Comments Add Comment

नाका

List Grid
‘नाकामा मालबाहक ट्रक महीनौं लाइनमा हुन्छन्’

२०७६ मंसीरमा नेपालका लागि माल वस्तु बोकेर हिंडेका ट्रक तिब्बत क्षेत्रमा भारी हिमपातका कारण बाटोमै अड्किए । लगत्तै चिनियाँ नयाँ वर्ष शुरू भयो नाका पुनः बन्द गरियो । नयाँ वर्षले बन्द भएको नाका खुल्न नपाउँदै चीनमा कोरोनाभाइरस देखियो, नाका खुल्नै सकेन । झट्ट हेर्दा प्राकृतिक जस्ता लाग्ने घटना शृंखलाका कारण नेपाली व्यवसायीले त्यो साल दुईदेखि […]

१३ नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने, १० दिन क्वारेन्टिन अनिवार्य

२० वैशाख, काठमाडौं । भारतबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि सरकारले १३ वटा नाका तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार विदेशी नागरिकको आवतजावतलाई बन्द गरिएको छ भने नेपाली नागरिकको हकमा १३ वटा नाका तोकिएको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, […]

नाकामा बिहेको गाडीका लस्कर, साँगाबाट मात्रै ८० वटा बाहिरिए

१७ वैशाख, साँगा (काभ्रे) । काभ्रेपलाञ्चोकको साँगामा शुक्रबार दिउँसो २ बजे पुग्दा लस्करै जन्तीबसहरु देखिए । चेकजाँचका लागि खटिएका प्रहरी अधिकृतहरु सामान्य सोधपुछ गरेर संक्षिप्त विवरण टिपेर छाडिरहेका थिए । रामेछापबाट बेहुला लिएर भक्तपुर आएका अर्जुन पौडेल प्रहरीले विवरण टिपिरहेको ठाउँमा आएर शनिबार फर्किने बताए । ‘गाडी नम्बर, जाने स्थानको विवरण लगायतबारे बताएपछि छाड्ने हो’ […]

वाणिज्यमन्त्री भट्टले भनेजस्तै चीनसँगको ब्यापार रोक्न सम्भव छ ?

८ माघ, काठमाडौं । बिहीबारबाट चीनसँगको तातोपानी नाका तीन हप्ताका लागि बन्द भएको छ । विभिन्न कारण पटक–पटक खुल्दै र बन्द हुँदै आएको यो नाका यसपटक मितेरी पुल मर्मत गर्न भनेर चिनियाँ पक्षले बन्द गराएको हो । यही बेला सोमबार नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज […]

काठमाडौं बाहिर जान गन्तव्य स्थानको सिफारिस अनिवार्य

२५ भदौ, काठमाडौं । बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको छ । काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ । सवारी […]

उपत्यकाका मेयरको आग्रह : नाकामा सेना परिचालन गर, निषेधाज्ञा खुकुलो बनाऊ

२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका प्रवेश नाकाहरुमा भने सेना परिचालन गरेर कडाई गर्नुपर्ने उपत्यकका स्थानीय जनप्रतिपनिधिहरुको फोरमको राय छ । […]

काठमाडौं आउँदै हुनुहुन्छ ? सडकमै हुँदैछ स्वाब संकलन !

१३ साउन, काठमाडौं । पीसीआर परीक्षण भएन भनेर एउटा युवा समूहले अभियान नै बनाए– ‘इनअफ इज इनअफ ।’ पीसीआर परीक्षण बढाउन माग गर्दै यो युवा समुह स्वतस्फूर्तरुपमा सडकमा उत्रियो । ‘इनअफ इज इनअफ’ आन्दोलन सत्याग्रहसम्म पुग्यो र यो समुहका दुईजना अहिले पनि हनुमानढोका दरबार परिसरमा भोक हडतालमा छन् । यता सरकारले काठमाडौं प्रवेश गर्ने नागढुंगा […]

स्वदेश फर्किन प्रदेश २ का सातवटा नाका मात्रै खुल्ला रहने

१५ जेठ, जनकपुरधाम । भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्रदेश २ का सातवटा नाकामात्र सञ्चालनमा आउने भएको छ। सप्तरीस्थित कुनौली नाका, सिराहास्थित ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै नेपाली भारतबाट आउन पाउनेछन्। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपाल सरकारको जेठ १२ गते मन्त्रिपरिषद्को बैठकले यो निर्णय […]

प्रदेश २ र वागमती प्रदेशको मुख्य नाका चुरियामाईमा कडाइ

१ जेठ, काठमाडौं । प्रदेश २ र वागमती प्रदेश आउ-जाउ गर्ने प्रमुख नाका मकवानपुरको चुरियामाई क्षेत्रमा चेक जाँच कडा बनाइएको छ । नाका सुरक्षाकर्मीहरू राखेर अत्यावश्यक सेवाका गाडीहरूलाई मात्र प्रवेश गर्न दिइएको छ । मकवानपुरका एसपी सुशील सिंह राठौरले प्रदेश २ मा कोरोना संक्रमित व्यक्तिहरू धेरै भेटिएकाले निगरानी जाँच कडा पारिएको बताए । ‘मकवानपुर प्रदेश […]

भारतले रेल सेवा सुरु गर्दा प्रदेश १ मा २० हजार भित्रिने अनुमान, नाकामा ‘होल्डिङ एरिया’ बनाइने

१ जेठ, विराटनगर । भारतमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा २० हजार भित्रिने अनुमान गरिएको छ । अहिले पनि केही मानिस आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा नेपालीहरू भित्रिने अनुमान प्रदेश सरकारले गरेको हो । रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामध्ये तत्काल २० हजार फर्कने सम्भावना रहेको प्रदेश १ का आन्तरिक मामिला […]

‘जनसेवाको नाममा सीमाबाट नेपाली नभित्र्याऔं’

२३ वैशाख, बुटवल । स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरू भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र सुरक्षा निकायका प्रमुखहरूले रुपन्देहीको सीमा क्षेत्र अनुगमन गरेका छन् । उनीहरूले जनप्रतिनिधिहरूसँग भेटघाट गरी आफूखुसी कसैलाई पनि भारतबाट नेपाल नभित्र्याउन आग्रह गरेका छन्। सीमा क्षेत्रमा कडाइ गर्दा पनि भारतबाट नेपालीहरू आउने क्रम नरोकिएको सूचना पाएपछि प्रदेशसभा सांसद सन्तोष […]

अनावश्यक वस्तुको आयात रोक्न माग गर्दै जनप्रतिनिधिको ज्ञापनपत्र

२१ वैशाख, सिन्धुपाल्चोक । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ । भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो […]

दशैंको कपडा बाटोमै छ !

१० असोज, काठमाडौं । सुपरमार्केट तथा पसलहरुमा दशैंका लागि सपिङ गर्नेहरुको चहलपहल सुरु भइसकेको छ । व्यापारीहरु याे सिजनमा धेरै व्यापार हुने आशामा हुन्छन्  । कपडा, जुत्ता, खाद्यान्नलगायतका व्यापारीहरु त वर्ष भरीकै राम्रो आम्दानी गर्ने सोचमा हुन्छन् । तर, यसवर्ष भने चिनियाँ सामानका व्यापारीहरु तनावमा छन् । अघिल्लो वर्षमा असोज पहिलो सातादेखि नै मारामार व्यापार […]

फिल्म समीक्षा: नाकामा हल्का रमाइलोबीच मानवीय संवेदना

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘नाका’मा के छैन ? कलाकारको भिडभाड छैन । बनिबनाउ संवाद छैन । धुरन्धर लभस्टोरी छैन । धमकेदार फाइट छैन । उल्कै कथा छैन । नाचगान छैन । तिब्बतबाट नेपालको नाका हुँदै भारतस्थित दलाई लामाको आश्रम (धर्मशाला) जाने यात्रुको एकसरो कथा छ । तर, कथाको मियो स्थानिय दुई तन्नेरी हुन्, जो ति […]

असार ११ देखि १४ गतेसम्म सीमा नाका बन्द

२१ जेठ, गौशाला । जिल्ला स्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११-१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष […]

दुई वर्षभित्र उत्तरी नाका सडक सञ्जालमा जोडिने

१४ साउन, काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेको उत्तरतर्फका चार नाका अबको दुई वर्षभित्र सडक सञ्जालमा जोडिने भएका छन् । सडक विभागका अनुसार अबको दुई वर्षभित्र मुस्ताङको कोरालापास, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र संखुवासभाको किमांथांका नाका मुलुकको सडक सञ्जालमा जोडिनेछ । विभागका सिनियर डिभिजनल (सिडिई) इन्जिनियर लक्ष्मीदत्त भट्टले उत्तरको चारवटै नाका जोड्ने सडकको निर्माण कार्य […]