+
+
Shares

मलिनाको डुबुल्की (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल मलिना जोशीले भारतको प्रयागराजमा महाकुम्भमा सहभागी भएर धार्मिक यात्रा गरिन्।
  • मलिनाले सामाजिक संजालमा साउने व्रत मनाउँदै पानीमा डुबुल्की मारेको फोटो सार्वजनिक गरिन्।
  • उनी पछिल्लो पटक 'छक्कापञ्जा ४' फिल्ममा देखिएकी थिइन् र उनलाई धेरै प्रशंसकले पछ्याउँछन्।

काठमाडौं । पूर्वमिस नेपाल, मोडल तथा अभिनेत्री मलिना जोशीको धार्मिक र आध्यामिक प्रेम नयाँ रहेन । बेला बेलामा उनी नेपाल र भारतका धार्मिक तीर्थस्थल घुम्छिन् र भगवानप्रति स्नेह दर्शाउँछिन् ।

उनी यसैवर्ष भारतको प्रयागराजमा आयोजित महाकुम्भमा पनि सहभागी रहिन् । त्यसपछि विभिन्न तीर्थस्थल पनि घुमेकी छन् । उनले सामाजिक संजालबाट प्रशंसकलाई अपडेट दिँदै आएकी छन् ।

उनले शुक्रबार नयाँ फोटो सार्वजनिक गरेकी छिन् जसमा उनको साउने व्रत र धर्मकर्मको लुक्स देख्न सकिन्छ । ‘‘सावन बितो जाए पहरवा, मन मेरा घबराए रे’ उनले लेखेकी छन् ।

फोटोमा उनलाई सारी लगाएर पानीमा डुबुल्की मारेको देख्न सकिन्छ । मलिना अहिलेकी ‘मस्ट एलिगेबल ब्याचलर’ हुन् र उनलाई पछ्याउने प्रशंसकको संख्या उच्च छ ।

उनी पछिल्लोपटक ‘छक्कापञ्जा ४’मा देखिएकी थिइन् । त्यसबाहेक ऋतु, द विनर, झुम्की र रानी उनका अन्य फिल्म हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?