Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक

List Grid
ओलीले बोलाए स्थायी कमिटीको बैठक

१२ फागुन, काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस […]

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२० पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् । सोमबारको बैठकमा सांगठनिकलगायतका […]

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै […]

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने सहभागी छैनन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो । नेकपाका नेताहरुले प्रधानमन्त्रीको उक्त निर्णयबारे आइतबारै […]

ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी, स्थायी कमिटीका नेता बालुवाटार जाँदै

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटारमा भेला हुन थालेका छन् । यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिए । ती नेताले भने, ‘हामी […]

फिर्ता भएनन् ओली र प्रचण्डका चिठीपत्र

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लेखेका पाँचवटा पत्र पेश भएका छन् । मंसिर २१ मा स्थायी कमिटी बैठक शुरु हुँदा ओलीले थप दुई पन्ने पत्र पठाएका छन् । सँगै, भदौ २६ को स्थायी कमिटीबाट पारित र […]

ओलीले ‘भावी प्रधानमन्त्री’ भन्दै वामदेवतिर पुलुक्क हेरेपछि !

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिनासाथ बुधबार साँझ उपाध्यक्ष वामदेव गौतमले आफू निकटस्थहरुसँग भने, ‘अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा सन्दर्भ नमिलाइकन मलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्नुभयो । उहाँले प्रधानमन्त्री छाड्ने कुरो गर्नुभयो ।’ के ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेकै हुन् त ? दुबै पदबाट नहट्ने […]

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक सुरु भएको हो । बैठकका लागि दिउँसोदेखि नै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगे पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन । अहिले […]

नेकपा स्थायी कमिटी बैठक सुरु गर्न ओलीको प्रतीक्षा

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन् । तर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नआइपुगेका कारण बैठक सुरु हुन सकेको छैन । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर […]

शोक प्रस्ताव पारित गरेर सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते

२६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो । आइतबारको बैठकमा प्रधानमन्त्री […]

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

२६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो । स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । नेकपा अध्यक्षसमेत रहेका […]

नेकपा, स्थायी कमिटीका निर्णयको प्रभाव र चुनौती

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केही समयदेखि सैद्धान्तिक, वैचारिक, नीतिगत, विधि, पद्दति, कार्यक्रम, कार्यविभाजन र कार्यशैली जस्ता विषयमा गम्भीर बहस, मतभेद र अन्तरविरोध उत्पन्न भयोे । यी विषयहरुसँग सम्बन्धित कतिपय राष्ट्रिय महत्वका, दीर्घकालीन प्रभाव पार्ने तथा पार्टी जीवनमा असर गर्ने प्रश्नहरु थिए । यस्ता विषयमा विभिन्न नेताहरुका फरक दृष्टिकोण र अडानहरु रहन थालेपछि त्यसले पार्टीलाई […]

नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन

२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् […]

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी […]

स्थायी कमिटीको बैठकमा केपी ओली नजाने, केन्द्रीय कमिटी पनि अस्वीकार

२० साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठकमा सहभागी नहुने भएका छन् । आफ्नो अनुपस्थितिमा हुने बैठकले वैधानिकता पनि नपाउने ओलीको तर्क छ । ओलीले केन्द्रीय कमिटीको बैठक माग गर्नेहरुलाई पनि निराश बनाइदिएका छन् । गत असार १० गतेदेखि बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठक एजेन्डामा […]

राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न सरकारको विशेष ध्यानाकर्षण […]

नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित

२४ असार, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुङ्गिएको छैन ।

भारतले हटाउन लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित

१६ असार, काठमाडौं । आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ। मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा […]

नेकपा बैठक : नेपाल भारत सीमामा तारबार लगाउन माग

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक […]

केपी ओलीको बचाउ गर्दै योगेश भट्टराईले भने– बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस्

११ असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर विभिन्न आशंका र टिप्पणीहरू उब्जिएका छन् । नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको आशंका व्यक्त गरेका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री काम विशेषले एकछिन […]

आलोपालो छाडेर गल्ती गरेछु, ओलीमा अहंकारमात्र बढ्यो : प्रचण्ड

१०, असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा […]