Comments Add Comment

भारतीय एसएसबी

List Grid
दार्चुला घटना : छानबिन टोली धनगढीमा, मुख्यमन्त्री र कानूनमन्त्रीसँग छलफल

२७ साउन, धनगढी । दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको टोली धनगढी पुगेको छ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको हो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेश राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक […]

एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसे नेपाली नागरिक

१५ साउन, धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको […]

मोरङमा कल्भर्ट बनाउन भारतीय पक्षको अवरोध

३ साउन, विराटनगर । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालमा कल्भर्ट निर्माणमा अवरोध गरेको छ । विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो । विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा सीमा क्षेत्र नजिकै पानी निकासका लागि कल्भर्ट बनाउन खोजिएको थियो । तर भारतीय पक्षले अवरोध गरेपछि काम रोकिएको  विराटनगर–१७ का वडाध्यक्ष समिर कमरले बताए । इस्लामपुरमा […]

भारतीय एसएसबीले नेपालीलाई कुटेपछि ठोरीमा तनाव

८ माघ, वीरगञ्ज । भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि पर्साको ठोरीमा तनाव भएको छ । भारतीय बजारबाट सरसमान किनेर ठोरी फर्किंदै गर्दा ठुटेखोला क्षेत्रमा एसएसबीका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । एसएसबीका हिमांसु र जाकिर अलि खान नाम गरेका जवानले ठोरी गाउँपालिका–३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास […]