Comments Add Comment

बृहत नागरिक आन्दोलन

List Grid
काठमाडौंमा बृहत नागरिक आन्दोलनको प्रदर्शन

१६ साउन, काठमाडौं । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिती अन्त्यको माग गर्दै नागरिकहरु माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी, खगेन्द्र संग्रौलालगायत सहभागी थिए । उनीहरुले जनताको शक्ति राज्यशक्ति भन्दा शक्तिशाली हुन्छ, सरकार तिम्रो प्राथमिकता के […]

नागरिक आन्दोलनले नेताहरूसँग सार्वजनिक बहस गर्दै

१३ चैत, काठमाडौं । बृहत् नागरिक आन्दोलनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र एमाले–नेपाल समूहका शीर्ष नेताहरूसँग सार्वजनिक अन्तर्क्रिया गर्ने भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुने उक्त अन्तर्क्रियामा सहभागी हुन नागरिक आन्दोलनले अपिलसमेत गरेको छ । नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, महन्थ ठाकुर, मीनेन्द्र रिजालसँग प्राध्यापक कृष्ण खनाल र दोभान […]

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

१४ फागुन, काठमाडौं । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए । अन्य व्यक्तिहरु […]

बृहत् नागरिक आन्दोलनले ‘महिला मार्च’ गर्ने

२८ माघ, काठमाडौं । बृहत् नागरिक आन्दोलनले ‘महिला मार्च’ गर्ने भएको छ । शुक्रबार माघ ३० गते बसन्तपुर डबलीबाट माइतिघरसम्म महिलाहरुको टोलीले मार्चसहित आन्दोलन गर्न लागेको हो नागरिक समाजको महिला फोर्सले जारी गरेको विज्ञप्तिअनुसार मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्मका सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ भन्दै माचए गर्न लागिएको हो । विज्ञप्तिमा […]

संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध नागरिक समाजले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने

२३ माघ, काठमाडौं । विभिन्न संवैधानिक आयोगमा भएका नियुक्ति र शपथग्रहणलाई असंवैधानिक ठहर गर्दै नागरिक समाजले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । समाजको तर्फबाट ज्ञापनपत्र बुझाउन लागेको अभियन्ता तथा लेखक संजीव उप्रेतीले जानकारी दिए । आयोगहरूमा गरिएका ३२ जना प्रमुख तथा पदाधिकारीको नियुक्तिलाई नागरिक समाजको बैठकले असंवैधानिक ठहर गरेको अभियन्ता युग पाठकले बताए । […]

७ फागुनमा टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुन्छ : नारायण वाग्ले

२० माघ, काठमाडौं । बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने बताएका छन् । मंगलबार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष गरे । उनले भने, ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, […]

संसद विघटनविरुद्ध सडक नाटक प्रदर्शन

१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]

संसद विघटनविरुद्ध नौमती बाजा बजाएर विरोध

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नाैमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नाैमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको […]

संसद विघटनविरुद्ध साताब्यापी नागरिक आन्दोलन घोषणा

१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा साताव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ । संसद विघटन सामान्य राजनीतिक दाउपेच मात्र नभई प्रतिगमनको रोडम्याप नै भएको भन्दै बृहत नागरिक आन्दोलनले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । ‘प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न लागेको […]