News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा पहिरोले ग १ य ९८२ नम्बरको पर्यटक बोक्ने गाडी पुरिएको छ ।
- सोमबार बेलुका ढोरपाटनतर्फ जाँदै गरेको उक्त गाडी पहिरोमा परे पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
- मेसिनको प्रयोग गरी गाडी निकालिएपछि पहिरो पन्छाएर अवरुद्ध सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
५ साउन, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा पहिरोले एउटा गाडी पुरिएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्ड अन्तरगत सुकुरदुङमा ग १ य ९८२ नम्बरको पर्यटक बोक्ने गाडी पुरिएको हो ।
सोमबार बेलुका पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गरेको गाडी पहिरोमा परेको थियो । गाडीको अघिल्लो भाग पूरै पहिरोले पुरिएको थियो । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गाडीलाई मेसिन प्रयोग गरी बाहिर निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरो पन्छाएर बाटो एकतर्फी खुलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4