Comments Add Comment

बुटवल–पाल्पा सडकखण्ड

List Grid
सिद्धार्थ राजमार्ग आजबाट दैनिक तीन घण्टा बन्द

२६ असोज, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आजबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन आजबाट चार दिनसम्म सडक बन्द गरिएको हो । आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक बन्द गरेर पहिरो हटाउने […]

बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालन

११ असोज, बुटवल । शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड ४० घण्टापछि आइतबारदेखि सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिकाका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि एकतर्फी रुपमा सवारी सञ्चालन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक खुलेपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका सवारी साधन तथा […]

पहिरोले सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध

७ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । मंगलबार राति तानसेन नगरपालिका–८ गौडेपुल नजिकै र तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै नाग मन्दिरमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । गौडेपुल नजिकैको पहिरो दुई हप्तादेखि खस्ने र रोकिने हुँदै आएको छ । केही घण्टा वर्षा हुँदा पहिरो गएको ठाउँमा […]