Comments Add Comment

भीम अस्पताल

List Grid
भीम अस्पतालको अर्को विज्ञप्ति : अस्पतालमा अक्सिजन अभाव छैन

२५ वैशाख, भैरहवा । कोरोना संक्रमितलाई ‘अक्सिजन पुर्‍याउन सक्दैनौं, आफैं जोहो गर्नू’ भनेपछि आलोचित बनेको भैरहवाको भीम अस्पतालले फेरि अर्को विज्ञप्ति जारी गरेर अस्पतालमा अक्सिजन अभाव नरहेको जनाएको छ । शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो । उक्त विज्ञप्ति  प्रकाशित […]

लीलाराम न्यौपाने आकस्मिक कक्षको मुख्यमन्त्री पोखरेलद्वारा उद्घाटन

२५ चैत, बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन भएको छ । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा निर्मित आकस्मिक कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरलले उद्घाटन गरेका हुन् । समाजसेवी लीलाराम न्यौपानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित सो समारोहमा मुख्यमन्त्री पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक पनि अनावरण गरे । प्रतिष्ठानद्वारा […]

भीम अस्पतालको शौचालयमा कोरोना संक्रमितको मृत्यु

४ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वास प्रश्वासमा समस्या […]

नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

१७ भदौ, बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टि गरे । […]

भीम अस्पतालमा आईसीयू सञ्चालन

१४ भदौ, बुटवल । भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन । युनिभर्सल मेडिकल कलेजले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ताले भनिन्, कन्सल्ट्यान्ट फिजिसियन, […]

भीम अस्पतालबाट कोरोना परीक्षण नै नगरी २६ जना संक्रमित डिस्चार्ज 

२ असार, बुटवल । भैरहवास्थित भीम अस्पतालबाट २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २८ मध्ये २६ जनालाई मंगलबार डिस्चार्ज गरिएको हो । १४ दिन आइसोलेसनमा बसेका २६ जनामा कोरोनाका लक्षण नदेखिएपछि पीसीआर परीक्षण नगरी डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. […]