Comments Add Comment

प्रचण्ड-माधव

List Grid
प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक

२३ फागुन, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । कानून व्यवसायीहरुसँग परामर्श गरेको प्रचण्ड–माधव समूहका नेताहरुले फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको जस्तो देखिएको बताएका छन् । तर यसबारे आधिकारिक धारणा तय गर्न भोलि स्थायी कमिटीको बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]

प्रचण्ड-माधव समूहमा लागेको भन्दै तीन कर्मचारी बर्खास्त

२० फागुन, जाजरकोट । फरक राजनीतिक आस्था राखेकै कारण तीन कर्मचारी बर्खास्त गरिएको भन्दै चार कर्मचारी संगठनले आपत्ति जनाएका छन् । भेरी नगरपालिकाले नेकपा प्रचण्ड-माधव समूहमा आवद्ध भएको भन्दै तीन कर्मचारी बर्खास्त गरेको छ । प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर नगरपालिकाले कर्मचारी बर्खास्त गरेकाले तत्काल पुनर्बहाली गर्न कर्मचारी संगठनहरुले माग राखेका छन् । प्रचण्ड-माधव समूह […]

प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुको तीन ठाउँमा हस्ताक्षर संकलन

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरिएको छ । पेरिसडाँडामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीन ठाउँमा हस्ताक्षर संकलन गरिएको हो । ‘यसअघिको हस्ताक्षर व्यवस्थित थिएन । त्यसैले तीनपानेमा ओरिजिनल हस्ताक्षर गरिएको हो’, स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने । केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन […]

देउवासँग मिलेर जान प्रचण्ड र माधव नेपालको प्रस्ताव

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे […]

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी

२ फागुन, काठमाडौं । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र प्रचण्ड-माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् । नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको […]

अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ (फोटो फिचर)

२२ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेतृ अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकोबेला […]

प्रचण्ड-माधव समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाँदै

२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी […]

प्रचण्ड र माधवको स्वीकारोक्ति : हाम्रा पनि गल्ती केलाउनुपर्नेछ

५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आम जनसमुदाय एवं कार्यकर्ता पंक्तिलाई सम्बोधन गर्दै ६ पृष्ठ लामो अपील जारी गरेका छन् । केपी ओलीको विरोधमा केन्द्रित अपीलमा नेताद्वयले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु केलाउनुपर्ने र आत्मालोचना गर्नुपर्ने बताएका छन् । माधव नेपाल र प्रचण्डको संयुक्त हस्ताक्षरमा सोमबार […]

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ । संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको […]

ओलीप्रति कांग्रेस नरम, प्रचण्ड-माधव गरम

२७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह सार्वजनिकरुपमा एकअर्काप्रति निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकांश समय र ऊर्जा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई खुइलाउन खर्चिरहेका छन् । अनि दाहाल र नेपाल समूह पनि ओलीलाई निरंकुश र तानाशाह शासकको रुपमा स्थापित गर्न लागिपरेका […]

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचीसहित)

१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले […]

प्रचण्ड-माधवको बहुमत भए पनि ढुक्क छैनन् सुदूरपश्चिमका मुख्यमन्त्री

१३ पुस, कैलाली । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादको बाछिटा सुदूरपश्चिम प्रदेशसम्म आइपुगेको छ । २०७४ को निर्वाचनपछि नेकपा नेता लेखराज भट्टको सिफारिसमा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका लेखराज प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । मुख्यमन्त्री त्रिलोचन भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षमा […]

प्रचण्ड–माधव समूहद्वारा आन्दोलनको घोषणा, १४ गते देशभर प्रदर्शन गर्ने

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो। काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ । देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले […]

सुरु भयो प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको छ । यसअघि प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र माधवकुमार […]