Comments Add Comment

नेसन्स लिग

List Grid
इटली र बेल्जियम नेसन्स लिगको सेमिफाइनलमा

४ मंसिर, काठमाडौं । इटली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटली लिग ए को समूह एकको विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने बेल्जियम लिग ए को समूह दुईको विजेता बन्दै सेमिफाइनल पुगेको हो । समूहको अन्तिम खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै इटली समूह विजेता बनेको हो […]

जर्मनीको पोष्टमा ६ गोल गर्दै स्पेन सेमिफाइनलमा

३ मंसिर, काठमाडौं । फेरान टोरेसले करियरको पहिलो ह्याट्रिक गरेपछि स्पेनले नेसन्स लिगमा जर्मनीलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । सेमिफाइनल पुग्न जित्नैपर्ने खेलमा स्पेनले शानदार जित हात पारेको हो । जितपछि समूह ए चारबाट स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । ६ खेलबाट स्पेनले ११ अंक जोड्दा जर्मनीले ९ अंक जोड्यो । अन्तिम […]

रिस जेम्सको कडा रिस : डेब्यु म्याचमै रातो कार्ड

२९ असोज, काठमाडौं । डेब्यू म्याचमै रातो कार्ड खाएर मैदानबाट बाहिर निस्किनुपर्दाको पीडा रिस जेम्सलाई जति कसलाई थाहा होला ? यस्तो खराब किर्तिमान आफ्नो नाममा लेखाउने जेम्स ईंग्ल्यान्डकै पहिलोउ फुटबलरसमेत बनेका छन् । सन्दर्भ हो नेसन्स लिग अन्तरगत ईंग्ल्याण्ड र डेनमार्कबीच बुधबार भएको खेलको, जहाँ गारेथ साउथगेटका खेलाडीहरु अनुशासनको मामलामा नराम्ररी चुकेका थिए । सो […]

के हुँदैछ नेसन्स लिगमा ? को अघि को पछि ?

४ मंसिर, काठमाडौं । युईएफए नेसन्स लिगको समूह चरणका खेलहरु लगभग सकिएका छन् । जहाँ केही टिमहरुले निकै राम्रो प्रभाव जमाए भने केही आश गरिएका टिम कमजोर देखिए । पोर्चुगल, इंग्ल्याण्ड, स्वीट्जरल्याण्ड र नेदरल्याण्ड अन्तिम चारमा पुगेका छन् । सबैभन्दा राम्रो उन्नति नेदरल्याण्ड टिमको नै देखिएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा आबद्ध देशबीच […]

युरोपियन देशहरुले खेलिरहेको नेसन्स लिग के हो ?

काठमाडौं । क्रोएसियालाई हराएर फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको धेरै भएको छैन । अहिले फेरि स्पेनले इंग्ल्याण्डलाई हरायो, रसियाले टर्की, स्वीट्जरल्याण्डले आइसल्याण्डलाई पराजित गर्‍यो भन्ने खबरहरु आइरहेका छन् । फेरि यो कुनै मैत्रिपूर्ण खेल पनि होइन । युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा आबद्ध देशहरुबीच नेसन्स लिग प्रतिस्पर्धा यसै वर्षबाट सुरु भएको हो । यसलाई एक […]