Comments Add Comment

मूल्यबृद्धि

List Grid
भारतले निर्यातमा अंकुश लगाएपछि प्याजको मूल्य छोइनसक्नु

१४ मंसिर, काठमाडौं । गत शुक्रवार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिरे । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ । यो कालिमाटी तरकारी बजारभित्रको भाउ हो । बजारमा त अहिले प्याजको भाउ प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । एक […]

कालीमाटीको प्याज गोदाममा अनुगमन, व्यापारीलाई दुई दिनभित्र बिल पेश गर्न निर्देशन

१४ मंसिर, काठमाडौं । बजारमा प्याजको मूल्य आकाशिएपछि सरकारले बजार अनुगमन सुरु गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार कालीमाटीका प्याज गोदाममा अनुगमन गरेको छ । विभागका महानिर्देशक कुमार दाहालले कालीमाटी र त्यस आसपासका थोक तथा खुद्रा गोदामहहरूमा अनुगमन गरिएको जानकारी दिए । ‘व्यवसायीहरूलाई दुई दिनभित्र आयात र विक्रीको बिजबिजक पेश […]

तरकारीको मूल्य नियन्त्रणबाहिरः स्याउभन्दा गोलभेंडा महंगो !

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक […]

तरकारीको भाउ छोइनसक्नु, व्यापारी भन्छन्- अझै बढ्छ

३१ साउन, काठमाडौं । एकसाता अघिमात्रै प्रतिकिलो ४५ रुपैयाँमा भिण्डी खरिद गरेका उपभोक्ता मंगलवार त्यही भिण्डी प्रतिकिलो ८५ रुपैयाँमा किन्न बाध्य भए । किन यस्तो भनेर सोध्दा ब्यापारीहरु भन्छन्- मधेसमा बाढी आएकाले । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो मंगलवार भिण्डी खुद्रामा प्रतिकिलो ४० रुपैयाँमा कारोबार भएको थियो । त्यही भिण्डीको मूल्य […]

नेपाल भारतबीच तीन वर्षयता मूल्य अन्तर उच्च

६ असोज, काठमाडौं । मुलुकमा राजनीतिक अस्थिरता बढेका बेला मूल्यबृद्धि उच्च दरमा देखिएको छ । दोस्रो संविधानसभा निर्वाचनपछि मूल्य वृद्धिमा उच्च चाप परेको छ । नेपालमा राजनीतिक अस्थिरता अझ बढी देखिएको समयमा त्यसको प्रत्यक्ष  असर मूल्य वृद्धिमा परेको आजको कारोबार दैनिकमा समाचार छ । सन् २०१३ पछि तीव्र असर देखिन थालेको हो ।  २०१३ अघिसम्म […]

भारतीय अर्थतन्त्रका कारण नेपालमा मूल्यवृद्धि !

२ असार, काठमाडों । नाकाबन्दीपछि केही घट्न थालेको उपभोक्ता  मुद्रास्फीति फेरि बढेको छ । वैशाख महिनामा भारतमा मूल्यबृद्धि बढेपछि त्यसको असर नेपालमा पनि देखिएको हो । वस्तु तथा सेवाको मूल्य बढ्दा हुने मुद्राको अवमूल्यन नै मुद्रास्फीति हो ।  वैशाखमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीर्ति बढेर ५.८ प्रतिशत पुगेको छ । नेपालमा पनि चैतमा ९.७ प्रतिशतमा […]

तीन महिनामा अण्डा गोटाकै ६ रुपैयाँ महंगो, उत्पादन घटेको दावी

३२ जेठ, काठमाडौं । पछिल्लो समयमा अण्डाको खुद्रा मूल्य उच्च दरमा बढेको छ । बितेको तीन महिनामा कुखुराको अण्डाको भाउ ६ रुपैयाँले महँगिएको छ । गर्मीका कारण उत्पादन घट्दा मूल्य बढेको अण्डाम उत्पादक संघले जनाएको छ । अहिले बजारमा अण्डा प्रति गोटा १५ रुपैयाँमा कारोबार भइरहेको छ । संघले तोकेको खुद्रा मूल्य १४ हो । […]

चिनी, चना र मुसुरोको मूल्य बढाइयो, कारबाही गर्ने सरकारको चेतावनी

३१ जेठ, काठमाडौं । चिनी, चना, मुसुरोको दाल लगायत केही दैनिक उपभोग्य वस्तुमा मूल्य बृद्धि भएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित व्यवस्थापन विभागले पुष्टि गरेको छ । व्यापारीहरुले आफूखुसी मूल्यबृद्धि गरेकोबारे आएको गुनासोका आधारमा विभागले हिजो र आज गरेको बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्यबृद्धि भएको भेटिएको हो । ‘मूल्यबृद्धि भएको देखिएपछि विभागले […]