Comments Add Comment

मलिना जोशी

List Grid
अर्को वर्ष बिहे, तर जाडोमा गर्दिनँः मलिना जोशी

मंसिर महिनामा नायिका ऋचा शर्माले बिहे गरेपछि यतिबेला अन्य अविवाहित नायिकाहरुलाई पनि बिहेको प्रश्न सोझिन थालेको छ । प्रेम सम्बन्धमा रहेकी नायिका मलिना जोशीलाई पनि अनलाइनखबरले बिहे कहिले गर्ने योजना छ भनेर प्रश्न सोधेको थियो । मलिनाले आफूले पनि आफ्नो बिहेको चर्चा बजारमा सुन्ने गरेको बताइन् । भनिन्–‘मैले, बजारमा मेरो बिहेको चर्चा सुन्ने गरेको छु […]

सारुक र मलिनाको निकटता

चलचित्र ‘रानी’मा सँगै काम गरेपछि नायिका मलिना जोशी र नायक सारुक ताम्राकार नजिक भएका हुन् । उनीहरुले घुमफिर गरेको तस्बिर पनि मिडियामा सार्वजनिक नभएका होइनन् । हुनत, चलचित्र बजारमा सारुक र मलिनाको प्रेम नै छ भन्ने चर्चा नचलेको होइन । तर, यी दुबैले आजसम्म प्रेम भन्दा पनि मिल्ने साथी भनेर जवाफ दिदै आएका छन् । […]

गसिपले दिक्दार मलिनालाई फिल्म इन्डष्ट्रीसितै बैराग्य

नायिका मलिना जोशीले आधा दर्जन फिल्ममा अभिनय गरिसकिन् । तर, अझै उनलाई पूर्वमिस नेपाल भनेर नै धेरैले चिन्छन् । पढेलेखेकी, राम्री र जिउडाल मिलेकी भएर पनि उनी फिल्म उद्योगमा जम्न सकिरहेकी छैनन् । एमबीएको अध्ययन पूरा गरेपछि मलिनालाई परिवारले बैंकमा जागिर खान सल्लाह दिएका थिए । छोरीले एउटा राम्रो जागिर खाएर बिहे गरेर सेटल भएको […]

मलिनाको ‘ब्याडलक’, चलेन ‘तिमी हुन्छौ जहाँ जहाँ’

नायिका मलिना जोशीको चलचित्र यात्रामा लागिरहेको ‘ब्याडलक’ ‘गुडलक’मा बदलिने छाँटकाँट अझै देखिएको छैन । हिट चलचित्र खोजिरहेकी मलिना अभिनित कुनै पनि चलचित्रले त्यो खालको राहत दिन सकेका छैनन् । चलचित्र ‘रानी’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि मलिनाको आशा ‘तिमी हुन्छौ जहाँ जहाँ’मा अडिएको थियो । हुनत, चलचित्रको प्रचार-प्रसारमा नै चुकेको यसको निर्माणपक्षले सफलता हात […]

हिट फिल्मको खोजीमा रहेकी मलिना ‘तिमी हुन्छौ…’ बाट कति आशावादी ?

फिल्म क्षेत्रमा आएको पाँच वर्ष भइसक्दा पनि मलिना जोशीलाई अझै पूर्व मिस नेपाल भनेर चिनिनुपर्ने अवस्था छ । कारण, उनले अहिलेसम्म अभिनय गरेका कुनै पनि फिल्मले हलमा भिड जम्मा गर्न सकेका छैनन् । मिस नेपाल भएको केही समयपछि २०७० सालमा ‘ऋतु’ मार्फत फिल्ममा इन्ट्री गरेकी हुन् मेलिनाले । पहिलो फिल्ममै उनले असफलता चाख्नुपर्‍यो । त्यसयता […]

माइक नचल्दा र पोष्टर खस्दा मलिनालाई तनावै तनाव

नायिका मलिना जोशीको चलचित्र रोजाइ खराब छ । कारण, उनले ठूला ब्यानरका र राम्रा कलाकारसँग न त चलचित्र खेल्न नै सकेकी छन् न त खेलेका चलचित्र सफल नै भएका छन् । यसैले पनि उनी राम्रो चलचित्रको खोजीमा छिन् । एउटा चलचित्रले राम्रो कमाई गरिदिएको खण्डमा मलिनालाई फाइदा हुनेछ । असार ८ गतेबाट रिलिज हुन लागेको […]

प्रेम टुट्दा र जोडिदा कसलाई फाइदा कसलाई घाटा ?

चलचित्र क्षेत्रका सेलिब्रिटीहरु प्रेममा परेपछि उनीहरुको फ्यान फलोइङ घट्ने आम मान्यता छ । त्यसैले पनि धेरै सेलिब्रिटीहरुले आफ्नो प्रेमलाई लुकाउन खोज्छन् । प्रेममा परेका सेलिब्रिटीहरुले चर्चा त पाउँछन्, तर काम कम पाउँछन् भन्ने टिप्पणी हुन गर्छ । कुनै पनि कलाकारको नाम अर्को कुनै चलचित्रकर्मीसँग जोडिदा उनीहरुले काम कम पाएको उदाहरण प्रशस्त छन् । प्रेमबाट अलग […]

मलिना ‘मिस नेपाल यूएस’की प्रशिक्षक

अमेरिकाको टेक्सस राज्यमा हुने ‘छैठौ मिस नेपाल यूएस २०१८’का लागि आधिकारिक प्रशिक्षकमा पूर्व मिस नेपाल मलिना जोशीलाई नियुक्त गरिएको छ । आगामी अगष्ट १९ तारिखमा हुने कार्यक्रमका लागि मलिनालाई फाइनल गरिएको आयोजकले जानकारी दिएको छ । मलिना यसअगाडि सन् २०१४ मा पनि यो प्रतियोगिताको प्रशिक्षक बनेकी थिइन् । ‘मिस नेपाल यूएस २०१८’को बिजेताले ५ हजार […]

मलिनाको करिअरः न हाँसको चाल न कुखुराको

भन्ने बेलामा जे भने पनि अन्ततः अधिकांश मिस नेपालहरुले नेपाली चलचित्रलाई नै आफ्नो गन्तव्य बनाउँदै आएका छन् । तर, पूर्व मिस नेपालहरुको फिल्मी करिअर सुखदरुपमा अगाडि बढेको पाइँदैन । यही भिडमा पर्छिन् नायिका मलिना जोशी पनि । उनको आगमन नेपाली चलचित्र क्षेत्रमा ‘कलिउड’ को आइटम गीतबाट सुरु भएको हो । यसपछि, मलिनाले केही चलचित्रमा काम […]

मनिष र मलिनाको यस्तो रोमान्स

चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को शिर्ष गीत रिलिज भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमले भरिएको शिर्ष गीत रिलिज गरिएको हो । बी एन्ड बी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रको शिर्ष गीतमा मुख्य कलाकारहरु मलिना जोशी र मनिष सुन्दर श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर छ भने […]

मलिनाको गुनासो-‘सारुक साथी मात्र, प्रेमको चर्चाले सिंगल नै रहेँ’

नायिका मलिना जोशीको चलचित्र करिअर त विजोग पाराले अगाडि बढिरहेको छ । चलचित्र क्षेत्रमा न त उनले कुनै उचाई नै प्राप्त गरेकी छिन् त चर्चा नै । तर, पनि उनी बेलाबेलामा प्रेमको कारणले भने मिडियामा छाउँछिन् । नायक अनुप विक्रम शाहीसँगको केहि बर्ष लामो प्रेम सम्बन्धले उनलाई चर्चामा ल्याइदियो । तर, अहिले अनुप र मलिना […]

‘रानी’को व्यापार मलिनाका लागि विशेष

निर्देशक दयाराम दाहालले आफूलाई परिवर्तन गरेर, आधुनिक दर्शकको चाहनामा चलचित्र ‘रानी’ निर्देशन गरेका छन् । उनले चलचित्रमा पनि नयाँ र पुराना कलाकारलाई लिएका छन् । भानु महर्जनको निर्माणमा तयार भएको यो चलचित्र तिहारको लक्ष्मीपूजाको अवसर पारेर आजबाट रिलिज भएको छ । अनुप विक्रम शाही र मलिना जोशीको जोडी पर्दामा देखिएको छ । रियल लाइफको प्रेमबाट […]

मलिना अमेरिका पुगेपछि ‘रानी’ प्रचारमा अनुप, ‘संयोग कि लुकामारी’ ?

पूर्व प्रेम जोडी अनुपविक्रम शाही र नायिका मलिना जोशीविच अहिले लुकामारी नै खेले जस्तो भएको छ । चलचित्र ‘रानी’को प्रचारका क्रममा मलिना नेपाल हुँदा नायक अनुप विक्रम शाही लण्डनमा थिए । अहिले चलचित्रको प्रचारमा अनुप हुँदा मलिना अमेरिकामा छिन् । के तपाइहरु एकअर्कासँगै हिड्न नखोज्नु भएको हो त, पत्रकारको प्रश्नमा अनुपले भने-‘यो संयोग मात्र हो […]

‘लिला’ नचल्दा मलिना र संचितालाइ कती घाटा ?

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘लिला’ले बक्स अफिसमा कुनै लिला देखाउन सकेन । मलिना जोशी, संचिता लुइटेल जस्ता नायिकाको उपस्थितीले पनि बक्स अफिसमा कुनै चमत्कार गरेन । चलचित्र निर्माण गरेर मात्र हुँदैन, प्रचारमा विभिन्न शैली अपनाइएन भने सफल हुन सकिदैन भन्ने उदाहरण बन्यो, ‘लिला’ । यो चलचित्र बक्स अफिसमा असफल हुँदा यसका मुख्य २ कलाकार मलिना […]

मलिनाको नजरमा सारुक र मनिषमा को रोमान्टिक ?

नायिका मलिना जोशी चलचित्र ‘रानी’को शिर्ष भूमिकामा छिन् । यो चलचित्रमा उनीसँग नयाँ दुइ कलाकारले रोमान्स गरेका छन् । चलचित्रमा सारुक ताम्राकार र मनिषा श्रेष्ठले उनलाइ साथ दिएका छन् । नायक अनुप विक्रम शाही पनि चलचित्रमा मुख्य भुमिकामा छन् । चलचित्रमा समावेश ‘भन भन’ बोलको गीत सार्वजनिक कार्यक्रममा नायिका मलिना जोशीलाइ पत्रकारले सोधे-‘तपाइलाइ दुइ नव-नायकमध्ये […]

‘रानी’को टिजर रिलिज, मलिनाको प्रेममा अनुप, सारुक र मनिष

चलचित्र ‘रानी’को टिजर रिलिज गरिएको छ । दयाराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति तय नगरी टिजर रिलिज गरिएको हो । भानु महर्जनको प्रस्तुतीमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नायिका मलिना जोशीले काम गरेकी छिन् । मलिनाको वरिपरी चलचित्रका अन्य ३ नायक घुमेको वुझ्न सकिन्छ । यो चलचित्रबाट नव–नायकहरु सारुक ताम्राकार र […]

यस्तो छ संचिता र मलिनाको ‘लिला’ ट्रेलर

भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्स र सस्पेन्स कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा […]

‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’

आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकारले यसको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । नेपाली चलचित्र मायाप्रेमको कथावस्तुमा सिमित भएको समयमा ‘संरक्षण’ले देशको राजनीतिक कथावस्तुलाइ उठान गरेको छ । मधेसमा बसेर राजनीति गर्ने एक नेता र उसको प्रहरी […]

मलिना र अशिष्माको साथमा ‘संरक्षण’ टिमको देश दौडाहा

अहिले चलचित्र प्रचारका लागि निर्माण टिम मोफसलमा दौडने क्रम बढेको छ । यही क्रममा, आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘संरक्षण’को टिम देश दौडाहामा निस्किएको छ । नायिकाद्धय मलिना जोशी र अशिष्मा नकर्मीको साथमा निर्देशक पुर्णेन्दु झा, निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्किएका हुन् । पूर्वदेखि पश्चिम नेपालका मुख्य मुख्य शहरमा पत्रकार भेटघाट गर्ने निर्माणपक्षले […]

राजका लागि मलिना विशेष

चलचित्र ‘लिला’मा समावेश ‘साच्चै विशेष छौ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भदौ ३० गतेबाट रिलिज हुने यो चलचित्रको रोमान्टिक गीतमा उदितनारायण झाको स्वर छ । गीतमा डाक्टर कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत छ । यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका मलिना जोशी र कलाकार राज कटुवालको अभिनय छ । यो गीतमा राजले […]

‘लिला’मा संचिताकाे चोलो र फरियामा छमछमी

चलचित्र ‘लिला’मा समावेश एक लोकलयको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा नायिका संचिता लुइटेल र कलाकार राज कुटवालले भिडियोमा नायिका संचिता नेपाली पहिरन चोलो र फरियामा सजिएकी छन् भने राज ढाकाको दौरा सुरुवालमा ठाटिएका छन् । लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी गरेका […]