Comments Add Comment

फास्ट ट्रयाक

List Grid
काठमाडौं– निजगढ द्रुतमार्गका आयोजना प्रमुखको जिम्मेवारी खोसियो

२१ कात्तिक, काठमाडौं । काठमाडौं– निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) का आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको जिम्मेवारी खोसिएको छ । द्रुतमार्ग निर्माणमा अनियमितता भएको भन्दै रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको हो । श्रेष्ठलाई एक महिनाअघि नै जिम्मेवारीबाट हटाइएको थियो तर यसलाई गुपचुप राखेको पाइएको छ । जंगीअड्डाका […]

विकास समितिकी सभापति भन्छिन्- फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै ठिक

१५ माघ, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको बताएकी छिन् । मंगलबार खोकनाको स्थलगत अवलोकनबाट फर्कीएकी सभापति खड्काले खोकनाबाट पछि हट्ने अवस्था नरहेको बताइन् । ‘हामीले यस अघि अन्य भूभागहरु अवलोकन गरेका थियौं, बाँकी रहेको खोकना आज अवलोकन गर्यौ’ […]

‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोकनाबाट खोसिँदै, फर्सिडोललाई बनाइने

११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै परिवर्तन हुने भएको छ । खोकनाबासीको सरोकारमा राजनीति घुसेपछि यहाँका अगुवा फास्ट ट्र्याकको पक्षमा उभिएका छन्, तर अब धेरै ढिलो भइसकेको देखिन्छ । फास्ट ट्र्याकको लागि जग्गा अधिग्रहण भएर अधिकांशले […]

खोकनामा विप्लव पसेपछि ‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोसिँदै

११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै परिवर्तन हुने भएको छ । खोकनाबासीको सरोकारमा राजनीति घुसेपछि यहाँका अगुवा फास्ट ट्र्याकको पक्षमा उभिएका छन्, तर अब धेरै ढिलो भइसकेको देखिन्छ । फास्ट ट्र्याकको लागि जग्गा अधिग्रहण भएर अधिकांशले […]

रक्षामन्त्री पोखरेलले भने – फास्ट ट्रयाक तोकिएकै समयमा पूरा हुन्छ

८ चैत, बारा । रक्षामन्त्री ईश्वर पोखरेलले तराई मधेस जोड्ने द्रुत मार्ग तोकिएकै समयमा पूरा हुने बताएका छन् । बिहीबार नेपाली सेनाले निर्माण गरिरहेको द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गर्दै रक्षामन्त्री पोखरेलले निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । काठमाडौंबाट तराई जोड्ने फास्ट ट्रयाकको गत जेठ महिनामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल […]

फास्ट ट्रयाकमा सेनाले के-के गर्‍यो ? हेर्नुहोस् १० काम

२ माघ, काठमाडाैं । नेपाली सेनाले काठमाडौंलाई तराईसँग जोड्ने दूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा गति दिएको छ । अहिलेसम्म फिल्टमा ३३१ सैनिक परिचालन गरिएको छ भने जंगल फाँड्नका २५ मंसिरदेखि २०६ जना सैनिक खटिरहेका छन् । सैन्य हेडक्वार्टरमा मंगलबार आयोजित पत्रकार सम्मलेनमा नेपाली सेनाले प्राजेक्टरमार्फत दिएको जानकारी अनुसार अहिलेसम्म फास्ट ट्रयाक निर्माणसम्बन्धी विभिन्न १० वटा कामहरु […]

फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य

७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ । निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र/उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ । मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ । थप पाँच […]

फास्ट ट्रयाक बनाउन सेना तयार

२२ चैत, काठमाडाैं । बहुप्रतीक्षित काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मेवारी अन्ततः नेपाली सेनाले नै पाउने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयमार्फत जंगी अड्डाको राय माग्दा सेनाले ‘फास्ट ट्र्याक बनाउन सहमत रहेको’ आशयसहितको पत्र सोमबार पठाएको अाजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ । अब नेपाली सेनाले नै उक्त सडक बनाउने टुंगो लागेको हो । […]

फास्ट ट्रयाक आफैं बनाउन सक्छौं, नसके भारत र चीनबाहेक अरुलाई बोलाऔं

सरकारले हालैमात्र काठमाडौ-निजगढ फास्ट ट्रयाक आफैं निर्माण गर्ने भनेर घोषणा गरेको छ यो सही निर्णय हो । किनकि यो हामी आफैं बनाउन सक्छौं । हामी बनाउन सक्छौं होला त ? यस्ता प्रश्न धेरैका मनमा हुन सक्छन् । तर, ढुक्क हुन जरुरी छ कि फास्ट ट्रयाक हामी नेपालीले आफैंले नै बनाउन सक्छौं । विभिन्न देशमा जागिर […]

लखनउ पुगेर योगेशको प्रश्न- ‘काम नगर्ने’ भारतले फास्ट-ट्रयाकमा किन आँखा लगाएको ?

२१ भदौ, लखनउ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भारतले ‘होल्ड’ गरेका ठुला परियोजना निर्माण हुन नसक्नुले उसको नियतमाथि नै गम्भिर प्रश्न उठेको बताएका छन् । भारतीय सरकार र भारतीय कम्पनीहरुले पञ्चेश्वर वहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, अरुण तेश्रो, हुलाकी राजमार्ग लगायतका परियोजना होल्ड मात्र गरेको उनले बताए । प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य […]

फास्ट ट्रयाक भारतलाई दिनुपर्छः गृहमन्त्री

१८ भदौ, काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने धारणा दोहोर्‍याएका छन् । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार मान्त्री निधिले फस्ट ट्रयाकको निर्माण देशको हितमा रहेको दाबी गरे । ‘म भौतिक योजना मन्त्री हुँदा फाट ट्रयाक निर्माण ठेक्का दिन भारतीय कम्पनीसँग विधिवत रुपमा प्रारम्भिक […]

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

८ भदौ, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी रहेको आजको कारोबार […]

काठमाडौं-तराई द्रुतमार्गमा बजेट नछुट्याइनुको कारण माग

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौं-तराई फास्ट ट्रयाकमा बजेट नछुट्याइनुको कारण सरकारसँग माग गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दा फास्ट ट्रयाकका लागि १० अर्ब रुपैयाँ छुट्याइएको बताएपनि रातो किताबमा उक्त रकम हेटौंडा-बुधुने सडक खण्डका लागि राखिएपछि कांग्रेस रुष्ट छ । सोमबारको संसद बैठकमा कांग्रेस सांसद डा. प्रकाशशरण महतले टेण्डरबाट […]

फास्ट ट्रयाक: २५ वर्ष पुरानो सपना

काठमाडौंलाई जोड्न सडकहरु पर्याप्त भएनन् भनेर ०४८ सालमा पहिलोपटक काठमाडौंदेखि हेटौंडासम्म सुरुङमार्गको कुरा पहिलोपटक उठेको थियो । काठमाडौं उपत्यकामा जनसंख्या, व्यापारिक गतिविधि खासगरी कार्पेट र गार्मेन्ट फस्टाउँदै आएको बेला थियो त्यो । त्यसको तयारीका लागि नागरिकस्तरमा एउटा समिति पनि बन्यो । सो समितिले अध्ययन गर्‍यो । अध्ययनमा थानकोटदेखि मकवानपुरको चित्लाङ हुँदै हेटौडा निकाल्ने, त्यसको दूरी […]

फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयमा देउवाको आपत्ति

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । देउवाले मंगलबार यसबारे संसदमा बोल्दै अन्तरराष्ट्रिय जगतमा गलत सन्देश प्रवाह हुने बताए । व्यवस्थापिका संसदको बैठकलाई मंगलबार सम्बोधन गर्दै सभापति देउवाले भने, ‘आफैं सडक बनाउने कुरा जायज रहे पनि अन्तरराष्ट्रिय जगतले त्यसलाई […]

फास्ट ट्र्याक स्वदेशी लगानीमै निर्माण गरिने

२६ वैशाख, काठमाडौं । सरकारले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) स्वदेशी पुँजीमै निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै फास्ट ट्र्याक स्वदेशी लगानीमै निर्माण थालिने बताएकी हुन् । काठमाडौं र निजगढ जोड्ने ९५ किलोमिटर लामो मोटर बाटो भारतीय कम्पनीलाई दिने तयारी गरिएको थियो । भारतीय […]