News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँमा पहिलोपटक सडक पहुँच पुगेको छ ।
- गाउँपालिकाले एक करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सडक निर्माण सम्पन्न भएको हो ।
- सडक निर्माणसँगै खाद्यान्न र औषधि ढुवानी सहज भएको वडाध्यक्ष कमल बुढाले बताए ।
१७ असार, हुम्ला । हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणमा एक करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो ।
यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन् ।
दुर्गम गाउँमा पहिलोपटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।
गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।
स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए।
गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4