Comments Add Comment

प्रदीप गिरी

List Grid
कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा जटिल समस्या, मुम्बईमा उपचार हुँदै

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । घाँटीमा देखिएको समस्याको उपचार गर्न उनी भारतको मुम्बइ गएका छन् । मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको टोली संलग्न छ । एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि गिरी उपचारका लागि मुम्बई गएका थिए […]

नेपालमा लोकतन्त्र होइन, दलतन्त्र चलिरहेको छ

मैले ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन चाहन्छु । शुभकामनाका साथ केही संशय पनि छन्, त्यसलाई पनि व्यक्त गर्न चाहन्छु । गरीब छौं, दरिद्र छैनौं मभन्दा अगाडि एकजना प्रतिभाशाली र प्रतिवद्ध माननीयज्यू (भीम रावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर अत्यन्त गम्भीर वक्तव्य दिनुभयो । वक्तव्यमा उहाँले व्यक्त गर्नुभएको […]

प्रदीप गिरीको प्रस्ताव : चुनावमा जाने भए राष्ट्रिय सहमतिको सरकार

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् । पुनः संसद विघटन नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका उनले चुनावमा जाँदा पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गिरीले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए । तर दिन प्रतिदिनको विवाद […]

कृषिमन्त्रीलाई प्रदीप गिरीले भने-अभिमन्यु चक्रव्यूहमा पसेझै‌ं तन्त्रमा प्रवेश गर्नुभो

२४ जेठ, काठमाडौं । कांग्रेस सांसद प्रदीप गिरीले बजेटले कोरोनाको संकटलाई अवसरमा बदल्ने आशा ध्वस्त गरेको बताएका छन् । मन्त्रालयगत विनियोजनमाथि संसदमा बोल्दै सांसद गिरीले सबै मिलेर अडाएको र पटक-पटक फेरिएको प्रणालीबाट हुन नसकेको काम कोरोना संकटका कारण हुन्छ कि भन्ने अपेक्षा गरिए पनि बजेट आएपछि त्यो आश मरेको बताए । यस्तो बजेट ल्याउने अर्थमन्त्री […]

प्रधानमन्त्रीलाई प्रदीप गिरीको प्रश्न-थपना मुख्यमन्त्री कहिलेसम्म रहन्छन् ?

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अधिकारविहीन मुख्यमन्त्री कहिलेसम्म राख्ने भनी प्रधानमन्त्री समक्ष प्रश्न गरेका छन् । संसदको सोमबारको बैठकमा बिशेष समय लिएर बोल्दै गिरीले प्रश्न गरे, ‘थपनामात्रका मुख्यमन्त्री कहिलेसम्म रहन्छन् ?’ गिरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूसमक्ष निरीहता व्यक्त गरेको प्रशंग कोट्याउँदै मुख्यमन्त्रीहरुलाई थपना भनेका हुन् । गत चैत […]

‘कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्’

१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई हप्काइरहेका थिए । बहिनी डा.मन्जुला गिरीलाई पनि चुनावका बेला अलि व्यवस्थित हुन निर्देशन दिइरहेका थिए । यस्तो लाग्थ्यो, उनी चुनावका उम्मेदवार नभएर, कुनै लथालिंग घरका अभिभावक हुन् । ‘तपाईहरु मलाई नै खोज्दै किन आउनुभएको ? […]

प्रदीप गिरीका प्रतिस्पर्धीः पूर्वउपप्रधानपञ्चदेखि वडा सदस्यसम्म

२० कात्तिक, लहान । प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप गिरी १८ वर्षपछि प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रिएपछि सिराहामा चुनावी रौनक फेरिएको छ । मधेस आन्दोलनको उद्गम थलो मानिने लाहानलाई समेत समेटिएको सिराहा क्षेत्र नम्बर १ मा गिरी चुनाव लड्दैछन् । १८ वर्षअघि ०५६ सालमा एमालेका धर्मनाथ साहसँग सिरहा […]