Comments Add Comment

रातो मछिन्द्रनाथ

List Grid
रातो मछिन्द्रनाथको रथयात्रा नरोक्ने निर्णय

२५ चैत, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर राखी २०७८ सालको मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार […]

रातो मछिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइयो (फोटो फिचर)

२४ मंसिर, काठमाडौं । ललितपुरको प्रसिद्ध देवता रातो मछिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएको छ । ज्योतिषीले हेरेको साइतको अवसर पारेर बुधबार बुङ्मतीबाट मछिन्द्रनाथलाई पाटन ल्याइएको हो । हरेक वर्ष वर्षायाममा पाटनबाट सुरु हुने मछिन्द्रनाथको जात्रा बुङमती पुगेर सकिन्छ । त्यसपछि पुनः बुङमतीबाट रातो मछिन्द्रनाथलाई पाटन ल्याउने गरिन्छ । उपत्यकाको लामो जात्रा रातो मछिन्द्रनाथको जात्राको अवधि झण्डै […]

सरोकारवालालाई थाहै छैन, युवाहरुले ताने मत्स्येन्द्रनाथको रथ

१८ भदौ, काठमाडौं । युवाहरुले ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ तानेका छन् । बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले अवरोध गरेपछि युवाहरु आजै रथ तान्नुपर्छ […]

फेरि स्थगित भयो रातो मच्छिन्द्रनाथको रथारोहण

२३ असार, काठमाडौं । बुधबार हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण फेरि स्थगित भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै गुठी संस्थान ललितपुरको निर्देशनमा रथारोहण स्थगित गरिएको हो । यसबारे मंगलबार गुठी संस्थान ललितपुरले सूचना जारी गरी जानकारी दिएको छ । कोभिड १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि […]

रातो मच्छिन्द्रनाथको जात्रा स्थगित

२८ चैत, काठमाडौं । ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ । बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिर्जना भएको विषम […]

सुरु भयो मछिन्द्रनाथको रथयात्रा

२४ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ रथयात्रा बुधबार सुरु भएको छ । दिउँसो ४ बजे ललितपुरको पुल्चोकबाट रथयात्रा सुरु गरिएको हो । बुधबार नै रथको धँमामा भैरबको मुकुट र दायाँ वाया नाग राखिएको छ । स्थानीयले रथ तानेर पुल्चोकबाट बिहीबार गाबहालसम्म पुर्‍याउँछन् । रथ यात्राका क्रममा स्थानीयले रथको पूजा पनि […]

सुरु भयो रातो मछिन्दनाथको रथयात्रा, हेर्नुस् ७ तस्वीर

६ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ । वषर्ा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु भएको हो । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्‍याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो । पहिलो दिन रथलाई तानेर नःटोल पुर्‍याइएको छ । रथ तान्ने पर्वभरी होम र गाई दान गर्ने गरिन्छ […]