Comments Add Comment

युथ फोर्स

List Grid
दोस्रो तह वार्तामा, नेतृत्व मूठभेडको तयारीमा

१० साउन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवाहरूले युथ फोर्स गठन गरेका छन् । महासचिव ईश्वर पोखरेलले शनिबार युथ फोर्सलाई शपथग्रहण गराए भने उपत्यका कमाण्ड घोषणा गरे । कोरोना संक्रमण फेरि बढ्दै गएका बेला युथ फोर्सले राजधानी उपत्यकामा शक्ति प्रदर्शन नै गर्‍यो । शक्ति प्रदर्शनपछि आयोजित शपथ समारोहलाई […]

काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन

९ साउन, काठमाडौं । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि  युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ । उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली […]

अखिल र युथ फोर्स खारेज गर्न योगेश भट्टराईको माग

९ साउन, काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन् । पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई […]