Comments Add Comment

प्रदेश नम्बर ६

List Grid
प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेको दाबी !

२ फागुन, सुर्खेत । एमालेले केन्द्रमा भएको सहमति विपरीत प्रदेश ६ को मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने सर्त राखेको छ । यससँगै प्रदेश सरकार गठन अन्योलमा परेको छ । केन्द्रमा प्रदेश १, ३, ४ र ५ एमालेले तथा ६ र ७ माओवादीले लिने यसअघि नै सहमति भएको थियो । त्यसै अनुसार प्रदेश ३ मा संयुक्त सरकार बनिसकेको […]

‘प्रदेश ६ समृद्धिको मुख्य आधार पर्यटन’

१ फागुन, सुर्खेत । राजनीतिक दलका नेता, सरकारी अधिकारी तथा सरोकारवालाले पर्यटनलाई प्रदेश ६ को समृद्धिको आधारका रुपमा लिने बताएका छन् । प्रदेश ६ उद्योग बाणिज्य महासंघको सहयोगमा  सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजनामा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासको अबको बाटो’ विषयक अन्तरकि्रयामा सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ […]

प्रदेश ६ मा सरकार गठनको तयारी, भण्डारीलाई रोजेको मन्त्रालय लिन प्रस्ताव

२९ माघ, सुर्खेत । वाम गठबन्धनले प्रदेश ६ मा सरकार गठनका लागि फागुन ३ गते प्रदेश प्रमुखसामू दाबी पेश गर्ने भएको छ । वाम गठबन्धनमा प्रदेश ६ को मुख्यमन्त्री माओवादीले लिने सहमति भएको छ । माओवादीले पनि संसदीय दलको नेतामा महेन्द्रबहादुर शाहीलाई चयन गरिसकेको छ । शाहीले अनलाइनखबरसँग भने, ‘सभामुखको निर्वाचन सकियो । अब फागुन […]

प्रदेश ६ को सभामुखमा राजबहादुर चयन, उपसभामुखको चुनाव फागुन ५ गते

२९ माघ, सुर्खेत । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो । सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट  दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख […]

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निश्चित

१८ माघ, काठमाडौं । दैलेखबाट निर्वाचित सांसद राजबहादुर शाही प्रदेश ६ को सभामुख बन्ने निश्चित भएको छ । एमालेले आफ्नो भागमा परेको प्रदेश ६ को सभामुखको उम्मेदवार शाहीलाई आज उम्मेदवार चयन गरेको हो । शाही दैलेख क्षेत्र नं. २ प्रदेश (ख) बा निर्वाचित सांसद हुन् । सोमबार सभामुखको चुनाव हुने भएपछि एमाले आज शाहीलाई सर्बसम्मत […]

मुख्यमन्त्री ताकेका कंडेल बने प्रदेश ६ मा एमाले संसदीय दलको नेता

२५ माघ, काठमाडौं । प्रदेश ६ को पहिलो दल एमालेको संसदीय दलको नेतामा पोलिटव्यूरो सदस्य यामलाल कंडेल चयन भएका छन् । आज बसेको प्रदेश ६ को दलको बैठकले कंडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांससद पदमा खड्काले जानकारी दिइन् । सुर्खेत क्षेत्र नं. २ (क) बाट निर्वाचित कंडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् […]

प्रदेश ६ मा वाम गठबन्धनको सतप्रतिशत जित

काठमाडौं । राष्ट्रिय सभा चुनावमा प्रदेश ६ बाट वाम गठबन्धनले सतप्रतिशत नतिजा निकालेको छ । प्रदेशका ८ वटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । एमालेबाट उम्मेदवारी दिएका नरपति लुहार, कविता बोगटी, नन्दा चपाई शर्मा, भैरव सुन्दर श्रेष्ठ र ठकेन्द्रप्रकाश पुरी विजयी भए । यस्तै माओवादी केन्द्रका तर्फबाट कालीबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल […]

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सर्बसम्मत

२४ माघ, काठमाडौं । प्रदेश ६ को मुख्यमन्त्रीको विवाद माओवादीले टुंगो लगाएको छ । पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो । शाही कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् । नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् । […]

प्रदेश ६ मा सतप्रतिशत मतदान, ४ बजेपछि मतगणना हुने

२४ माघ, सुर्खेत । प्रदेश ६ मा राष्ट्रिय सभा सांसदका लागि मतदान सम्पन्न भएको छ । अस्थायी मुकाम सुर्खेतको वीरेन्ऽनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको हो । यहाँ सतप्रतिशत मतदान भएको छ । प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० […]

प्रदेश ६ मा बुढा र लुवार राष्ट्रियसभा सांसदमा विजयी

२४ माघ, सुर्खेत । प्रदेश ६ मा पनि राष्ट्रियसभा सांसदको चुनावको मत परिणाम आउन सुरु गरेको छ । पहिलो चरणमा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नरपति लुवार (दलित) र माओवादीका जीवन बुढा (अपाङगता) विजयी भएका छन् । नरपतिले तीन हजार ६६६ मत […]

माओवादीले प्रदेश ६ को मुख्यमन्त्री २५ गते टुंगो लगाउने

२३ माघ, सुर्खेत । माओवादी केन्द्रले प्रदेश ६ को मुख्यमन्त्री २५ गतेभित्र टुंगो लगाउने भएको छ । मुख्यमन्त्रीका आकांक्षीहरुले अडान नछोडेपछि लम्बिएको छनौट प्रक्रिया २५ गते भित्रै टुंगिने भएको हो । प्रदेश कमिटीले मुख्यमन्त्रीको टुंगो लगाउन नसकेपछि तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर, पार्टी हेडक्वाटरले प्रदेशबाटै टुंगो लगाउन भन्दै सिफारिस भएका महेन्द्रबहादुर […]

प्रदेश ६ मा मुख्यमन्त्री छान्न माओवादीलाई सकस

  २३ माघ, सुर्खेत  । प्रदेश नं ६ मा माओवादी केन्द्रलाई मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश भण्डारी र कालीकोट (ख) का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ । दुवै संसद्हरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया लम्बिएको पूर्व गृहमन्त्री तथा नेकपा माओवादी […]

प्रदेश ६ मा मन्त्रालय व्यवस्थापनमा ढिलाइ, सभाहल व्यवस्थापन गर्न तीन महिना लाग्ने

२२ माघ, सुर्खेत । प्रदेश ६ मा मन्त्रालय व्यवस्थापन गर्न ढिलाइ भएको छ । मन्त्रालय व्यवस्थापन गर्न अझै १० दिन लाग्ने भएको छ । अबको १० दिनभित्र मात्रै सबै मन्त्रालयहरुको व्यवस्थापन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताएका हुन् । वीरेन्द्रनगरमा आइतबार रिर्पोटर्स क्लव नेपाल, शाखा सुर्खेतले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचिव […]

आकांक्षी धेरै हुँदा प्रदेश ६ मा संसदीय दलको नेता चुन्न सकस

२२ माघ, सुर्खेत । प्रदेश नं ६ मा कुनै पनि दलले अहिलेसम्म संसदीय दलको नेता चयन नगरेर बैठकमा सहभागी भएका छन् । प्रदेश नं ६ को पहिलो अधिवेशन बसिसक्दा पनि दलहरुले संसदीय दलको नेता चुन्न नसक्दा आइतबार भएको ऐतिहासिक प्रदेशसभाको बैठकमा सबै दलहरुको तर्फबाट प्रतिनिधिमूलक सहभागिता जनाइयो । यो प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले अहिलेसम्म […]

प्रदेश ६ मा माघ २९ गते सभामुखको चुनाव हुने

२१ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो बैठक पौने घण्टामै सम्पन्न भएको छ । दिउँसो १ः८ बजेको समयमा सुरु भएको बैठक २ नबज्दै सम्पन्न भएको हो । जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठक एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो । बैठकले कार्यसूचीमा रहेका […]

प्रदेश ६ मा सांसदको स्वीकारोक्तिः हाम्रै कारणले पछाडि पर्‍यौं

२१ माघ, सुर्खेत । प्रदेश ६ का प्रदेश सांसदहरुले आफ्नैै कारण यो प्रदेश पछाडि परेको स्वीकार गर्दै भौगोलिक विकटता चुनौतीपूर्ण रहको बताएका छन् । आइतबार सुर्खेतमा आयोजित पहिलो प्रदेशसभा बैठकमा बोल्ने ४ दलका प्रदेश सांसदहरुले अब राज्यव्यवस्था पनि परिवर्तन भइसकेको भन्दै अब प्रदेशका स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताएका छन् । […]

मुख्यमन्त्री पार्टीले बनाउँछ, मै हुनुपर्छ भन्ने छैनः महेन्द्र शाही

२१ माघ, काठमाडाैं । पूर्वउर्जामन्त्री एवं माओवादीका युवा नेता महेन्द्रबहादुर शाही यतिबेला प्रदेश ६ को मुख्यमन्त्रीका रुपमा चर्चामा छन् । तथापि उनले पार्टीले अरु कसैलाई मुख्यमन्त्री बनाउने निर्णय गरेमा आफूले विद्रोह नगर्ने बताएका छन् । तर, प्रतिनिधिसभाको टिकट पाउँदा पाउँदै आफू प्रदेशको समृद्धिका लागि केही योगदान गरौं भन्ने सोचेर प्रदेशमा चुनाव लड्न गएको र प्रदेशको […]

प्रदेश ६ को बैठकस्थल (फोटोफिचर)

२१ माघ, सुर्खेत ।  आज दिउँसो १ बजेबाट सुरु हुने प्रदेश ६ को पहिलो अधिबेशन (प्रदेशसभा बैठक) को तयारी पूरा भएको छ । बैठकका लागि सभाहल लगायत सम्पूर्ण तयारी भएको प्रदेश संसद सचिवालयले जानकारी दिएको । सभा हलको अगाडि सांसदहरुलाई स्वागत गर्न ठूलो गेट बनाइएको छ । साथै अन्य सम्पूर्ण प्राविधिक तयारी पनि पूरा भएको […]

प्रदेश ६ को सभाहलमा पत्रकारहरु प्रवेश गर्न नपाउने

२१ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो बैठकमा पत्रकारहरुलाई हलभित्र प्रवेश निषेध गरिएको छ । हलभित्र ठाउँ अभावका कारण पत्रकारहरुलाई रिपोर्टिङको व्यवस्थापन गर्न नसकिएको सचिवालयले जनाएको छ,। पत्रकारहरुका लागि हल बाहिर सुरक्षाकर्मीहरु रहेको स्थानबाट रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको हो । हलको बाहिर एक साइडमा सुरक्षाकर्मी र एक साइडमा पत्रकारलाई र अन्य नागरिक बस्ने व्यवस्था […]

के-के निर्णय गर्दैछ प्रदेश ६ को पहिलो बैठकले, यस्तो छ कार्यसूची

१९ माघ,काठमाडौं । २१ गते हुने प्रदेश ६ को पहिलो अधिबेशन (प्रदेशसभा)का लागि कार्यसूची तय गरिएको छ । बैठकको तयारीका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनालको आव्हानमा शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो सभाका एजेण्डाहरु तय गरेको हो । पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गर्ने, अन्तरिम कार्यविधि बारे छलफल गरी पारित गर्ने कार्यसूची तयार भएको बैठकमा […]

यसरी तयार हुँदैछ प्रदेश ६ को बैठक स्थल (तस्वीरसहित)

१६ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो अधिबेशन (प्रदेशसभा बैठक) स्थलको तयारी तीव्र पारिएको छ । बैठक बस्ने दिन नजिकदै जाँदा प्रदेश कार्यालयले तयारी तीव्र पारेको हो । प्रदेशसभाको पहिलो बैठक आउँदो माघ २१ गते दिउँसो १ बजेका लागि आव्हान भइसकको छ । प्रदेश सभाको पहिलो बैठक सिचाइँ विकास डिभिजिन कार्यालयको हलमा बस्ने भएको […]