Comments Add Comment

माधव समूह

List Grid
माधव समूहले बनायो गंगालाल तुलाधरको संयोजकत्वमा प्रकोप उद्धार विशेष कार्यदल

३ असार, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रकोपमा परेकाहरुको उद्धार र पुनर्स्थापनाका निम्ति विशेष कार्यदल बनाएको छ । पोलिट्ब्यूरो सदस्य गंगालाल तुलाधरको संयोजकत्वमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्न विशेष कार्यदल बनाइएको जनाइएको छ । यो समूहको स्थायी कमिटी बैठकले प्रकोपमा परेकाहरुको उद्धार र पुनर्स्थापनामा जुट्न कार्यकर्ता पंक्तिलाई आह्वान गरेको थियो । […]

हस्ताक्षर फिर्ता लिन तयार होला माधव समूह ?

२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि आहृवान गर्दै ६बुँदे प्रस्ताव अघि सारेका छन् । २७ वैशाखमा पार्टी एकताका लागि ६बुँदे प्रस्ताव राखेका माधवकुमार नेपाललाई पार्टीबाट निस्कासन गरिसकेका ओलीले ‘नेकपा एमालेका लागि एकता आहृवान’ गर्दै ६बुँदा मै प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री समेत रहेका ओली नेपाल समूहले अघि […]

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

२२ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका […]

‘अलमलमा नबसौं, सहमतिका लागि डेडलाइन तोकौं’

२० जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति हुने नहुने छिनोफानो गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबारदेखि शुरु भएको भर्चुअल छलफलमा अधिकांश नेताहरुले अहिलेको अलमलमा बस्न नहुने बताएका हुन् । ‘हामीले निरन्तर उठाउँदै आएको कुरा पार्टीलाई २ जेठ २०७५ अगाडिको अवस्थामा लैजाने हो । त्यसका लागि […]

माधव समूहले केन्द्रीय सदस्यहरुसँग राय लिने

१९ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्यहरुसँग राय लिने भएको छ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे भर्चुअल माध्यमबाट केन्द्रीय सदस्यहरुको राय लिने तयारी भएको हो । भर्चुअल छलफल बिहीबार बिहान एघार बजेबाट शुरु हुने जनाइएको छ । शीर्ष नेताहरुले विकसित घटनाक्रमबारे बि्रफिङ गरेपछि केन्द्रीय सदस्यहरुले राय दिनेछन् […]

सुर्खेतमा नेपाल समूहले बनायो एमालेको समानान्तर कमिटी

१५ जेठ, सुर्खेत । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ । पार्टीका सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । शुक्रबार साँझ गठन भएको कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहेका छन् । लामो समयदेखि नेपाल समूहमा रहेका […]

ओलीलाई माधव समूहको २४ घण्टे डेडलाइन, नभए सांसदहरुको राजीनामा

२५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार […]

माधव समूहको निष्कर्ष : कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल […]

माधव समूहको अपीलः असहमतिहरु बैठकबाट समाधान गर्न सकिन्छ

९ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर अपील जारी गरेको छ । स्थायी कमिटीका नेताहरुले सामूहिक रुपमा जारी गरिएको अपीलमा पार्टीको विवाद बैठकबाट समाधान गर्न सकिने उल्लेख गरिएको छ । ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग पनि उहाँका पनि अनेक असहमति हुन […]

एमालेमा समानान्तर गतिविधि, आज माधव समूहको महिला भेला

६ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजदेखि समानान्तर भेला सुरू गर्ने भएको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ । आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा एघार बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र […]

‘पार्टीलाई एक बनाउन ओलीले गुटगत मानसिकता त्याग्नुपर्छ’

५ चैत, काठमाडौँ । नेकपा (एमाले) माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध […]

नेपाल समूहको राष्ट्रिय भेला : एमालेको इतिहास, संगठन र विचारमा दाबी

४ चैत, काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सानेपामा शुरू भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच ‘मिनी महाधिवेशन’कै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो- एमालेको इतिहास, संगठन र विचारमाथि दाबी । सहभागीहरूको […]

माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर

२६ फागुन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष पेलेर जाने मनस्थितिमा देखिएको विश्लेषण गरेका छन् । आफूहरु पार्टीभित्र एकता कायम होस् भन्ने पक्षमा रहेको बताएका नेताहरुले अर्को पक्षसामू आत्मसमपर्ण भने नगर्ने बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि साबिक नेकपाको प्रचण्ड समूहसँग अलग भएको […]