Comments Add Comment

बिस्केट जात्रा

List Grid
महालक्ष्मीमा लिङ्गो उठाएसँगै बिस्काः जात्रा शुरु, मध्यपुरथिमिमा चार दिन बिदा

३१ चैत, काठमाडौं । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले मंगलबारदेखि भव्य रूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगतका वर्षमा वैशाख १ गते नयाँ वर्षको अवसरमा […]

बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान

२९ चैत, भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार […]

भक्तपुर नगरमा स्वास्थ्य सामग्री वितरण

२७ चैत, काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा नजिकिइरहेको बेला भक्तपुर नगरपालिकाले स्थानीयको घरमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ । नगरपालिकाले स्वयंसेविका परिचालन गरी स्यानिटाइजर, साबुन र मास्क वितरण गरेको हो । नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । बिस्केट जात्रामा भिडभाड हुने […]

यस वर्ष पनि भक्तपुरको बिस्केट जात्रामा रोक

२३ चैत, काठमाडौं । कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक […]

बिस्केट जात्रा मनाउने तयारी, रथ निर्माण जारी

२१ चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिमका बाबजुद भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ । परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । आठ दिन नौ रातसम्म मनाइने […]

बिस्केट र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने

२४ चैत, काठमाडौं । भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै जात्रा यस वर्ष स्थगित गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा दुवै नहुने जानकारी दिइन् । उनले अनलाइनखबरसँग भनिन्, […]

आजदेखि बिस्केट जात्रा : झडप रोक्न दिउँसै रथ तान्ने तयारी

२७ चैत, भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा सोमबारदेखि सुरु हुँदैछ । नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरुआत गरिन्छ । काठैकाठले प्यागोडा(छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र […]

यी हुन् नेपालगञ्जका जुजुभाइहरु (फोटो फिचरसहित)

३ वैशाख, नेपालगञ्ज । जिब्रो छेड्ने भन्नासाथै भक्तपुरका जुजुभाइको नाम आउँछ । हरेक वर्ष बिस्केट जात्राको दिन जिब्रो छेडेर किर्तिमानमाथि किर्तिमान राखिरहेका जुजुभाईलाई नेपालगञ्जवासीले चुनौति दिन खोजेका छन् । चैते दसैं सुरु हुने प्रतिपदाका दिनदेखि नै निराहर ब्रत बसेका पुरुष धर्मावलम्बीले आफ्नो भाकल पूरा गराउन वा पूरा भएपछि ‘वाक्यकी देवी’ बागेश्वरी मन्दिरमा जिब्रो छेडेर चढाउने […]