+
+
Shares

गाडी चढ्ने झापा पुगे, प्लेनको यात्रु काठमाडौंमै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १८:३९

प्रदर्शनको नजिक आइरहेको फिल्म ‘रोल नं. १’ को टिम अहिले पूर्व टुरमा निस्किएको छ । बिर्तामोड, बेलबारी, धरान, इटहरी लगायतका ठाउँमा कार्यक्रम हुने निर्माता पक्षले पूर्वघोषणा गरिसकेका छन् ।

उक्त टुरमा गायक तथा संगीतकार प्रशान्त शिवाकोटी आज २० वैशाखमा झापा जानुपर्ने थियो । उनी टिमसँगै बिहानै गाडीमा जान सक्थे । तर, छिटो पुगिने र घरमा पनि बस्न पाइने भएकाले उनले प्लेनबाट जाने निधो गरे । र, बिहानको टिकट लिए ।

किनकि उनको घर पनि झापामै पर्छ । तर, अहिले आफू काठमाडौंमै हुनु परेको दु:खेसो उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनका अनुसार बिहानै हिँडेको गाडी झापा पुगिसकेको छ ।

तर, उनी भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै अड्किएका छन् । कारण नखुलाए पनि मौसममा भएको समस्या कारण उनी अड्किएका हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यसअघि मौसममा भएको खराबीका कारण झापा हिँडेकी रचना रिमाल पनि जनकपुर अवतरण हुनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?