Comments Add Comment

नेपाली कलाकार

List Grid
रेखा थापा : एक नायकको अवतार

‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्‍याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’ मनमा डर, लाज र ग्लानि एकमुष्ट भरियो । उनलाई नाच्न त खुब रहर लागेको थियो तर नाच्ने कसरी ? न ज्यानले भाका टिप्छ, न लय समात्छ । कहिल्यै नाचेको भए […]

लक्ष्मी बर्देवा : सुटिङ हेर्दाहेर्दै अभिनयमा

त्यतिबेला लक्ष्मी बर्देवा जागिर गर्दै ‘प्लस टु’ तह पढिरहेकी थिइन् । निजी क्षेत्रको त्यो जागिरले खुशी थिएन उनको मन । एकपछि अर्को संस्थामा जागिर गरिन् तर कुनैमा पनि उनी लामो समय टिक्न सकिनन् । ‘प्लस टु’को परीक्षा सकियो । राम्रो प्रतिशत लिएर उनी उत्तीर्ण भइन् । त्यतिञ्जेलसम्म काम छाडिसकेकी उनी भविष्यका बारे सोचेर बेचैन हुन्थिन् […]

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’

११ चैत, ढाका । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति […]

पूजा शर्माको गुनासो : पत्रकारले यति अशिष्ट शब्द बोल्न मिल्छ ?

काठमाडौं । टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् । चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ […]

बद्री पंगेनीसँग बसिबियालो : प्रेमिकाको पत्र बाबुका हातमा !

२३ साउन, काठमाडौं । ३० को दशकमा पाल्पाको रामपुरमा जन्मेका बद्री पंगेनी ७० को दशकको एक साँझ काठमाडौंको अनामनगरमा भेटिए । लोकसंगीत र उनकै व्यक्तिगत जीवनबारे गफिनका लागि हाम्रो बसिबियालो तय भएको थियो । ‘मिडियामा नआएको वा नगण्यरुपमा आएको तपाईंको जीवनको फरक पाटो केही छ ? अन्तरवार्ताअघि पंक्तिकारले उनैलाई सोध्यो । उनी केहीबेर घोत्लिए । […]

सेलिब्रिटी एक भ्रम

कला र जीवन एक हिसाबले अभिन्न छ । हामी जीवनका विभिन्न खुसीहरु नाचेर, गाएर व्यक्त गर्छौं । जीवन कलाभन्दा भिन्न त छैन । हामी गीत गाउँदै मेलापात गर्छौं, गीत गाउँदै काम गर्छौं, काम गर्दै गीत गाउँछौं । तर, गीत मात्र गाउँदैनौं । अहिले जहाँ पनि कर्कश गीतहरु मात्र जो सुनिन्छ, मेलापात नै छोडेर गीत मात्र […]

भुपु र प्रविशाको ‘मायालु’ सार्वजनिक

काठमाडौं । गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार युट्युबबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा भुपु पाण्डेकै संगीत छ । शव्द राजेश अर्यालका छन् । आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले फरक शैलीको गीत बनाएको बताएका छन् । आधुनिक, शास्त्रीय संगीत […]

खड्ग गर्बुजा : जीवनमा हार खान नहुने रहेछ !

‘रेडियो नेपाल ।’ काँचको पारदर्शी ढोका अघिल्तिर पुगेर उनको ह्वीलचियर टक्क रोकिन्छ । ढोकामा सिंहदरबार परिसरको प्रतिविम्बलाई छल्दै एउटा अधवैंशे अनुहार देखा पर्छ । त्यही अनुहार, जसले असीमित पीडा लुकाएको छ । हिजो हीनताबोधले फतक्कै गलेको त्यो अनुहारमा आज प्रेरणाका आभा पोतिएको छ । सो अनुहारलाई चिनाउने संज्ञा हो, खड्ग गर्बुजा । जीवनका कतिपय सपनाहरु […]

‘आइफा अवार्ड’बारे के भन्छन् नेपाली कलाकार ?

१६ असार, काठमाडौं । यतिबेला नेपाल सरकारको एउटा निर्णयप्रति चलचित्र क्षेत्रका कलाकारले गुनासो पोखिरहेका छन् । नेपाल सरकारले काठमाडौंमा भारतको प्रतिष्ठित आइफा अवार्डको २० औं संस्करण आयोजना गर्ने र त्यसका लागि आर्थिक सहायता दिने निर्णय गरेपछि यसबारे बहस सुरु भएको छ । नेपालमा आइफा अवार्ड हुनु राम्रै भएता पनि कलाकारहरुको आक्रोश बढ्नुको कारणचाहिँ सरकारले नै […]