Comments Add Comment

प्रदेश बजेट

List Grid
प्रदेश १ को बजेटमा सांसदको गुनासो, मन्त्रीको टालटुले जवाफ

८ असार, विराटनगर । प्रदेश १ को प्रदेशसभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रस्तुत बजेटमाथि सोमबार र मंगलबार प्रदेशसभामा उठेका प्रश्नको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएपछि छलफल सकिएको हो । सोमबार र मंगलबारको छलफलमा सहभागी सांसदले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने र पुरानै कार्यक्रमलाई राखेर वितरणमुखी बजेट ल्याएको बताएका […]

प्रदेशहरूमा मनोमानी : नेताका सालिकदेखि संस्थासम्मलाई करोडौं बजेट

७ असार, काठमाडौं । देशव्यापी निषेधाज्ञा, महामारीको दोस्रो लहरको पूर्वार्द्ध तथा तेस्रो लहरको सम्मुख र राजनीतिक तरलता बीचमा आएका प्रदेश सरकारका बजेटमाथि प्रदेशसभामा छलफल चल्दैछ । आकर्षक नारा राखेर ल्याइएका सातै प्रदेशका बजेटमा जनताभन्दा दलका नेता-कार्यकर्ता र उनीहरूका संस्थालाई खुशी पार्ने अनेक कार्यक्रम राखिएका छन् । बजेटका यस्ता विकृत पक्षबारे प्रदेशसभामा चर्चा भएको सुनिंदैन । […]

धनी प्रदेशकै प्राथमिकतामा छैन पर्यटन

४ असार, काठमाडौं । मुलुकको राजधानी रहेको, सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने बागमती प्रदेश होस् वा सगरमाथा उभिएको प्रदेश १, पर्यटकीय दृष्टिकोणले सबभन्दा सम्भावनायुक्त प्रदेशमै पर्यटन कम प्राथमिकतामा रहेको पाइएको छ । १ असारमा सातवटै प्रदेशले सार्वजनिक गरेका आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कोरोना भाइरसका कारण शिथिल पर्यटन क्षेत्रलाई अगाडि बढाउने त परै जावोस्, […]

कृषिमा प्रदेशको बजेट : बाख्राको घिउदेखि मार्सी धानसम्म !

३ असार, काठमाडौं । कोरोना कहरका बीच सोमबार सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरे । कोरोनाका कारण गुमेको रोजगारी तथा बिग्रेको आपूर्ति व्यवस्थाको असर चिर्न प्रदेश सरकारले कृषि तथा पशुपालनलाई रोजगारीसँग जोड्न प्राथमिकता दिएको बताएका छन् । कृषिमार्फत रोजगारी सृजना, उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षालाई प्रत्याभूत गर्न प्रदेश सरकारहरुले दुधालु बाख्रा […]

खेलकुदमा कुन प्रदेशको बजेट कति ?

२ असार, काठमाडौं । नेपाल सरकारले बजेट सार्वजनिक गरेको दुई हप्तापछि सबै प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । सोमबार सातवटै प्रदेशले बजेट सार्वजनिक गरे । सबै प्रदेशले खेलकुद क्षेत्रमा पनि बजेट विनियोजन गरेका छन् । आफ्नो प्रदेश अनुकूल त्यहाँ हुन सक्ने खेलकुद प्रतियोगिता र त्यहाँ बन्ने पूर्वाधारलाई ध्यानमा राख्दै प्रदेशले […]

सात प्रदेशको बजेट : कोरोनासँगै कृषि र रोजगारीलाई प्राथमिकता

१ असार, काठमाडौं । देश कोभिड-१९ को महामारीसँग जुधिरहेका बेला प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कोरोनासँग लड्ने र त्यसबाट सिर्जित विभिन्न प्रभावहरु कम गर्नमा केन्द्रित छ । तर, बजेटमा पुराना किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । सांसद विकास कोष मोडलका कार्यक्रमहरुले निरन्तरता पाएका छन् । पुराना आयोजनाहरुलाई निरन्तरता दिने गरी स्रोत सुनिश्चित […]

‘सांसद विकास कोष’लाई प्रदेश–१ सरकारले दियो निरन्तरता

१ असार, विराटनगर । आगामी आर्थिक वर्षका लागि १ नम्बर प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) लाई निरन्तरता दिएको छ । प्रदेश सरकारले यसका लागि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम गरी दुई शिर्षकमा बजेट विनियोजन गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रति […]

बजेटको तयारीमा प्रदेश सरकार, सञ्चित कोषमा रकम छैन

२१ फागुन, काठमाडौं । प्रदेश सरकारहरुले चार महिनाका लागि बजेट ल्याउने तयारी गरेका छन् । आगामी चैतभित्रै बजेट ल्याउने गरी अधिकांश प्रदेश सरकारले प्रक्रिया थालिसकेका छन् । संविधानअनुसार केन्द्र सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्छ । तर, माघ-फागुनमा प्रदेश सरकार बन्यो । अब असारसम्म बजेट नल्याउने हो भने प्रदेश सरकारप्रति […]