Comments Add Comment

नेकपा ओली समूह

List Grid
सांसदलाई सम्झाउन निवासमै पुगे मन्त्री

२३ फागुन, काठमाडौं । नेकपा ओली समूहमा खुलिदिन आग्रह गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सांसद शान्ति पाख्रिनको निवास पुगेका छन् । ओली समूहले शनिबार बोलाएको दलको बैठकमा पाख्रिन अनुपस्थित भएपछि मन्त्री गुरुङ सम्झाउन उनको निवास पुगेका हुन् । पाख्रिन ओली समूह निकटकै सांसद हुन् । तर, पछिल्लो समय यो […]

निर्वाचन आयोगले दलको आधिकारिता संकेत गरिसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

१० फागुन, गुल्मी । नेकपा केपी ओली समूहका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगले नेकपाको आधिकारिक पक्ष आफूहरु भएको संकेत दिइसकेको दावी गरेका छन् । गुल्मीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले निर्वाचन आयोगले दलको आधिकारिताबारे अब केही भनिरहनु नपर्ने टिप्पणी गरे । परराष्ट्रमन्त्री ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने भन्दै ६–६ महिनामा सरकार परिवर्तन गरेर […]

‘ओली समूहले बुटवलको सभामा आउनेलाई लालपुर्जा बाँड्ने भ्रम छर्‍यो’

१ फागुन, बुटवल । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते (आज) बुटवलमा गर्न लागेको शक्ति प्रदर्शनसहितको आमसभामा समर्थकको ठूलो संख्या देखाउन सत्ताको चरम दुरुपयोग गरेको आरोप लागेको छ । खासगरी सुकुम्बासी बस्तीका जनतालाई आमसभामा आउनेले लालपुर्जा पाउँछन् भन्ने भ्रम फैलाइएको विपक्षीहरुले ओली समूहमाथि आरोप लगाएका छन् । रुपन्देही, नवलपरासी, कपिलवस्तु, […]

विद्यालय प्राङ्गणमा ओली समूहको सभा, सजावटमा बालबालिका प्रयोग

१ फागुन, बुटवल  । नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् । उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन । कलिला बालबालिकालाई यसरी […]

ओली समूहले बुटवलमा सभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट […]

बुटवलमा २ लाख जनता उतार्ने ओली समूहको दावी

२९ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री […]

लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल

१६ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन […]

नेकपा ओली समूहको काभ्रे अध्यक्षमा ब्याञ्जु

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ । धुलीखेल नगरपालिका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् । ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ । बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेको […]

ओली समूहको निर्णय : २०७८ मंसिर २ मा महाधिवेशन

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए । बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक […]