरी । फेसबुकमा उनले लेख्ने स्टाटसहरुले ताली र गाली दुवै पाउने गर्छन् । दिपकले आज मात्रै सिके राउतलाई लक्ष्यित गरेर आज एउटा कडा स्टाटस लेखेका छन् । स्टाटसमा उनले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । दिपकले लेखेका छन्, ‘देशले अन्याय गरेको छ […]

अनमोललाई प्रश्नः ‘के अब नाफाको प्रतिशतमा काम गर्न सक्नुहुन्छ ?’

कलाकार दिपकराज गिरीले लगातार ५ वटा चलचित्र हिट दिएपछि अब नाफाको प्रतिशतमा काम गर्न लागेका छन् । उनले, रोहित अधिकारीको चलचित्रमा नाफाको ५० प्रतिशतमा काम गर्न लागेका हुन् । दिपकले नाफाको प्रतिशतमा काम गर्न लागेपछि अहिलेका महंगा र चलेका नायकलाई यो प्रश्न सोझिन थालेको छ । फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’का नायक […]

५० प्रतिशत नाफामा हिरो बन्दै दिपक, ‘भद्रगोल’ टिमसँग सहकार्यको तयारी

बलिउडका केहि कलाकारले चलचित्र सफलताको मुनाफा लिने गरेका छन् । विना पारिश्रमिक काम गर्ने उनीहरु मुनाफामा रमाउने गरेका छन् । तर, नेपालमा कलाकारले महंगो पारिश्रमिक लिने गरेतापनि मुनाफामा काम गर्न भने सकेका छैनन् । चलचित्र असफल भए पारिश्रमिक नै नलिने, नाफा भएको खण्डमा मुनाफा लिने हिम्मत गर्न कलाकारले सकेका छैनन् । तर, अब भने लगातार […]

वितरण कम्पनीमा दिपक, के शक्तिशाली बन्ने धुनमा छन् ?

५ वटा चलचित्र निर्माण गरेका निर्माता तथा कलाकार दिपकराज गिरी अन्तत चलचित्र वितरणमा पनि अगाडि बढेका छन् । काठमाण्डौ बाहिरको चलचित्र वितरणमा शक्तिशाली देखिएको एफडी कम्पनीमा उनको प्रवेश भएको हो । योसँगै दिपकराज गिरीको पनि अब यो कम्पनीमा शेयर हुनेछ । चलचित्र ‘छक्का पन्जा ३’ रिलिजको समयमा वितरक र निर्माताविचको लडाइले दिपकलाई तनाव भएको थियो […]

‘छक्का पन्जा ३’ले ५१ दिन मनाउँदा मदनकृष्ण र करिश्माको डान्स(फोटो फिचरसहित)

देशभरका १३ हलमा चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको अवसरमा मंगलबार बेलुकी काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । रेड कार्पेटसहित आयोजित चलचित्रको सक्सेस पार्टीमा चलचित्र क्षेत्रमा निर्माता–निर्देशकको उपस्थिती बाक्लो थियो । चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर शाह, संजोग कोइरालाको साथमा नायिका बर्षा राउत कार्यक्रममा उपस्थित […]

‘छक्का पन्जा ३’ पछि के ?

लगातार ३ बर्ष निर्माता दिपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा’को सिरिज बनायो । लगातार ३ सिरिजले नै ब्लकबस्टर व्यापार गर्‍यो । ‘छक्का पन्जा ३’ले त ‘छक्का पन्जा’को रेकर्ड नै ब्रेक गर्ने देखिएको छ । तर, अब बजारमा चर्चा सुरु भएको छ कि, दिपक र उनको टिमले ‘छक्का पन्जा ३’ पछि के बनाउला ? निर्माता […]

‘छक्का पन्जा ३’लाई २ दिनमा २ करोड

बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । वुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो । रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार राम्रो छ । दोश्रो दिन चलचित्रले ८० लाख माथिको व्यापार […]

‘छक्का पन्जा ३’को प्रचारले दीपिकालाई छोएन

रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीलाई अर्का निर्माता अशोक शर्मासँग राजनीति गरेर नै फुर्सद मिलेन । अशोकले आफू निर्देशित चलचित्र ‘जय भोले’लाई ‘छक्का पन्जा ३’सँगै जुधाउने अड्डी लिएपछि दिपकलाई यो भिडन्त नजुधाउन फलामको चिउरा चपाए जस्तै भयो । र अन्त्यमा उनी सफल पनि भए । राजनीति सकिएपछि चलचित्रको […]

‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढा’

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले फरक प्रस्तुति हेर्न पाउनेछन् । हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन् । यस्तै, यी दुइको साथमा पहिलो पटक […]

दिपक र दीपाले गरे दुई दिनमा दुई उद्घाटन

हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको दौडधुप अहिले बढेको छ । विशेषगरि, चलचित्र रिलिजको दिन नजिकिदै गर्दा उनीहरुको दौडधुप बढ्नु स्वभाविक हो । घटस्थापनाबाट उनीहरुले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुँदैछ । यही क्रममा यो जोडीले २ दिनमा २ वटा पसलको उद्घाटन गर्न भ्याएको छ । शुक्रबार यो जोडी काठमाण्डौको मैतिदेवीमा […]

दीपाश्रीपछि कुञ्जना फिल्मको निर्देशक ?

सिरियलमा जमिरहेका कलाकारहरुले चलचित्र ‘६ एकान ६’ बनाउँदा कमैले मात्र पत्याएका थिए । तर, यो सिनेमा हिट भएपछि दिपकराज गिरी, दीपाश्री निरौला लगायतको टिमलाई दर्शक र चलचित्रकर्मीले नै पत्याए । दिपकराज गिरीले ‘तितो सत्य’ छाडेर ‘६ एकान ६’ बनाउँदा निर्देशकको रुपमा दिनेश डीसीलाई रोजेका थिए । यसपछि, ‘वडा नम्बर ६’ बनाउँदा उनले उज्ज्वल घिमिरेलाई रोजे […]

फस्टलुकमा यस्तो बन्यो ‘छक्का पन्जा ३’

दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को फस्टलुक सार्वजनिक भएको छ । दिपाश्री निरौलाको निर्देशनमा तयार भएको यो सिनेमाको फस्टलुकमा मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ र नायिका दीपिका प्रसाइलाई देख्न सकिन्छ । चलचित्रर्की अर्की कलाकार प्रियंका कार्कीले यसपटक पोष्टरमा स्थान पाएकी छैनन् । चलचित्रको फस्टलुकले पनि यसको कथावस्तु के […]

‘छक्का पन्जा ३’को ओभरसिज राइट्स विक्री, युटुबमा के होला ?

दशैको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ओभरसिज राइट्स हाइलाइट्स नेपालले महंगो मुल्यमा खरिद गरेको छ । अब, यो चलचित्र विदेशमा रिलिज गर्ने सम्पूर्ण अधिकार हाइलाइट्स नेपालसँग सुरक्षित रहनेछ । तर, यसपटक यसको निर्माणपक्षले युटुबमा चलचित्र भने बेचेको छैन । चलचित्रका निर्माता दिपकराज गिरीले भने-‘हो, यसपटक हामीले युटुबमा चलचित्र बेचेका छैनौ । […]

तीजको भीडमा छक्का पन्जा ३ को प्रचार

चलचित्र बनाउन मात्र होइन, प्रचार प्रसार गर्न पनि माहिर मानिन्छन् निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरी । दीपाश्री र दिपक लगातार ४ वटा चलचित्र हिट भएपछि दंग छन् । अब, पाँचौ चलचित्र ‘छक्का पन्जा ३’लाई हिट बनाउन उनीहरु लागिपरेका छन् । बुधबार काठमाण्डौको पशुपतिनाथ परिसरमा तीजको अवसरमा ब्रत बसेका महिलाहरुको बाक्लो भिड […]

‘छक्का पन्जा ३’को ‘उमेर ढल्किन्छ’ गीत सार्वजनिक

गीतसंगीतको मामालामा चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीत ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ सार्वजनिक भएको छ । नवलपरासीको सीजी ग्रुपको परिसरमा छायांकन गरिएको यो गीतको भिडियो उत्कृष्ट छ । दर्शकका लागि यो लोकेशन फ्रेस लाग्छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर, अर्जुन पोखरेल र दिपकराज गिरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको […]