Comments Add Comment

बाग्लुङ

List Grid
बाग्लुङका स्थानीय तह : कतै ठडिँदै भवन, कतै जग्गाको उल्झन   

९ साउन, बाग्लुङ । बरेङ गाउँपालिकाको प्रशासनिक भवन बनाउन स्थानीयवासीले गत वर्ष तीन रोपनी जग्गा निःशुल्क दिए । गाउँपालिकाले माटो परीक्षणदेखि भवनको ‘डिपिआर’समेत तयार गर्‍यो । बोलपत्रमार्फत निर्माण प्रक्रिया थाल्ने गाउँपालिकाको तयारीमा तब एकाएक ठेस लाग्यो जब जग्गाका अंशियारले अदालतमा मुद्दा हाले । जग्गा विवादमा पर्‍यो । भवन निर्माणको योजना पनि तत्काललाई रोकियो । ‘जग्गामा […]

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्‍याएको हो। अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज गिरीका अनुसार कोरोना महामारीको पहिलो लहरमा १० लाख रुपैयाँ र दोश्रो लहरमा ७ लाख […]

११ थान भरुवा बन्दुकसहित ११ जना पक्राउ

२९ असोज, बाग्लुङ । बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो । प्रहरी […]

बाग्लुङमा पहिरोले ५ घर पुर्‍यो, एकजना बेपत्ता

२९ भदौ, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् । नगरप्रमुख […]

बाग्लुङमा १४ शव भेटिए, चार जनाको सनाखत

१९ भदौ, काठमाडौं । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ […]

बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बेपत्ता

१८ भदौ, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क […]

जब ‘फ्रन्ट लाइनर’ नर्समै कोरोना संक्रमण देखियो

२८ साउन, काठमाडौंं । सोमबार धौलागिरि अञ्चल अस्पताल बागलुङका दुई स्वास्थ्यकर्मीमा सोमबार कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । दुईमध्ये एकजना आइसोलेसनका संक्रमित र क्वारेन्टिनमा ड्युटी गरिरहेकी बागलुङ नगरपालिका-४, कुँडुलेकी स्टाफ नर्स हुन् । सो अस्पतालमा १४ जना कोरोना संक्रमित उपचाररत थिए । कोरोना परीक्षणको रिपोर्ट आउँदा यी नर्स भने बिहानको ड्युटी […]

बागलुङका ११ जना कोरोना स‌ंक्रमित डिस्चार्ज

९ असार, पोखरा । बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् । आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धाैलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा गल्कोट नगरपालिकाका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षीय दुई जना पुरुष र ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष […]

बाग्लुङको पहिरोमा पुरिएर महिलाको मृत्यु

१ असोज, गुल्मी । बाग्लुङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडीगाड गाउँपालिका भीमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमाना तुरतुरेस्थित ठूलो भर्‍याङमा पहिरो जाँदा अर्घाखाँचीकी ३५ वर्षकी बिबिरन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा व्यवसाय गर्ने खातुन अर्घाखाँचीतर्फ आउँदै गर्दा पहिरोमा पुरिएको इलाका प्रहरी कार्यालय […]

जनमोर्चाले बाग्लुङको प्रदेशसभाबाट खाता खोल्यो, टेकबहादुर घर्ती विजयी

२२ मंसिर, बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्तीले जित हासिल गरेका छन् । बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका घर्तीले ३ हजार २ सय ६० को मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनलाई हराए । घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरे भने शेरचनले […]

बाग्लुङ पुगेर प्रचण्डले भने- इतिहास रच्ने मौका आयो

३० कात्तिक, बाग्लुङ । वाम गठबन्धनका घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय, प्रदेश र केन्द्रमा वामपन्थीको वलियो सरकार वनाएर देशको मुहार फेर्ने उद्घोष गरेका छन् । दाहालले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र वहादुरको प्रशंसा गर्दै शक्तिशाली कम्यूनिष्ट केन्द्र वनाउने अभियानमा समाहित हुन आहृवान गरे । बाग्लुङको गलकोट हटियामा संयुक्त वाम गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै […]

बाग्लुङमा जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

९ साउन, बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते छन् । जलजलादेखि ग्वालीचौर झर्दै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयमा आग्रह […]

बाग्लुङको परिणाम: कांग्रेस र एमाले ४/४, माओवादी र राजमो १/१ स्थानमा विजयी

५ जेठ, बाग्लुङ । बाग्लुङको ४ नगरपालिका र ६ गाउँपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ । अन्तिम मतपरिणाम अनुसार जिल्लाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले समान ४/४ स्थानमा तथा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा १/१ स्थानमा विजयी भएका छन् । कांग्रेसबाट जित्नेमा गल्कोट नगरपालिका प्रमुखमा भरत शर्मा गैरे, जैमनी नगरपालिकामा इन्द्रराज पौडेल, […]

बाग्लुङ नगरपालिकाको मेयरमा एमाले विजयी, उपमेयरमा राप्रपा

४ जेठ, बाग्लुङ । बाग्लुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता जनक पौडेल र उपमेयरमा राप्रपाका नेता सुरेन्द्र खड्का विजयी भएका छन् । मेयर पदमा विजयी पौडेलले १२ हजार ३ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका सुरेन्द्र खड्काले ११ हजार १ सय ८७ […]

राष्ट्रिय जनमोर्चाले जितको खाता खोल्यो, बाग्लुङको बरेङ गाउँपालिकामा विजयी

३ जेठ, बाग्लुङ । बाग्लुङको बरेङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । भर्खर सम्पन्न मतगणना अनुसार गाउँपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका कृष्ण पौडेल ३ हजार ३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादीका उम्मेदवार प्रदीप थापा मगरले २ हजार १ सय ९५ मत प्राप्त गरे । गाउँपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाकै डिलकुमारी […]

बाग्लुङमा उम्मेदवारविनै मत माग्दै माओवादी कार्यकर्ता !

२८ वैशाख, काठमाडौं । स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुमुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेदवारी फिर्ता लिए । उनीहरुको उम्मेदवारी फिर्तासँगै माओवादी केन्द्रका तर्फबाट नगरपालिका प्रमुख र उपप्रमुखको पद […]

करेन्ट लागेर बाग्लुङमा २ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । बाग्लुङमा सोमबार बिहान करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बाग्लुङ नगरपालिका २ मा बिजुलीको करेन्ट लाग्दा दुजन घर्तीमगर र बमबहादुर घर्तीमगरको ज्यान गएको हो । नेपाल टेलिकम, बाग्लुङको भवन बनाउने काम गर्दै आइरहेका उनीहरुको हाइटेन्सन लाइन मुनिको रुखमा चिलको बच्चा समात्न चढ्दा करेन्ट लागेर ज्यान गएको डिएसपी अनिलकुमार खड्काले […]

बाग्लुङमा एमाले, राप्रपा र राजमोबीच तालमेल

२० वैशाख, काठमाडौं । बाग्लुङमा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी तालमेल गरेर मैदान उत्रिएका छन् । जिल्लामा ६० प्रतिशतभन्दा बढी वामपन्थी जनमत भएको दावीसहित वामएकता गर्ने अन्तिम कसरत गरिए पनि सहमति नजुटेपछि राप्रपासहित राष्ट्रिवादी प्यानल तयार गरिएको एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । कांग्रेसले पनि बाग्लुङको बरेङ गाउँपालिकामा प्रमुख पद माओवादीलाई […]

बाग्लुङमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु

१५ वैशाख, बाग्लुङ । बाग्लुङको एक घरमा आगो लाग्दा एकै परिवारका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । बोहोरागाउँ ७ का हिमबहादुर घर्तीको घरमा गएराती आगो लाग्दा उनका ६ वर्षीया छोरी समुन्द्र र ३ वर्षीय छोरा मनोजको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर र गोठ पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको […]