Comments Add Comment

प्रदेश २

List Grid
प्रदेश २ मा लफडा : संसद अवरुद्व पार्ने नेकपाको चेतावनी

२ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार प्रस्तुत गरेको बजेट विपक्षी सांसदको अनुपस्थितिमै टेबल भयो । विपक्षी नेकपाका सांसदहरु बाहिर गएपछि सत्तासीन सांसदहरुको मात्रै उपस्थितिमा बजेट टेबल गरिएको हो । सत्ता पक्षले विपक्षी सांसदहरु निर्धारित समयमा नआएकाले तोकिएको समयमा बजेट टेबल गरिएको बताएका छन् । विपक्षी सांसदहरुले भने आफूहरु केहीबेरका […]

प्रदेश २ मा हिन्दीलाई सम्पर्क भाषा नबनाउन नेकपा र कांग्रेसको माग

२३ जेठ, जनकपुरधाम । हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले संशोधन दर्ता गराएका छन् । नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र कांग्रेस सांसद शिवचन्द्र चौधरीले हिन्दी भाषालाई सम्पर्क भाषा नबनाउन माग गर्दै संशोधन दर्ता गराएका हुन् । नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने, ‘प्रदेशमा मुख्य दुई […]

प्रदेश २ मा हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रस्ताव, नेकपा र कांग्रेसको विरोध

२३ जेठ, जनकपुरधाम । हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले संशोधन दर्ता गराएका छन् । नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र कांग्रेस सांसद शिवचन्द्र चौधरीले हिन्दी भाषालाई सम्पर्क भाषा नबनाउन माग गर्दै संशोधन दर्ता गराएका हुन् । नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने, ‘प्रदेशमा मुख्य दुई […]

प्रदेश २ को सरकार ढाल्ने प्रचण्डको चेतावनी

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि धावा बोलेका छन् । फोरम-राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ ललितपुरको […]

प्रदेश दुई : म्यानपावर दलालका लागि उर्वरभूमि !

८ वैशाख, जनकपुर । मलेसिया जान लागेका सिराहा नगरपालिकाका मनिष महराले ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ दिए । रकम दिएको एक बर्ष नाघिसक्दा पनि उनी विदेश जान पाएनन् । न त रकम नै फिर्ता पाए । जनकपुरधाम-२५, लोहनाका चनरदीपले पनि विदेश जान भन्दै ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ बुझाए । तर, उनी पनि अहिलेसम्म विदेश जान पाएका […]

प्रदेश दुई : म्यानपावर दलालका लागि उर्वरभूमि !

८ वैशाख, जनकपुर । मलेसिया जान लागेका सिराहा नगरपालिकाका मनिष महराले ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ दिए । रकम दिएको एक बर्ष नाघिसक्दा पनि उनी विदेश जान पाएनन् । न त रकम नै फिर्ता पाए । जनकपुरधाम-२५, लोहनाका चनरदीपले पनि विदेश जान भन्दै ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ बुझाए । तर, उनी पनि अहिलेसम्म विदेश जान पाएका […]

प्रदेश २ को एसईईमा केन्द्राध्यक्ष बाहेकलाई मोवाइल बोक्न प्रतिबन्ध

२१ चैत, महोत्तरी । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । प्रश्नपत्र बाहिरिएपछि स्थथगित भएको परीक्षा २२ गते बिहान ८ बजेदेखि हुँदैछ । परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन भन्दै केन्द्राध्यक्ष बाहेक अरुलाई मोवाइल प्रयोग गर्न नदिने निर्णय गरिएको शिक्षा विकास निर्देशनालय, प्रदेश २ […]

एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले सार्वजनिक गर्दै

२१ चैत, काठमाडौं । एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्दैछ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीका डीएसपी भावेष रिमालले जानकारी दिए । १४ र १५ […]

कसैलाई ‘ब्रिजकोर्ष’ को पीर, कसैलाई राजनीतिको !

१७ चैत, जनकपुरधाम । प्रदेश २ मा माध्यमिक स्तरको एसईई परीक्षा स्थगित भएको छ । लगातार तीन विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेशमा परीक्षा स्थगित गरेपछि जाँच दिनुपर्ने विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरेपछि प्रदेश २ मा कतिपय विद्यार्थीहरु आन्दोलित बनेका छन् भने कतिपय विद्यार्थीहरु आफ्नो भविश्यप्रति […]

प्रदेश २ मा एसईईको सबै प्रश्नपत्र एकसाथ बाहिरिएको आशंका

१५ चैत, जनकपुरधाम । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन भयो । विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो । विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको आकश्मिक बैठकले परीक्षा रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस […]

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा तनाव : मुख्यमन्त्री कार्यालय घेराउ

१५ चैत, जनकपुरधाम । लगातार दुईवटा विषयको प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा दिने प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् । प्रदेश राजधानी जनकपुरधामसहित आठै जिल्लाका एसईई दिने परीक्षार्थी आन्दोलित भएका हुन् । परीक्षा रद्द गरिएपछि आक्रोशित बनेका विद्यार्थीहरुले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न गएकाहरुले कार्यलयमा ढुंगासमेत हानेका छन् । परीक्षार्थीले जनकपुरधामको पीडारी […]

प्रदेश २ सरकारले माग्यो संघीय शिक्षामन्त्रीको राजीनामा

१५ चैत, जनकपुरधाम । लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र बाहिएको घटनामा केन्द्र सरकार जिम्मेवार रहेको प्रदेश २ सरकारले बताएको छ । प्रदेशलाई बद्नाम गराउन प्रश्नपत्र आउट गरिएको मुख्यमन्त्री लालबाबु राउतको आरोप छ । ‘संघीयतालाई नरुचाउनेहरुले षड्यन्त्र गरेका हुन् । शिक्षाप्रति रुची बढ्दै गएको अवस्थामा प्रदेशलाई बद्नाम गराउने प्रयास भइरहेको छ’ राउतले अनलाइनखबरसँग भने । आन्तरिक […]

प्रदेश राज्यमन्त्रीहरूको जिम्मेवारी : चिया र बिस्कुट !

८ चैत, जनकपुरधाम  । राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद सुरेश मण्डलले प्रदेश-२ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिएको ९ महिना पुगेको छ । यो अवधिमा उनले मन्त्रालयमा कुनै जिम्मेवारी पाएका छैनन् । ‘अहिलेसम्म एउटै फाइलमा हस्ताक्षर गर्न पाएको छैन’ राज्यमन्त्री मण्डलले अनलाइनखबरसँग भने, ‘मन्त्री भइस् भनेर साथीहरू आउँछन्, तर उहाँहरुलाई चिया खुवाएर पठाउने […]

प्रदेश राज्यमन्त्रीहरूको जिम्मेवारी : चिया र बिस्कुट !

८ चैत, जनकपुरधाम  । राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद सुरेश मण्डलले प्रदेश-२ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिएको ९ महिना पुगेको छ । यो अवधिमा उनले मन्त्रालयमा कुनै जिम्मेवारी पाएका छैनन् । ‘अहिलेसम्म एउटै फाइलमा हस्ताक्षर गर्न पाएको छैन’ राज्यमन्त्री मण्डलले अनलाइनखबरसँग भने, ‘मन्त्री भइस् भनेर साथीहरू आउँछन्, तर उहाँहरुलाई चिया खुवाएर पठाउने […]

प्रदेश २ को राजधानी जनकपुरमै रहन्छ  : कांग्रेस नेता निधि

१६ माघ, गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन् । उनले प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने पनि दावी गरे । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश […]

प्रदेश २ का शिक्षकले आफ्ना निरक्षर सदस्यलाई ६ महिनाभित्र साक्षर बनाउने

२ पुस, सप्तरी । प्रदेश २ का शिक्षकहरुले आफ्नो परिवारमा कोही निरक्षर भए साक्षर बनाउने प्रतिबद्धता जनाएका छन् । साक्षरता दर वृद्धि गर्न प्रदेशका शिक्षकहरुले आफ्नो परिवारका निरक्षर सदस्यलाई ६ महिनाभित्र साक्षर बनाउने प्रतिबद्वता गरेका हुन् । प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा प्रदेश २ का शिक्षकका पेशागत संस्थाका प्रमुख तथा प्रतिनिधिको सोमबारको […]

प्रदेश २: नाम सिफारिस समितिको म्याद सकियो, २ महिना थप्न माग

१ पुस, सप्तरी । प्रदेश २ को नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन गठित समितिको म्याद सकिएको छ । ४५ दिने समयसीमा गुजारेको समितिले अहिलेसम्म मात्र एक जिल्लामा कार्यक्रम गरेर सुझाव संकलन गरेको छ । प्रदेश २ को सरकारले ११ कात्तिकमा प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन डा। हरिवंश झाको नेतृत्वमा आयोग […]

प्रदेश २ को नामाकरण र राजधानीका लागि सुझाव संकलन सुरु

२० मंसिर, वीरगञ्ज । प्रदेश २ को राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन गरिएको अयोगले काम सुरु गरेको छ । ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बुझाउने जिम्मा पाएको संवाद तथा सुझाव आयोगले गठन भएको ४० दिनपछि काम सुरु गरेको हो । गत कात्तिक ११ बसेको मन्त्रिपरिषदको बैठकले नीति आयोगका उपाध्यक्ष समेत रहेका डा. […]

प्रदेश २ मा करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित

१० मंसिर, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकले करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक बहुमतल पारित गरेको हो । विधेयक पारित भएसँगै प्रदेश २ को सरकारलाई करारमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश नम्बर २ […]

केन्द्र सरकारकै कारण गाउँमा सिंहदरबार पुगेन : मन्त्री सोनल

२ मंसिर, सप्तरी । प्रदेश २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले गाउँ–गाउँमा सिंहदरबार पुर्‍याउने भनिए पनि संघीय सरकारका कारण नै त्यो सम्भव नभएको बताएका छन् । आइतबार राजविराजमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय उद्घाटन गर्दै मन्त्री सोनलले संघीय सरकारले तयार पारेको प्रशासनिक प्रक्रियाले संघीयताको मर्म समाप्त हुने बताए । ‘यस्तो प्रशासनिक संरचनाले संघीयताको भावनामा […]

प्रदेश २ को नामांकनमा सत्तासीनको ‘मधेस मोह’

३० कात्तिक, सप्तरी । प्रदेशको नाम र राजधानीबारे सुझाव दिन आयोग बनेपछि प्रदेश २ मा बहस सुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेता मात्र होइन, जनस्तरमा पनि प्रदेशको नामलाई लिएर बहस सुरु भएको छ । तर, ४५ दिनको म्याद पाएको आयोगले आधा समय गुजारीसक्दा पनि आन्तरिक छलफल बाहेक अरु काम गर्न सकेको छैन […]