Comments Add Comment

निर्वाचन अायोग

List Grid
निर्वाचन ऐन संशोधन गर्न आयोगले गरायो सरकारको ध्यानाकर्षण

२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रवक्ता दिपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरुको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह गरेका हुन् । देशका २८ वटा स्थानीय तह तथा प्रदेश सभाका विभिन्न पदहरु रिक्त रहेका छन […]

निर्वाचन आयोगको प्रस्ताव : चुनाव लड्न अनुदान दिऊँ

१७ असोज, काठमाडौं । पैसा नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै निर्वाचन आयोगले सरकारी अनुदानको व्यवस्था गर्न प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा आयुक्त ईला शर्माले चुनाव खर्च अत्याधिक हुने गरेको भन्दै ध्यानाकर्षण गरेकी हुन् । ‘चुनावी खर्च बढी भयो । पैसा हुनेले मात्रै चुनाव लड्न सक्ने गरी व्यवस्थामा […]

पैसा नहुनेले चुनाव लड्नै नसक्ने भए, सरकारी अनुदान दिऊँः निर्वाचन आयोग

१७ असोज, काठमाडौं । पैसा नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै निर्वाचन आयोगले सरकारी अनुदानको व्यवस्था गर्न प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा आयुक्त ईला शर्माले चुनाव खर्च अत्याधिक हुने गरेको भन्दै ध्यानाकर्षण गरेकी हुन् । ‘चुनावी खर्च बढी भयो । पैसा हुनेले मात्रै चुनाव लड्न सक्ने व्यवस्थामा सुधार […]

निर्वाचनको मिति घोषणा गर्ने जिम्मा अायोगलार्इ दिनुपर्छः प्रमुख निर्वाचन आयुक्त यादव

२९ असार, तनहुँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको शुक्रबार दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कानूनमा उल्लेख गरी सो अधिकार आयोगलाई दिइनुपर्ने बताए । अझै पनि त्यो अधिकार मन्त्रिपरिषद्ले आफैसँग […]

राष्ट्रपतिको चुनाव २१ गते प्रस्ताव, उपराष्ट्रपतिको चैत ३ गते

३ फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव […]

निर्वाचन आयोगले सरकारलाई भन्यो-आर्थिक सहायता नबाँड्नू

१७ माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आर्थिक सहायता नबाड्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ माघबाट आचारसंहिता लागू भएको छ ।आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ […]

निर्वाचन आयोगले ५ दललाई परामर्शका लागि बोलायो

२ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई परामर्शका लागि बोलाएको छ । राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका छ । तर, प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम […]

निर्वाचन आयोगले राष्ट्रपतिलाई भन्योः निर्वाचन परीणाम घोषणा गर्न कानुनी अड्चन छ

२० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिएकी छन् । साथै जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै […]

निर्वाचन आयुक्तहरु राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

२० पुस, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास भेट्न पुगेका छन् । प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला आयोगका पदाधिकारीहरु राष्ट्रपति कहाँ गएका हुन् । प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ । तर, सरकारले अझै प्रदेश प्रमुख नियुक्त गरेको छैन । यसबारे सहमति जुटाउन […]

कांग्रेसका समानुपातिक प्रदेशसभा सदस्यः को सुरक्षित र को डेञ्जर जोनमा ?

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले कांग्रेससहित ६ दललाई प्रदेशसभाको समानुपातिकतर्फ विजयी घोषणा गर्न पठाएका नाम त्रुटीपूर्ण भएको भनेको छ । र, तीन दिनभित्र सूची सच्याएर पठाउन पत्र पठाएको छ । यससँगै कसको नाम काटिने हो र कसको थपिने हो भन्ने चासो बढेको छ । प्रदेशसभा सदस्यमा सिफारिस भइसकेकाहरुलाई आफ्नो नाम काटिने त होइन भन्ने […]

निर्वाचन आयोग दलको शाखा कार्यालय बन्नु भएन: नेता ज्ञवाली

१६ पुस, गुल्मी । नेकपा एमालेका सचिव एबं गुल्मी क्षेत्र नम्बर १ का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आयतबार आयोजना गरेको पत्रकार भेटघामा नेता ज्ञवालीले भने, ‘निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्षमा लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी […]

राष्ट्रियसभामा ८ प्रकारका मतपत्र, निर्वाचन मितिको पर्खाइमा आयोग

१६ पुस, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला निर्वाचन आयोगले आठ प्रकारका मतपत्र छाप्नुपर्ने प्रारम्भिक गृहकार्य गरिरहेको छ । दुई किसिमका मतदाताका दुई अलग-अलग मतभार र चार क्लष्टर भएकाले ८ प्रकारका मतपत्रको सम्भावना हुने आयोग प्रवक्ता दिनेश घिमिरे बताउँछन् । राष्ट्रियसभामा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २ […]

राष्ट्रियसभा निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीलाई आयोगको आग्रह

१४ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश जारी भए लगतै निर्वाचन आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकोमा बधाइ दिएका छन् । भेटमा […]

दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान

२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा दिउँसो २ बजेसम्म करिव ५० प्रतिशत मतदान भएको जानकारी दिएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ । सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत […]

चुनावको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको अपील

२० मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क […]

सहिदको तस्वीर प्रयोग गरेर भोट नमाग्न आयोगको चेतावनी

१५, मंसिर, काठमाडौं । निर्वाचन आयोगले सहिदको तस्वीरलाई दुरुपयोग गरेर भोट नमाग्न दलहरुलाई चेतावनी दिएको छ । प्रदेश २ मा मधेस केन्द्रीय दलहरुले आन्दोलनका क्रममा मारिएकाहरुको तस्वीर, आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागिरहेका छन् । अन्य दलहरुले यसबारे आयोगको ध्यानाकर्षण गराएका छन् । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनको तस्वीर, ध्वनी तथा सहिदको तस्वीर प्रयोग […]

सरकारका निर्णय आचारसंहिता विपरीत छन्, स्पष्टीकरण सोध्छाैं: आयुक्त दाहाल

१५ मंसिर, ताप्लेजुङ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सरकारले निर्वाचनलाई प्रभावित गर्ने महत्वपूर्ण निर्णय गर्नु आचारसंहिता विपरीत रहेको भन्दै आयोगको ध्यानाकर्षण भएको बताएका छन् । ताप्लेजुङका सञ्चारकर्मीसँग शुक्रबार कुरा गर्दै आयुक्त दाहालले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ति र दीर्घकालीन महत्व राख्ने निर्णय गर्नुले आचारसंहितको ठाडो उल्लंघन भएको बताए । […]

३२ जिल्लामा आइतबार सवारीसाधन चलाउन नपाइने

९ मंसिर, काठमाडौं । पहिलो चरण अन्तर्गत प्रतिनिभि र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा भोलि सवारीसाधन बन्द हुने भएको छ । ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन । निर्वाचन आयोगले मंसिर १० गते मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यो क्षेत्र भएर चल्ने […]

कुन गाउँबाट कति भोट आयो ? उम्मेदवारले थाहा पाउने छैनन्

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले कुन गाउँबाट आफूलाई कति भोट आयो भनेर थाहा नपाउने भएका छन् । निर्वाचन आयोगले मतगणना गर्दा कुन ठाउँबाट कसले कति मत पायो भन्ने थाहा नहुने गरी मतपेटिका मिसाउनु पर्ने नियम र निर्देशिकाबारे निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ । पहिलो चरणको चुनाव आइतबार हुँदैछ भने दोस्रो चरणको मतदान […]

तीन सीडीओसहित ६ कर्मचारी सरुवामा आयोगले दिएन सहमति

निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका छ जना कर्मचारीको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र पठाएको थियो । तर, आयोगले सरुवामा सहमति नदिने निर्णय गरेको छ । साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई […]

मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारलार्इ निर्वाचन आयोगको आग्रह

५ मंसिर, काठमाडौं । मतदाताहरुलाई सुरक्षाप्रति आश्वस्थ बनाउन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारलाई आग्रह गरेका छन् । निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारसँग आग्रह गरेका हुन् । प्रमुख आयुक्त यादवले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा […]